एनआरएन राष्ट्रिय समन्वय समिति अमेरिकाको अध्यक्षमा पौडेल प्रत्यासी

डिसी महानगर क्षेत्रको म्यारिल्याण्ड क्षेत्रमा दुई दशक भन्दा बढी समय बिताएका नगेन्द्र पौडेलले आगामी २०१५ मा हुने गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको निर्वाचनको लागि अध्यक्ष पदको प्रत्यासी भएको घोषणा गरेका छन । उनी आप्रवाशी नेपाली संगठन अमेरिकालाई दिनहु मजदुरी गरी गुजारा गर्नु पर्ने परदेसिएका नेपालीहरुको आत्मिय संगठन बनाउने योजनाका साथ एन आर एन अमेरिकाको आगामी अप्रिल–मे  महिनामा हुने निर्वाचनमा अध्यक्ष पदका प्रत्यासीका रुपमा उभिन लागेका हुन ।

उनले यो संस्थालाई ‘धनाड्य र पहुचवालाहरुको बिशिस्ट क्रिडास्थल भन्ने लान्छनाबाट मुक्त गराउन आगामी दुई बर्षमा पुरा गर्न सकिने बिभिन्न कार्यक्रमहरुका साथ चाँडैनै औपचारिक रुपमा आम आप्रवाशी अमेरिकन नेपालीहरुका माझ आउने तयारी गरेको बताए ।

‘सँसारमै सबैभन्दा ठुलो सँख्यामा आप्रवाशी नेपालीहरुको आस्था विश्वास र समर्थन बोकेको अमेरिकाको यो सँस्था मार्फत विश्वब्यापी आप्रवासी नेपाली आन्दोलनको नेतृत्व हुनुपर्ने कुरामा म गम्भिर छु’ उनले भनेका छन ।

अनन्तकालिन राजनीतिक  संक्रमणबाट गुज्रिरहेको मातृभूमी नेपालभित्र बन्ने संबिधान भित्र आप्रवासीले नैसर्गिक रुपमा पाउनु पर्ने सामाजिक, आर्थिक र राजनीतिक अधिकार प्रत्याभुतिका लागि यसको विश्वब्यापी मात्रीसंस्था एन आर एन आइ सी सी संग समिपमा रही काम गर्ने कुरामा दृढ रहेको उनले बताएका छन । उनले झन्डै २४  बर्ष लामो अमेरिका बसाइका क्रममा बिभिन्न समय र परिस्थितीका बिच नेपाली समुदायका भिन्न प्रकृति भएका संघ संस्थाको नेतृत्व प्रदान गर्दै आएका छन ।


पेसाले उनी बैज्ञानिक तथा ईन्जिनियर भएपनि अमेरिकामा नेपाली भाषा तथा संस्कृतिको जगेर्ना गर्नु पर्ने टड्कारो आवश्यकता महसुश गरी सन २००० मा केही प्रगतिशिल युवा तथा प्रौढहरुको सहयोग लिई रेडियो दोभानको स्थापना गराएका थिए । रेडियो दोभानको सेवा विश्व समुदायले अर्को १२ बर्ष निरन्तर  प्राप्त गरेको थियो । सो रेडियोको चिरफार कार्यक्रम आजसम्म पनि विश्व भर श्रोताहरुले अत्यन्त प्रभाबकारी तथा  तटस्थ कार्यक्रमको रुपमा सम्झिन्छन।

सन २०१० मा उत्तर अमेरिका भरिकै नेपाली समुदायका बिच पत्रकारिता पेसामा संलग्न ब्यक्तिहरुको सँस्था नेपाल अमेरिका पत्रकार संघ नेजाको पूर्व अध्यक्ष समेत भै नेतृत्व प्रदान गरेका छन ।

उनले आँफ्नो कार्यकालमा पत्रकारितामा स्वतन्त्रता र स्वछन्दताको  वकालत गर्रे । सोही बर्ष वासिङ्टन महानगरि स्थित अमेरिकाकै सबैभन्दा पुरानो र गरिमामय सँस्था अमेरिका नेपाल सोसाईटिको अध्यक्ष पदमा निर्वाचित भई सो संस्थालाई नेतृत्व प्रदान गरेका थिए ।

हाल उनी अमेरिकाको राजधानी स्थित नेपालीहरुको स्वामित्व रहेको एक मात्र  सँस्था  नेपाल शैक्षिक तथा साँस्कृतिक केन्द्रको मुख्य चन्दा संकलन निर्देशकको पदमा रही सामाजिक सेवामा कार्यरत  छन ।

उत्तर अमेरिका कै जेष्ठ नेपाली सामाजिक संस्था अमेरिका नेपाल सोसाइटीमा गत बर्ष भएको निर्वाचनमा निर्वाचन प्रमुख भै सफलता पूर्वक निर्वाचन गराएका थिए ।  लामो समयसम्म चरम विवाद र झगडाको कारण निर्वाचन हुन् नसकेको जन सम्पर्क समिति अमेरिकाको निर्वाचनमा पनि निर्वाचन प्रमुख भै सफलता पूर्वक विवाद रहित निर्वाचन सम्पन्न गराएपछि उनको सर्वत्र चर्चा भएको थियो ।

उमेरले जीवनको मध्यतिर आई सकेका पौडेल नेपालको त्रिभुबन विश्वबिद्यालयबाट भौतिक शास्त्रमा स्नातक गरी केही समय चितवन जिल्लामा अध्यापन पेशामा संलग्न भई उच्च शिक्षाका लागि सन नब्बेको शुरुमा अमेरिका प्रबेश गरेका हुन ।

अमेरिकाको मिचिगनस्थित फेरिस स्टेट विश्वबिद्यालयबाट ईन्जिनीयरिङ्ग बिषयमा स्नातक तथा युनिभर्सिटी अफ मेरिल्यान्ड  कलेज पार्कको प्रतिष्ठित जेम्स स्कुल अफ ईन्जिनियरिङबाट ईन्जिनीयरिङ्गमै स्नातकोत्तरको उपाधी हासिल गर्नु भएको हो। सो को लगत्तै सन १९९७ देखी सन २००८ सम्म अमेरिकि अन्तरिक्ष उडान सँस्थाको मेरिल्यान्डमा अवस्थित गाडर्ड स्पेस फ्लाईट सेन्टरमा एरोनटिकल ईन्जिनीयरको पदमा कार्यरत थिए ।

सन २००८ देखी अमेरिकाको बणिज्य मन्त्रालय अन्तर्गतको  नेसनल ओसिएन एण्ड एट मोस् फेयर एड मिनिसट्रेसन मा सरकारको उच्च पदस्थ अधिकारी बैज्ञानिक पदमा कार्यरत छन । 

१६ चैत्र २०७१, सोमबार २१:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड..