कृष्ण सिटौलज्यू काङ्ग्रेसमै बसिरहने ? – देवप्रकाश त्रिपाठी

भूमिकाले मानिसको पहिचान र छवि निर्धारण गर्दछ भन्ने जानकारी हामी सबैमा छ । डांकु छविका रत्नाकार वाल्मीकि ऋषिका रूपमा परिचित छन्, तर उनले डा“कु रहेकै अवस्थामा ऋषि बनेर–भनेर आफूलाई चिनाउन चाहेनन् र चाहेर सकिने कुरा पनि थिएन । डांकुको परिचय मेटेर ऋषि बन्न उनले कठोर तपस्या गर्नुप¥यो, अचेल हामी वाल्मीकिलाई ऋषि भनेर चिन्ने गर्दछौं । एउटा मानिस एकैपटकमा ब्रह्मचारी र गृहस्थी छविमा देखापर्न सक्दैन, कोही एकैपटकमा चोर र सत्जन बन्न असम्भव छ र राजनीतिमा कोही पनि व्यक्ति एकैसाथ माओवादी र प्रजातन्त्रवादी पनि हुन सक्दैन । तर, कृष्णप्रसाद सिटौलाको दुर्लभ भूमिकाले उहा“लाई रसियाको रासपुटिनपछिका रहस्यमयी पात्रका रूपमा स्थापित गरेको छ । त्यसैले सिटौलाज्यूका बारेमा यहां चर्चा गर्नैपर्ने आवश्यकता महसुस गरिएको छ ।

०६३ मा नेपाली राजनीतिले कोल्टे फेर्नुअघिसम्म कृष्णप्रसाद सिटौलाज्यूको राजनीति झापा जिल्लाको सीमाबाहिर विस्तारित हुन सकेको थिएन । कुनै जिल्लाविशेषका मानिस आफ्नो भूमिका विस्तार गर्दै राष्ट्रिय–अन्तर्राष्ट्रिय तहसम्म योगदान पु¥याउन चाहन्छ भने त्यसलाई अस्वाभाविक र नाजायज मानिंदैन । यसर्थमा सिटौलाज्यूको भूमिका विस्तार गर्ने वैयक्तिक चाहनालाई स्वाभाविक रूपमा लिन सकिन्छ । तर, उहा“को भूमिका राजनीतिक र प्राकृतिकभन्दा प्राविधिक र कृत्रिम ढङ्गले रातारात स्थापित हुन पुग्यो, जसलाई स्वाभाविक तुल्याउन उहांले अहिलेसम्म सक्नुभएको छैन । आजका दिनमा पनि यदि महामन्त्री पदबाट मुक्त गरियो भने सिटौलाज्यूको उपादेयता र चर्चा झापाबाहिरसम्म जाने देखिंदैन ।
नेपालको इतिहासमा राजा या राजतन्त्रबाट सर्वाधिक सताइएका नेताका रूपमा महानेता बीपी कोइरालालाई लिन सकिन्छ । उहां हरतरहले प्रजातन्त्रको रक्षा र विकासका निम्ति सचेत र समर्पित हुनुहुन्थ्यो । राजाबाट सुरक्षित तुल्याइएको प्रजातन्त्र अतिवामपन्थीहरूको कोपभाजनमा पर्न सक्ने चिन्ता बीपीमा थियो, त्यसैले उहा“ अतिवामपन्थी कम्युनिष्टहरूसंग सचेत रहन आमप्रजातन्त्रवादी तथा काङ्ग्रेसजनलाई सजग गराइरहनुहुन्थ्यो । बीपी विचारको यो मर्मप्रति काङ्ग्रेस कार्यकर्ताका रूपमा कृष्ण सिटौला अनभिज्ञ हुनुहुन्थ्यो या जान्दाजान्दै पनि उहां नियोजित तवरमा काङ्ग्रेस सिध्याउने खेलमा हुनुहुन्थ्यो, यो अब समीक्षाको विषय भएको छ । ०६३ सालमा तात्कालिक प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गृहमन्त्री बनाइदिनुभएपछि रातारात चुलिएको सिटौलाको व्यक्तित्व हिंसात्मक युद्धका अगुवाहरू प्रचण्ड र बाबुराम भट्टराईलाई कुनै अज्ञात स्थलबाट आफंैले स्कर्टिङ गरी प्रधानमन्त्री निवास बालुवाटारमा अवतरण गराएपछि उहांको चर्चा पनि निकै बढेको हो । त्यसबेला सिटौलाज्यू स्वयम्ले पनि नेपाल, नेपाली जनता, प्रजातन्त्र र काङग्रेसका लागि अद्वितीय कार्य गरेको ठान्नुभएको हुंदो हो, यदि बेग्लै उद्देश्यका निम्ति उहांको नियोजित कार्य थिएन भने । आफ्ना साथी र अन्य कतिपयस“ग त्यसताक उहां ‘जङ्गलमा हि“डिरहेको बाघलाई आफूले काठमाडौंमा त्यो पनि प्रधानमन्त्री निवासमै ल्याइदिएको’ गफ दिने गर्नुहुन्थ्यो । ०६३ भदौको एक सा“झ आफू बस्ने गरेको मन्त्रीनिवास हरिहरभवनमा बोलाएर उहांले यस पङ्क्तिकारसंग भन्नुभएको थियो, ‘मैले जङ्गलमा हिंडिरहेको बाघलाई पक्रेर यहा“सम्म ल्याइसकेको छु, अब यिन (प्रचण्डहरू)लाई प्रजातान्त्रिक आन्दोलनको मूल प्रवाहमा पनि सामेल गरेर छोड्छु, तपाईंहरूले पनि मलाई सहयोग गर्नुप¥यो ।’ त्यसबेला उहा“का कुरा सुन्दा लाग्थ्यो, ‘प्रचण्ड–बाबुरामहरू कृष्ण सिटौलासंग भेट नभएका कारणले मात्र हिंसात्मक युद्धमा गएका थिए, उहांको दर्शन पाउनेबित्तिकै नतमस्तक भएर लुरुक्क शान्तिपूर्ण राजनीतिमा फर्किएका हुन् ।’ सिटौलाज्यूलाई मेरो जवाफ थियो, ‘तपाईं निकै ठूलो भ्रममा हुनुहुंदोरहेछ । प्रचण्डलाई तपाईंले चिन्नुभएको रहेनछ, उनी हरेकलाई उपयोग गर्दै आफ्नो अभीष्ट पूरा गर्न तल्लीन छन् । पार्टीबाहिरका कोसंग हात मिलाउने, कसलाई नमस्कार गर्ने र कसलाई आ“खा तर्नेसम्मका झिनामसिना लाग्ने विषयमा समेत उनीहरू पार्टीमा छलफल तथा निर्णय गर्ने गर्छन् । प्रचण्डहरूलाई तपाईंले ल्याउनुभएको होइन, बरु काङ्ग्रेसमा उपयोग गर्न सकिने सबभन्दा ‘बेबकुफ पात्र’ को छ भनी खोजी गर्दा उनीहरूको दृष्टिमा तपाईं पर्नुभएको हो । तपाईंलाई प्रचण्डले उपयोग गर्दै छन्, ख्याल गर्नुहोला ।’ यस्तो जवाफले सिटौलाज्यूलाई धेरै ठूलो चोट पु¥याएको सङ्केत त्यसबेला उहा“को मुखाकृतिले दिएको थियो । तर, उहांलाई मेरा कुराले कुनै प्रभाव पारेन, कुनै प्रभाव परेको भए यो देवप्रकाश त्रिपाठी भन्ने मानिस गलत र खराब रहेछ भन्ने मात्र उहांलाई लागेको थियो शायद । त्यसपछिका दिनमा पनि उहांमा प्रचण्डहरूप्रति कुनै प्रकारको सचेतनता देखिएन । काङ्ग्रेसमा विधानतः सर्वोच्च भूमिका पार्टी सभापति र केन्द्रीय कार्यसमितिको हुनुपर्ने हो, तर बितेका केही वर्षदेखि सभापति र कार्यसमिति नै ओझेलमा पर्ने गरी सिटौलाज्यूको भूमिका अकाशियो । सिटौलाज्यूले उचाइ लिंदै जांदा काङ्ग्रेस र प्रजातान्त्रिक आन्दोलन भने ओरालो लाग्यो, यतिबेला रक्षात्मक स्थितिमा आइपुगेको छ । बितेका सात वर्षभित्र सिटौलाले निर्वाह गर्नुभएको भूमिका र त्यसबाट उत्पन्न परिणामहरूले उहांलाई सही र उचित प्रमाणित गरेन । एकपछि अर्को घटना–सन्दर्भमा काङ्ग्रेस पराजित हु“दै गयो र अन्ततः आफ्नै रक्षाको निम्ति चिन्ता र चिन्तन गर्नुपर्ने अवस्थामा काङ्ग्रेस आइपुगेको छ । भारतको राजधानी नया“दिल्लीमा भएको बाह्रबुंदे सम्झौता, ०६३ असार २ गते मध्यरातमा बालुवाटारस्थित प्रधानमन्त्री निवासस्थानमा भएको ‘घातक’ आठबुंदे सम्झौता र बृहत् शान्ति सम्झौतादेखि गत वैशाखमा सम्पन्न पा“चबु“दे सम्झौतासम्म आइपुग्दा त्यस अवधिमा भएका सैयौ सम्झौतामा कृष्ण सिटौलाज्यूको भूमिका केन्द्रबिन्दुमा रह्यो । तर, कुनै पनि सम्झौताको सफल कार्यान्वयन हुन सकेन, प्रचण्डहरूले आफूलाई लाभ हुने जति कार्यान्वयन गर्दै गए, देश र जनता तथा प्रजातन्त्रको पक्षमा भएका सम्झौताहरूको पालना गर्ने उत्साह उनीहरूमा कहिल्यै प्रकट भएन । एकपछि अर्को सम्झौतामा हार्दै जांदा काङ्ग्रेसको ऐतिहासिक एवम् मौलिक पहिचान क्षतविक्षत हुन पुग्यो । पहिले सिटौलाज्यूले तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको बुढ्यौलीको लाभ उठाएर उहा“को नाममा अनेक भांतीका निर्णय लि“दै प्रचण्डहरूका निम्ति उर्वरभूमि तयार पारिदिने काम गर्नुभयो । अहिले सुशील कोइरालाजस्ता उच्चकोटिका इमानदार एवम् देश, जनता र प्रजातन्त्रप्रति समर्पित नेतालाई मायाजालमा पारेर काङ्ग्रेसलाई थप सङ्कटग्रस्त अवस्थामा पु¥याउने काम उहा“ले गर्नुभयो । कोइरालाको निर्दोषितालाई उपभोग गर्दै सिटौलाज्यू फेरि पनि आफैंलाई शिखर चढाउने कार्यमा मात्र तल्लीन रहनुभयो ।
गत वैशाखमा बाबुराम भट्टराई नेतृत्वको सरकारविरुद्ध प्रस्ताव ल्याई सहजै ढङ्गले सरकार परिवर्तन गर्ने अवसर काङ्ग्रेसलाई उपलब्ध थियो । त्यसनिम्ति काङ्ग्रेसले अग्रसरता लिएको पनि हो । अविश्वास प्रस्तावमा नेकपा एमाले, मोहन वैद्य समूह र मधेसी जनअधिकार फोरमलगायत डेढ दर्जन राजनीतिक दलको समेत समर्थन थियो । त्यसबेला अविश्वास प्रस्ताव दर्ता मात्र गरिएको भए पनि बाबुराम भट्टराई पद छोडेर भाग्नुपर्ने हुनसक्थ्यो । तर, सिटौलाज्यूले ‘न्वारानदेखिको बल निकालेर’ अविश्वास प्रस्तावमा अवरोध पैदा गरिदिनुभयो । अब त्यही बाबुरामलाई विस्थापित गर्न काङ्ग्रेसले सडक सङ्घर्षमा उत्रनुपर्ने भएको छ । पा“चबु“दे सम्झौतामा संविधान निर्माणमा सहमति भइसकेपछि मात्र बाबुराम भट्टराईले प्रधानमन्त्री पदबाट राजीनामा गर्ने व्यहोरा उल्लेख गर्नुको नियत सिटौलाज्यूले बुझ्नुभएको थिएन भन्ने मान्न कोही पनि तयार छैनन्, यदि उहा“ले त्यस्तो सम्झौताबाट पर्न सक्ने सम्भाव्य असरबारे अनुमान गर्न सक्नुभएको थिएन भने माओवादीस“ग संवाद र सहमति गर्नसक्ने मानसिक सामथ्र्य उहा“मा कहिल्यै पनि छ“दै थिएन भनेर बुझ्नुपर्ने हुन्छ ।
सिटौलाज्यूले काङ्ग्रेस पार्टीका आदरणीय नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्री बन्न नदिन गर्नुभएको छलछामबारे पौडेल स्वयम्ले जानकारी नराख्नुभएको स्थिति हो भने पनि अन्य मानिस यस तथ्यप्रति बेखबर छन् भन्ने होइन । सभापति सुशील कोइराला, रामचन्द्र पौडेल र शेरबहादुर देउवाबीचको प्राकृतिक समझदारीलाई खलबल्याएर आफ्नो तुष्टि मेट्न सिटौलाज्यूले गर्नुभएको चलखेलबारे पनि केन्द्रीय राजनीतिमा चासो राख्नेहरू जानकार छन् । कहिले कसलाई त कहिले अर्कोलाई प्रधानमन्त्री बन्न सघाउने भन्दै पहिले उपप्रधानमन्त्री र त्यसपछि आफैं प्रधानमन्त्री ‘पड्काउने’ खेलमा उहा“ लागेको आभाष धेरैलाई भइरहेको थियो । ०६४ सालमा भएको संविधानसभा निर्वाचनमा प्रभावशाली नेता खुमबहादुर खड्कालाई पराजित गराउने मात्र होइन ज्यानै लिनेसम्मको षड्यन्त्रमा सामेल भएको भनी सिटौलाज्यूको नाम चर्चामा आएकोमा त्यसको प्रामाणिक खण्डन उहा“बाट अहिलेसम्म हुन सकेको छैन । काङ्ग्रेसका होनहार नेताका रूपमा स्थापित महामन्त्री प्रकाशमान सिंह, खुमबहादुर खड्का, डा. रामशरण महत, विमलेन्द्र निधि, अर्जुननरसिंह केसी आदिलाई ‘ओभरटेक’ गरेर सिटौला रासपुटिनको नया“ अवतारमा प्रकट भएको ठानिएको छ । बिनापदीय हैसियतका काङ्ग्रेस नेता लक्ष्मणप्रसाद घिमिरेले काङ्ग्रेसको भविष्यलाई लिएर जुन चिन्ता र चिन्तन गरिरहनुभएको छ, महामन्त्रीजस्तो पदीय भूमिकामा रहनुभएका सिटौलाज्यूले त्यसको एक प्रतिशत योगदान पनि दिन नसकेको महसुस आमकाङ्ग्रेस कार्यकर्ताले गरेका छन् ।
देशको विद्यमान असहज परिस्थितिका निम्ति पार्टीगत रूपमा माओवादी र व्यक्तिगत रूपमा प्रचण्ड जिम्मेवार मानिन्छन् । त्यसैगरी काङ्ग्रेस र प्रजातान्त्रिक आन्दोलनलाई रछ्यानोन्मुख बनाउने भूमिकाचाहि“ जो–जसको सहारा लिएर भए पनि सिटौलाज्यू एक्लैले निर्वाह गर्नुभएको हो भन्ने आमजानकारीको विषय भइसकेको छ । यदि सिटौलाज्यूको स्थानमा यो बबुरो पङ्क्तिकार भएको भए पहिलो कुरा त त्यसप्रकार पार्टी र प्रजातन्त्रघाती भूमिका निर्वाह नै गर्ने थिएन, भूलवश त्यस्तो अक्षम्य गल्ती भएको हुन्थ्यो भने यतिबेला आमजनतास“ग माफी माग्दै राजनीतिक जीवनबाट नै सन्न्यास लिइन्थ्यो । तर, सिटौलाज्यू काङ्ग्रेस महामन्त्रीको जिम्मेवारीमा रहेर काङ्ग्रेस र प्रजातन्त्रको मूलच्छेदन गर्न निर्लज्ज ढङ्गले क्रियाशील रह“दै आउनुभएको छ । सोच, शैली र व्यवहारले नै उहा“ आत्मकेन्द्रित प्राणी भएको प्रमाण दिइरहेको छ ।
जिउ“दो सर्प पक्रने मानिसलाई बहादुर भन्न सकिन्छ, तर त्यसरी समातिएको सर्प घरको शयनकक्षमा ल्याएर पालनपोषण गर्नुलाई बहादुरी होइन मूर्खता भनिन्छ । सर्प पक्रेर घरमा ल्याई पाल्नु कतिसम्म जोखिमपूर्ण एवम् मृत्युकारक हुनसक्छ भन्ने बुझ्न नसक्नु मूख्र्याइ““को पराकाष्ठा हो । सर्प पक्रने सामथ्र्य नभए पनि शयनकक्षमा सापलाई आश्रय दिएर सिटौलाज्यूले सोही स्तरको मूर्खता जाहेर गर्नुभएको सम्पूर्ण प्रजातन्त्रप्रेमी र जनसाधारणले समेत ठानिरहेका छन् । काङ्ग्रेस र प्रजातन्त्रको यस दारुण अवस्थाप्रति कोही न कोही अवश्य जिम्मेवार रहेको मान्ने हो भने त्यसनिम्ति सभापति सुशील कोइराला या उपसभापति रामचन्द्र पौडेल होइन सिटौलाज्यू एकमात्र दोषी हुनुहुन्छ भन्न हिचकिचाउनुपर्ने कुनै कारण छैन । त्यसैले काङ्ग्रेसजन, आमजनता र विदेशी शुभचिन्तकहरूस“ग क्षमायाचना गर्दै काङ्ग्रेस र प्रजातान्त्रिक आन्दोलनलाई बाहिरै बसेर सहयोग पु¥याइदिने हो भने उहा“मा थोरै भए पनि इमानदारीको मात्रा भएको पुष्टि हुने थियो, आगे झापावासी कृष्ण सिटौलाज्यूकै इच्छा ।

२४ जेष्ठ २०६९, बुधबार १६:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

गंगा चौधरीलाई सरिता गिरीको प्रश्न, ‘चीनको इशारामा ममाथि आरोप लगाइएको त होइन ?’

काठमाडौँ, २३ जेठ । सामाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेकपाका सांसदले आफ्नो विषयमा संसदमा आपत्तिजनक अभिव्यक्ति दिएको..

विदेशबाट आउने नेपाली राख्न होटल क्वारेन्टाइन तयार, दिनकै ८ हजारसम्म तिर्नुपर्ने

निरोज थापा, काठमाडौँ, २३ जेठ । विदेशमा रोकिएका नेपालीलाई उद्दार गरि ल्याईएका नेपाली राख्न होटल क्वारेन्टाइन..

विदेशबाट नेपालीको उद्दार गर्न सुरु, २६ जना काठमाडौँ आइपुगे

काठमाडौँ, २३ जेठ । विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार सुरु भएको छ । सरकारले पहिलो चरणमा म्यानमारबाट २६..

थप ३३४ जनामा कोरोना प्ष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो

काठमाडौँ, २२ जेठ । नेपालमा आज एकैदिन ३३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या..

लकडाउन कडाइका साथ लागू गराउने उपत्यकाका सिडिओको निश्कर्ष

काठमाडौँ, २२ जेठ । काठमाडौँ उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कडाइका साथ लकडाउन पालना गराउने..