ग्रेस :: रूपा तामाङ (कथा)

जोनले ठिकै त भन्यो| भिन्नता यति हो ग्रेस कि हामी पहिला-पहिला त्यस समय पत्रोतरको हप्तौं, महिनौं प्रतीक्षा गर्थ्यौं, अब तुरन्त जवाब पाउँछौं। अनुभूति गर्नु पर्ने थुप्रै कुराहरू मिस गर्छौं आजकल।’ समय यसरी चालै नपाई चिप्लिएर जाँदोरहेछ। सयम गतिशील छ, हामी कति समय सापेक्षित हुन सकेका छौं अन्दाज छैन। हाम्रो सिङ्गो जून हेर्ने आँगन छैन। हाम्रो आफ्नो आकाश रहेन, छानामाथि जून सजेन। पूर्णिमाको स्वर्णिम आनन्द कहाँ भोग्न पाएका छौं? हतार छ, व्यस्तता छ, जीवन साघुँरिदै गएको छ। संसार भय, त्रास र शंकाको जालोमा लपेटिँदै गइरहेको छ। यो शहरको बाक्लो कन्क्रिट बिल्डिङहरूमा हाम्रा छिमेकी नै कहाँ छन् र? सोच्छे ग्रेस, जीवन कति निरस, कति व्यस्त।’

नानीहरू पढाउँछिन् ग्रेस खूब आनन्द मानेर, मानों उनी सिकाउन जन्मेकी हुन्। शिक्षण पेशा खूब मनपर्ने पेशा। यसैले सायद शिक्षिका बनेकी हुन उनी। खूब सिकाउँछिन् उनी। जीवन यसैमा होमिदिएकी हुन्। विद्यार्थीहरूका गुरुआमाभन्दा धेर उनी मित्र हुन्। विद्यार्थी, स्कूल, पुस्तकभन्दा अरू संसारै छैन उनको। लेख लेख्छिन्, पढछिन्।
जोन’ भर्खरैमात्र भेटेको/चिनेको उनले वी-चाट’ मार्फत। उ आफूलाई देहरादूनको कुनै एक विद्यालयको साहित्य पढाउने शिक्षक हूँ भन्छ। कति सत्य हो थाह छैन। रमाउने क्रममा तिनीहरू निक्कै गहकिला कुराहरू गर्न थालेका हुन्। रूचि एउटै भएर हो सायद। पहिला-पहिला ग्रेस यहाँको सिक्किमको भौगोलिक, आर्थिक, राजनीतिक, शिक्षण नीतिबारे लेख्थिन्। जोनले दूनको बारेमा जनाउँथ्यो। जोन फोटोग्राफीमा रूचि राख्थ्यो सायद। घुम्न जाँदा यसै खिँचेको भनी लेह, शिमला, किनौर, मुसुरी, लद्दाख आदिका विभिन्न मनमोहक दृश्यहरू पठाउँथ्यो। यसरी सायद आकर्षित भइन् जोनका गफहरूसँग ग्रेस।
मान्छे एकाअर्कामा देखेका छैनन्, फोटो हेर्ने-हेराउने चाहना कहिले गरेनन् उनीहरूले। विचारको आदान प्रदान छ, बस् यसरी मित्रताको डोरी गाँसिदै गएको छ। प्रगाढ हुँदै गइरहेछ। कविताहरू लेख्छन्, साट्छन् विचारहरू ुश लहरीं मा नै, त्यो भन्दा पर फोन नम्बर, फेसबुक, इमेल आइडी, एड्ड्रेस माग्ने, मगाउने घृष्टता कहिले गरेनन् दुवैले। मान्छे आफैसित कति भाग्न खोज्छ, जिन्दगीका व्यस्ततासित साट्न खोज्छ आफूलाई। जीवनमा पाइलैपछि रक्ताम्मे भएको मन व्यस्तताको मलम पट्टिले निको पार्न खोज्छौं, यसरी ढाक्न खोज्छौं। जीवनमा दुःख, सुख, हाँसो रोदन। तिता मिठा अनुभवहरू पन्छाएर केही क्षण रमाउनु खोज्छ मान्छेको रहर। सायद तर ग्रेसले कहिले छाम्ने कोशिष गरिनन्। धेरै इत्रिए उनीहरू, जिस्किए गफ गर्ने क्रममा। यद्यपि ग्रेस घमण्डी गुरुआमा हो। मानिसहरूले ग्रेसलाई कहिले इत्रिएको देखेनन्, संधै निश्चदल, भावुक ग्रेसलाई मन पराउने सायदै होलान्, तर विद्यार्थीहरूकी भने प्रिय गुरुआमा हुन् उनी। हिजो उनको कविताको खूब चर्चा भयो। धेरैले फुर्काए, सुर्काए उनलाई विद्यार्थीहरूले हल मै थश र्ङेींश र्ूेी ॠीरलश चरा भन्दै ताली बजाए। खुशीले हो सायद उनले लेखिन् जोन आज म धेरै खुशी छु’ अनि लेखिन् तिमीलाई थाह छ? उहिले हामी स्कूले विद्यार्थी हुँदा पत्रमित्र बनाउने चलन थियो। पत्र लेख्थ्यौं, पोस्ट गर्थ्यौं अनि पत्रोतरको महिनौं प्रतीक्षा गर्थ्यों। कति मज्जाको हुन्थ्यो नि ती पर्खाइका पलहरू? अनुभूति भनेको त्यस्तो होस् न। कौतुहलता, पर्खाई अनि जीवन..। ’ वास्तवमा जोनको हो? किटान् गरेर भन्न सक्दिनन् उनी। साहित्य पढाउँछु भन्छ। कविताहरू लेखी पठाउँछ, साह्रै राम्रा छन् जोनका कविताहरू। तर जोन कस्तो छ? कति उमेरको हो? थाह छैन। बात गर्छिन् उनी, आफ्ना कविताहरू लेखी पठाउँछिन्। वास्तवमा उनलाई आदत जस्तै भइसकेको छ जोनसँग गफ गर्ने। गफ गर्दै जाँदा उनी आफूलाई साँची नै बिर्सिन्छिन्, हितैषीसँग जस्तै गरी मन खोलेर वात गर्छिन्।

जोन एक अन्जान व्यक्ति हो भन्ने उनी बिर्सिन्दिछन्। आठौं श्रेणीमा म नेपाली पढाउँछु, चालिस विद्यार्थीहरू छन्। आज मैले मेरो छोरा अनमोललाई गिटार किनिदिएँ। छोराले पुराना हिन्दी सिनेमाहरू हेर्न रूचाउँछ आदि-आदि कहाँ के भयो? कति बजी भयो? कसरी भयो, किन भयो सबै लेख्छिन्। अनि गफ गरिसकी पुन: झस्किन्छिन् अहो! म साँच्चै एक सज्जन व्यक्तिसँग नै बात गर्दैछु के?? अनि डराउँछिन्, कतै सडक किनारा बिजुलीको खम्बामुनि मातेर टुन्न भई गफ गर्छ कि जोन? अहो हिटलर ग्रेस, तिमी के गर्दैछौं?’ जिन्दगीमा मुटुको धुकधुकी छाम्न नखोज्ने, छाम्न नचाहने ग्रेस तर जोनसँग निक्कै रमाउँछिन्। उज्यालिएकी छन्, प्रफुल्ल छिन्, यद्यपि उनी एक्ली छन् एक्लै हुनुको पीडा, रित्तो हुनुको बोध उनी कसैलाई देखाउँदिनन्। अनमोल एक वर्ष मात्रै पुगेको थियो हरिले सब नाता तोडी ग्रेससँग अलग भएको। जीवनमा भरोसा, माया भन्ने केही स्थायी नहुँदो रहेछ अनुभव गरिन्। कति सनिलै विश्वा सघात गरेको थियो। विवाह जस्तो पवित्र बन्धन कति सजिलै तोडेको थियो। अहँ, त्यसपछि भने कसैमाथि भरै परिनन् ग्रेस। नजिकिनै सकिनन् कोहीसँग। ब्यस्त बसिन सँधै, अनमोलको लालन पालन, स्कूल विद्यार्थी कार्यक्रम जीवन बाँची रहिन् समय यसरी अघि बडिरह्यो। स्कूल, विद्यार्थी र छोरा अनमोलभन्दा पर उनको संसारै बनेन। कमजोर मानसिकताको होइनन् उनी। सम्झाउँछिन् अरूलाई जीवनका कुरा, व्यवस्थाका कुरा, संघर्षका कुरा। मान्छे प्र्याक्टिकल हुनुपर्छ, वैज्ञानिक हुनुपर्छ।’ इमोशनले मान्छेलाई कमजोर बनाउँछ भाषण गर्छिन्। हरेक कुरामा लजिक खोज्ने ग्रेस केहीदिन यता भने निक्कै कमजोर महशूस गर्न थालेकी छन्। निक्कै एक्लो, रित्तो अनुभव गर्थिन्। त्यो एक्लोपनमा, त्यो रिक्ततामा उ जोनका कविताहरूसँग निक्कै रमाउँछिन्। यसरी नजिकिएकी अनुभव गर्छिन्। यद्यपि त्यो प्रेम होइन। अहँ त्यो कदाचित प्रेम होइन, आसक्ति होइन। सम्झना हो त्यो, रित्तो हुनुको पीडामा जोन बहाना हो। जोनका कविताहरू चाहना हो। आज आइतवार। ग्रेस दिनभरि घरमै बसिन्। अनमोललाई फुर्सद छैन आमासँग बस्ने। फूटबल, म्युजिक…व्यस्त रहन्छ उ। आमा गुड मर्निङ, र्ङेींश र्धेी आमा’ उनी त्यति मात्र सुन्न पाउँछिन्। हुन पनि अनमोल कलेज पुगिसक्यो। छोरा-छेरी बढेपछि पनि आमाहरू रित्तो हुँदा रहेछन्। अहो कति कहालिलाग्दो रिक्तता, जीवन खोई कहाँ हाँसेको छ? आज उनले जोनसँग गरेका बातचितहरू थश उहरीं खोलेर हेरिन्, पढिन्। कति धेरै कुराहरूको आदान-प्रदान भएछ। कति गम्भीर, कति फटाहा कुराहरू। रमाएका थिएछन् उनीहरू। ग्रेस खुलेकी थिइछन्। जिन्दगीले सधैं फुल्न नै खोज्दो रहेछ। अहो’ ग्रेस सुस्ताइन। थश उहरीं-को चिन्हमा पनि ग-ज-क-छ देख्थिन् उनी। त्यो देख्दा लाग्थ्यो। उनलाई जोन मुस्कुराई रहेछ। मसुरी, लद्दाख आदिका फोटोहरू, लाग्थ्यो त्यहाँ जोन हाँसेको छ। यति सुन्दर दृश्य खिच्न सक्ने, खिँच्न जान्ने जोन कस्तो छ होला हेर्न मन लागेको थियो। यसरी उनी दिन-दिनै कमजोर बन्दै जाँदैथिइन्। एकदिन जोनले ममखरा ळप ीलहेेश्र ींेवरू, ळीं ळी र ीपेुू वरू. खीं ळी लशर्रीींळर्षीश्र वशरी, ळीं लरपपेीं लश शुिीशीीशव.फफ लेखेछ। सधैं ग्रेसजी लेख्ने जोनले आज मवशरीफ लेखेछ तर ग्रेस अचम्भित् भइनन्। बरु रमाई भित्र कतै, अनि न्यानो भइन्। आफै छक्क पर्छिन्। एकदिन फेरि उसले लेखेछ, म अलि व्यस्त छु, कविताहरू पठाउन सकिँन, वाई ग्रेसजी?’ थाह छैन किन हो, ग्रेसले आफूलाई एक्लो भएको महशूश गरेकी थिइन्। थाहै नपाई उनका आँखाहरू रसाएछन्। ग्रेसले आफूलाई ज्वरो आएको कुरा लेखिन् मित्र ठानेर हो। जोनले ग्रेस दवाई खायौ? डाक्टर देखायौ? सोधे। जवाब लेख्न सकिनन् उनले। भावविभोर भई धेरैपल्ट दोहोराई-दोहोराई पढिन्, पढिरहिन् सायद महसुस गर्न खोजिन् जीवन। डराइन ग्रेस कतै म कमजोर बन्दैछु कि? अहो! म कुन समुद्रमा, कुन माछाको खोजीमा जाल हान्दैछु? कुन समुद्रमा म पौडिन खोज्दैछु। अहँ! हुँदैन ग्रेस’ अनि आज प्रण गरिन् यसरी जिन्दगीमा छेउ राख्नु पर्ने रहरहरू धेरै हुन्छन्, अब हुँदैन। मैले यो जोन नामको कमजोरीलाई बिर्सिनु पर्छ। जीवनमा रमाउन सकिने ठाउँहरू धेरै छन्। जीवन त जीउनु पर्छ। अनि अन्तिमपल्ट लेखिन् जोन नमस्कार, तिम्रा कविताहरू उत्कृष्ट छन्। तिम्रो फोटा ग्राफी आफै राम्रो छ, जीवनमा तिमी सफल हुनु, खुशी रहनु। त्यसपछि भने उनले जोनलाई आफ्नो ऋीळशपव ङळीीं-बाट हटाइन्। त्यो दिन, दिनभरि नै छटपटाई रहिन् ग्रेस। कहाली लाग्दो दिन, आफूलाई वलवान, व्यवहारिक ठान्ने ग्रेस पल-पल मर्दैथिइन्। जीवनको यो घुम्तीमा आइपुगेर पुनः एकपल्ट एक्लो नितान्त एक्लो भइन् आज। साह्रै शून्य लाग्यो घर, घरका कोठाहरू। चिया बनाइन्। अहँ पिउने मन छैन। भौंतारिएको छ मन। बजारतिर लागिन्। बजार गएर के गर्ने थाहा छैन। अहँ! मन अडिएन त्यहाँ पनि। लगत्तै फर्किन्।
जीवनमा यति हताश यसअघि उनी कहिले भइनन्। केहीदिन यता विसञ्चो भए जस्तो लाग्छ। के दुखेको हो थाहा छैन। कहाँ दुखेको हो? त्यो पनि थाहा छैन। केवल दुखेको छ जिन्दगी। खाना पकाउने जाँगर छैन, खाने मन छैन। टी.भी हेर्न खोज्छिन् अहँ अडिदैन उनको मन। रिमोटको झटारो हानी टी.भी नै फुटाइदिउँ लाग्छ। झर्को लाग्दो जिन्दगी, पल-पल तडपाई छ, शून्यता छ, एक्लोपन छ, छटपटाहट छ। एक हप्ता भयो ग्रेस सुतेकी। वेवस्ता सुतेकी छन्। केही गर्नै नसक्ने भएकी छन्। यत्रतत्र पुस्तकहरू छरिएका छन्। जीवन नाप्दै-छोड्दै, नाप्दै छोड्दै सुस्ताउँछिन् ग्रेस। ग्रेस के भयो?’ गंगा आइपुगी। गंगा ग्रेसकी साथी। गंगालाई देख्दानि झर्को लागे जस्तो भयो ग्रेसलाई। फिस्स मधुर मुस्कान हाँसेर अलिकति अढेस लागी अनि ओछ्यान मै बसिरहिन्। बसन गंगा’ समेत भनिनन्। गंगा छेवैमा आएर बसि। अनि हात-निधार छामेर भनी पहेलै भएछौं ग्रेस। के भएको हो? आफ्नो स्वास्थ्यको पनि ध्यान राख्नुपर्छ। कि हिँड डाक्टरकोमा जाउँ। ग्रेस आफ्ना पहेलिएका औंलाहरू चुप-चाप हेरिरहन्छिन्। कसैलाई केही भन्दैनौ? कुरा गुम्साएर राखे सडिन्छ। त्यसले तिमीलाई दुःख दिन्छ। थाहा छ त!’ गंगालाई हेर्दै नहेरी फिस्स हाँसी मात्र रहिन्। मानौं उनी भन्न खोजी रहेकी छन् गंगा, जीवन दुःखेको तिमी कहाँ बुझ्छौ र?’ तर भनी गंगा चिया बनाइदिउँ?’ छोड, होइन तिमी बस, म आफै बनाउँछु चिया’ गंगा उठी। आफै चिया बनाएर ग्रेसलाई दिई, अनि भनी किचन हेर्दा त, धेरै भए जस्तो छ नि, तिमी नपसेकी।’ ग्रेसले मात्र सुनिरहिन्। चिया चिसो भो खाउ न’-गंगाले माया दर्शाई। चियाको कपसम्म आँखा पुराइन् ग्रेसले। पहेलिएका औंलाहरूले कप खेलाई रहिन्। चियाको कपभरी क्ष-े-ह-प देखे जस्तो लाग्यो। उठाएर खाऊँ लागेन…। टोलाइरहिन्…। पुनः आफ्नै टीठ लाग्दो अनुहार देखे जस्तो लग्यो…। झसङ्ग भइन्। गंगा बोलिरही स्कूलका कुरा, छिमेकीका कुरा, बजार भाव बढेको कुरा। ग्रेसले आधा सुनिन्, आधा सुनिनन्। ओ हो ग्रेस, चिया खाउ न, वास्तवमा तिमीलाई के भएको हो? भन त। ज्वरो त छैन त?’ ग्रेस झस्किन्, के भन्ने? के दुखेको बुझाउने? यसो भन्ने कि म जोनका कविताहरू मिस् गर्दैछु? तिमीलाई सिग्रेटको आदत जस्तै। मलाई पनि जोनसँग हाँस्ने आदत भइसक्यो? के आदत प्रेम हो?’ अँह तर भन्न सकिनन्। फेरि मनमनै सोचिन् म पनि त तिमी जस्तै झ्याँगिन चाहन्छु’ यो प्रेम होइन भन्ने गंगाले बुझ्न सक्ली? गंगालाई एकोहोरो हेरी मन-मनै सोचिरहिन् ग्रेस। अनि भनि बिसञ्चो भएको छ गंगा, जीउ दुःखेजस्तो हुन्छ, ठिकै त छु, तिमी सुर्ता नगरन, म ठिकै छु।’ गेगाले टेक लरीश ग्रेस, म भोलि आउँछु’ भनेर हिंडी। ग्रेस गंगा गएको दैलोसम्म हेरिरहिन् निशब्द। जून पोखिएको चकमन्न रात छ, कता-कता, बेला-बेला कुकुर भुकेको आवाज आउँछ। रातको बाह्र बजिसक्यो ग्रेस निदाएकी छैन। आँखामा पटक्कै निन्द्रा छैन। ओल्टो-कोल्टो फेर्छिन्, सोंच्छिन् जिन्दगीले कहाँ-कहाँ पछार्ने हो, कहाँसम्म पुर्याउने हो? खुशीहरू कति खोसिने हुन्, कति हराउने हुन्, जीवन कहाँ सजिलो रहेछ र? शून्य छ, निस्तब्ध छ रात, कहाली लाग्दो मरणासन्न रात। ग्रेस अनि रोइन्। थाहा छैन किन रूदैछिन्। आफू रित्तो हुनुको पीडामा? या त आफ्नै मूर्खतासँग? तर उनले आज रून दिइन् मनको भित्री बालकलाई धित् मरूञ्जेल रून दिइन्, हिक्का छोडीछोडी रून दिइन्। सायद उनी त्यही आँसुका धाराहरूसँगै जोनका कविताहरू, कविताका हरफहरू… जोनका यादहरू बगाउन चाहन्थिन्। यसरी सिरकले मूख छोपी धेरैबेर बेस्सरी रोएपछि उनी निदाइन् जोनका यादहरू, कविताहरू…हाँसोहरू बिर्सने अठोट गररे। जीवन बाँच्न अझै धेरै छ ग्रेस, सिंगो संसार तिम्रो अघि छ।
गान्तोक

– सोमबार, 22 मङ्गसीर, 2071

२३ मंसिर २०७१, मंगलवार २३:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिका राष्ट्रपति चुनाव : अग्रिम मतदान गर्ने संख्या बढ्दो

न्यूयोर्क । अमेरिकामा आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपतिको चुनावमा अग्रिम मतदान गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ ।..

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..