अध्यक्षका प्रत्यासी डा. पौडेलको पक्षमा अमेरिकामा उर्लियो जनलहर

न्यूयोर्क । न्यूयोर्कको नेपाली गाउँका रुपमा चिनिने रिजउडमा एनआरएन अमेरिकाका प्रत्यासी डा. केशव पौडेललाई अगाडि बढ्ने उत्साहस्वरुप रिजउडवासीले लौरो उपहार दिएका छन् । नडगमगाई सामाजिक सेवाको पथमा अगाडि बढ्न डा. पौडेललाई रिजउडवासीले लौरो उपहार दिएका हुन् ।

आसन्न एनआरएन अमेरिकाको निर्वाचनका प्रत्यासी डा. पौडेल रेशमा अगाडि बढेको एक्लो घोडाझैं विनाप्रतिस्पर्धी अग्रपंक्तिमा छन् । आगामी मध्य अप्रिलमा तय गरिएको निर्वाचनलाई मध्यनजर राख्दै गत २९ तारिख आइतबार न्यूयोर्कको नेपाली गाउँमा डा. पौडेलको प्रमुख आतिथ्यमा भेटघाट कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा न्यूयोर्कलगायत भर्जिनिया, कनेक्टिकट, न्यूजर्सी मात्र होइन बोस्टनदेखि समेत सहभागीहरु उपस्थित थिए । ४ सयभन्दा बढी नेपालीको सहभागिता रहेको कार्यक्रममा रिजउड नेप्लिज सोसाइटीका कार्यबाहक अध्यक्ष सरोज श्रेष्ठले डा. पौडेल एनआरएन अमेरिकाको निर्विकल्प अध्यक्ष रहेको जनाउँदै आफ्नो समर्थन भएको बताए । वर्तमान एनआरएन सहकोषाध्यक्ष सञ्जीव श्रेष्ठले डा. पौडेलले निर्वाचनमा बाजी मार्ने कुनै शंकै नभएको बताए । उनले डा. पौडेललाई आफ्नो पूर्ण समर्थन रहेको प्रष्ट पारे ।

यसैगरी वर्तमान महासचिव तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार कृष्ण पोखरेलले पनि डा. पौडेललाई खुलेर समर्थन गरे । त्यस्तै उपाध्यक्षका उम्मेदवारद्वय बन्दना कोइराला र रविना थापा तथा सदस्यका उम्मेदवार मोहन ज्ञवाली, श्याम भण्डारीले पनि अध्यक्षमा डा. केशव पौडेललाई समर्थन गरे ।

कार्यक्रममा ज्याक्सन हाइटदेखि पुगेका एक सहभागी भन्दै थिए– ‘यस पटकको निर्विकल्प अध्यक्षको निर्विकल्प विजेता डा. पौडेल नै हुन् ।’ उनी भन्दै थिए– ‘आज रिजउडमा जम्मा भएका ४ सयका फौज रमाइलो हेर्न होइन, केशव पौडेलको पक्षमा उर्लेको जनलहर हो ।’

एनआरएन अमेरिकाको निर्वाचनको मिति तय हुनुभन्दा झण्डै ६ महिनाअगाडिदेखि अध्यक्षका उम्मेदवार डा. केशव पौडेलको पक्षमा उर्लिएको जनमत अहिले अमेरिकाव्यापी भएको छ । चिकित्सक पौडेल न्यूमेक्सिकोस्थित एक अस्पतालको डिपार्टमेन्ट चिफ हुन् भने नेविसंघका पूर्व केन्द्रीय सदस्य हुन् ।

१६ चैत्र २०७१, सोमबार २१:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड..