। लौ हिसाब गरौं । :: बाबुलाल भण्डारी

पृथ्वीव्यां त्रीणि रत्नानि जलमन्नं सुभाषितम् ।
मुढै पाषण खण्डेषु रत्नसंज्ञा प्रदियते ।।

यस धरतीमा जल, अन्न र मधुर वचन मात्रै ३ वटा रत्न छन्: पाषाण (ढुंगा): का बेकार टुक्रालाई हामीले मुढतावशः रत्न मान्दै आएका छौं । मिदास भन्ने राजालाई “ गोल्डेन टच” को बरदानमा मिलेको सुनैसुनले छिनभर पनि काम गरेन,बरु १ गिलास पानी र १ टुक्रा रोटी नै त्राण बन्यो । मानव शरीरको संंगठनमा झण्डै २ तिहाई हिस्सा पानीले ओगट्छ भन्ने आम मान्यता रहे पनि उमेर ,तौल र शारीरिक अवस्था हेरी शरीरमा पानीको प्रतिशत ५० देखि ७५ को हाराहारी देखिन आउँछ र जीवन र स्वास्थ्यको लागि पानीको उचित स्तर शरीरमा स्थिर भइ रहनु पर्ने मानिन्छ । अब मूल प्रश्नमा जाऔं – यसको लागि हामीले दिनहुं कति पानी पिउनु पर्ला ?
म्याजिक नम्बर ८ह८ ः
हामीले अक्सर सुनिआएको मेडिकल जगतको बहुप्रचलित प्रामाणिक सल्लाह ८×८ लाई मानिन्छ जस अनुसार ८ औंस नापका ८ गिलास बराबर पानी हाम्रो दैनिक आवश्यकता हो । यसो गर्दा प्रतिगिलास ८ औंश (२३६ मि लि)को हिसाबले ६४ औंश(१८८८ मि लि )अर्थात झण्डै २ लि. पानीको हिसाब देखिन आउँछ । तर उमेर,तौल,स्वास्थ्य अवस्था,खानपान ,जिवनशैली व्यायाम या परिश्रमको स्थिती र मौसम जस्ता तमाम आन्तरिक तथा वाह्य तत्वहरुले निर्धारण गर्ने प्रत्येक व्यक्तिको खुद विशिष्ट आवश्यकता कति हो ? यसबारेमा ८×८को ब्लाङ्केट स्टेटमेन्ट मौन छ । व्यक्तिका विविध अवस्था र आवश्यकतालाई यहि एक्लो शुत्रले संबोधन गर्न नसक्ने र सबैको लागी सधै र समानरुपमा लागु हुन नसक्ने भए पछि यो स्वस्थ्य प्रौढ व्यक्तिलाई केन्द«मा राखेर अनुमान गरेको रुल अफ थम (थम्ब)रहेछ भनेर बुझ्नु पर्ने हुन्छ । याद गर्न सजिलो भएको कारणबाट पनि ज्यादा लोकप्रिय हुन पुगेको यस म्याजिक नम्बरलाई पुष्टि गर्ने कुनै वैज्ञानिक अध्ययन नभई ८×८ को आकंडा स्वयंमा मनोगत भएको कुरामा जि.पि. मार्गारेट, म्याक काटर््ने,स्ट्यासी सिम्स, हेन्ज वाल्टिन र रिड क्याम्पियन जस्ता नामी चिकित्सकहरु एकमत छन् । शरीर स्वयंमा आफ्नो सर्वाेत्तम मार्गदर्शक हुनेहुँदा इतिहास देखि विश्वासिलो मानिएको तिर्खाको सहज प्रवृत्तिलाई आधार मान्दै तिर्खा लाग्दा मात्र पानी पिउने सुझाव उनीहरुको छ । चिसो ठाउँ र मौसममा खासगरी कडा परिश्रम नगर्नेहरुको लागि सामान्यतया दैनिक ८ गिलास पानी आवश्यक नपर्ने अमेरिकन जर्नल अफ फिजियोलोजिमा सन् २००२ मा प्रकाशित एउटा अध्ययनले पनि देखाएको छ । तर एउटा सामान्य व्यक्तिको निम्ति दैनिक २ लिटर पानी हानीकारक मात्रा हो भन्ने व्यहोराको पुष्टी आजपर्यन्त कुनै अध्ययनले गरेको छैन र बरु एकाधलाई छोडेर सबै अनुसन्धानमा यो मात्रा नपुग वा अपर्याप्त नै ठहर भएको छ । यद्यपि, हामी कहाँ न्यूनतम ८×८ को गोल्डेन रुलकै बारेमा अहिले सम्म सुन्न नपाएका जमातकै बाहुल्य छ ।
के भन्छन् अध्ययनले ?
अहिले इन्स्टीच्यूट अफ मेडिसिन(आई ओ एम्)को अङ्ग बनेको तत्कालिन फूड एण्ड न्यूट्रिसन बोर्डले सन् १९४५ मा अमेरिकामा खानाबाट प्राप्त हुने क्यालोरीको आधारमा पानीको मात्राको एउटा गाइडलाइन दिएको हो । एउटा व्यक्तिले त्यसबेला दैनिक औषत १९०० क्यालोरी खपत गर्ने आंकलनलाई आधार बनाई प्रति क्यालोरी इनर्जी १ मि लि (१ क्या=१ मि लि )को हिसाबले बोर्डले दैनिक १९०० मि. लि. पानी सिफारिस गरेको हो र यो मात्रा ठ्याक्कै ८×८को आकंडासंग मेल खाने देखिन्छ । पछि २००४ फेब्रुअरीमा आई.ओ.एम.को विशेषज्ञ टोलीद्वारा विशद अध्ययन पछि पुरुषहरुका लागी सरदर ३.७ लि.(१२५ औंश)र महिलाको लागी सालाखाला २ं.७ लि(९१ औंश)कूल झोल्य पदार्थको नयाँ मापदण्ड सिफारिस भयो । शरीरलाई आवश्यक यस्तो जम्माजम्मी तरल पदार्थ मध्ये खानाबाट आपूर्ति हुने मोटामोटी २० —२२% कटाई पेयको कोटाको बाकी झण्डै ८०% को हिसाबले पुरुषको लागि निर्धारित मात्रा मोटामोटी २.९लि (१२ गिलास वा ९७ औंश)र महिलाको सन्दर्भमा २.२लि (९ गिलास वा ७२ औंश)आई ओ एम र नेशनल रिसर्च काउन्सिलको अन्तिम सिफारिस कायम हुन आउंछ । अनुसन्धानको क्षेत्रमा अग्रणी मानिएको संस्था मायो क्लिनिकको जनरल गाइडलाईन पनि यसै संग मेल खान्छ । त्यसैगरी अमेरिकन डाइटेटिक एसोसियसनको प्रति केजी तौलको ३०—३५मि लि वा प्रति पाउण्ड ०.५६ —०.६० औंशको हिसाबपनि यो भन्दा तात्विक रुपले भिन्न छैन । सन् २००८ मा यूरोपियन यूनियनको आग्रहमा यूरोपियन फूड सेफ्टी अथोरीटिले २१ जना चर्चीत विशेषज्ञहरुबाट तयार पार्न लगाएको वैज्ञानिक प्रतिवेदनमा १८—२० डिग्री से.को समसितोष्ण हावापानीमा औषत परिश्रम गर्ने पुरुषहरुलाई २ लि र महिलाहरुका लागी १.६ लि को न्यूनतम मात्रा तोकेर गर्भवती महिलाको लागी थप ७०० मि लि र आधा घण्टाको कठोर व्यायामको लागी २४०—३५० मि लि एवं १ घण्टाको त्यस्तो व्यायामको लागि ४७० —५३० मि लि गर्दै गर्मी मौसम र इलाकामा पसिनाबाट निष्कासन हुने मात्रा बराबर र अझ २५०० मि (८२०० फिट) भन्दा बढी उचाइमा छिटो छिटो स्वास–प्रस्वास र मूत्रत्याग बाट थप नोक्सानी हुने वोडी फ्लूइड अनुपातमा समेत अतिरिक्त मात्रा तोकेको छ ।
व्यक्ति पिच्छेको मात्रा ः
शरीरको. तौल अनुकुल आफूलाई आवश्यक पर्ने पानीको न्यूनतम मात्रा थाहा पाउन भने विशेषज्ञहरुले एउटा गणितिय आधार ल्याएका छन् जसमा सर्वप्रथम कि.ग्रा. मा अभिव्यक्त शारीरिक तौललाई २.२ ले गुणन गरेर पाउण्डमा ल्याएपछि अन्तमा २ ले भाग गरेर हुन आउने भागफलको अंक नै हामीलाई आवश्यक दैनिक पानीको औंश मानिन्छ । उदाहरणको लागी ६० के जी शारीरिक तौललाई पाउण्डमा बदल्न २.२ ले गुणन गर्दा हुन आउने जम्माजम्मी पाउण्ड १३२ लाई अन्तमा २ ले भाग गर्दा आउने भागफल ६६ नै उक्त तौंल समूहको व्यक्तिको हकमा वाञ्छित पानीको औंश हो । अझ स्पष्ट भन्नु पर्दा, ६६ औंश तरल पदार्थको समतुल्य १९४७ मि लि (१ औंश=२९.५ मि. लि )अर्थात झण्डै २ लिटर हुन जाने र ८ औंश(२३६ मि लि ) नापका गिलासलाई प्रयोगमा ल्याउँदा यो मात्रा मोटामोटी ८ गिलास नै ठहर हुन जान्छ ।
माथिका सबै विशेषज्ञ सुझावहरुलाई समष्टीमा हेर्दा एउटा स्वस्थ्य औषत प्रौढ व्यक्तिको दैनिक फ्ल्यूइड इन्टेक आवश्यकता २.० देखि ३.० लि को हाराहारीमा देखिन आएको पृष्टभूमिमा हामी जनसाधारणले यि विविध उपागमको वुध्दिमत्ताको बिचबाट आफ्नो अनुकुलको गोल्डीलक मात्रा निश्चित गरेको राम्रो हुन्छ । पानीको सेवनमा अरुचीको अवस्थामा केही भाग दुध र लसी वा घरमै बन्ने जुस वा अन्य स्वस्थ्य विभरेज उपयुक्त विकल्प हुन् । काक्रो,तरबुजा जस्ता फलफूलहरुमा ९० देखि ९५% सम्म जलाशं हुने बताइन्छ र प्रायजसो फलफूल ,तरकारी र सागसब्जीका आइटमहरुले पानी आपूर्तिमा रामै्र सहयोग पु¥याउछन् । तर मादक पर्दाथले चाहीं उल्टै डिहाइड्रेसन गर्ने र चिया ,कफी इनर्जी ड्रिङक्स् र टोनिकहरु पनि पिसाब खोल्ने (ड्युरेटिक )चरित्रका भएकोले सामान्यतः भरपर्दाे पेय मानिएका छैनन् । तर सुध्द पानीले मात्र पसिना र पेसाबबाट खेर गएको लवण लगायतका इलेक्ट्रोलाइटहरुको सहि सोधभर्णा हुन सक्तैन । तसर्थ कडा परिश्रम गर्नेहरु र खासगरी म्याराथुन धावकहरुले अरु समस्या छैन भने १ लि पानी सङ्ग आधा चम्चा सिधेनुन र थोरै कागतीको रस समेत मिलाउन आवश्यक ठानिन्छ । तथापि कुनैकुनै मुटु ,मृगौला र कलेजोका रोग संगै एड्रिनल ग्रन्थी एवं एक प्रकारको मधुमेहमा समेत चिकित्सकहरुले बढी पानी वर्जित गरेका छन् भने अर्काे तर्फ ज्वरो,रुघाखोकी पेटको अल्सर ,डिप्रेसन,झाडाबान्ता र मृगौलाको पत्थरीमा भने अझ बढ्ता पानीको सिफारिस गरेका छन् । तर एउटा कुरा के हो भने १ वा २ पटकको वर्षाबाटै जमिन गल्ने र मूलफुट्ने आशा हुन नसके जस्तै लामो समयको डिहाइड्रेसनमा हाम्रा सेलहरुलाई पानीसङ्ग अभ्यस्त र रिहाइड्रेटेड हुने प्रक्रियामा केही समय भने लाग्न सक्ने बताइन्छ । पानीका औषधीय गूणहरु क्रमश…

२४ माघ २०७१, शनिबार ००:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

तुम्बाहाम्फेले सम्हालिन कानुनमन्त्रीको कार्यभार

काठमाडौँ, ५ फाल्गुण । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले कार्यभार सम्हालेकी छिन् ।..

भ्रमण वर्ष सफल बनाउन रामेछाप महोत्सवः संयोजक रोका

रामेछाप, ५ फाल्गुण । रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा आयोजना हुने ‘दोस्रो रामेछाप महोत्सव’को तयारी करिब सकिएको..

महरा विरुद्दको मुद्दामा फैसला भएन

काठमाडौँ, ४ फाल्गुण । निवर्तमान सभामुख कृष्ण बहादुर महराविरुद्दको बलात्कार प्रयासको मुद्दामा आइतबार पनि फैसला..

व्यक्तिले हडपेको सरकारी जग्गामा मन्त्री अर्यालले गाडीन् साइन बोर्ड

काठमाडौँ, ४ फाल्गुण । व्यक्तिले हडपेको १७ रोपनी जग्गा सरकारले फीर्ता ल्याएको छ । काठमाडौं महानगरपालिका ३१ स्थित..

चीनबाट फर्काइएका नेपालीलाई खरिपाटी लगियो

काठमाडौँ, ४ फाल्गुण । कोरोना भाइरसको उद्गमथलो चीनको वुहान शहरबाट १७५ जना नेपालीको उद्वार गरिएको छ । उनीहरु..