बजारमा उपलब्ध छ रोजाई अनुसारको स्मार्टफोन

काठमाडौं । प्रविधिमा रमाउनेहरुका लागि अत्याधुनिक फोन बोक्ने रहर अब नौलो रहेन । बरु महिनैपिच्छे बजारमा आउने अत्याधुनिक स्मार्टफोन मध्ये कुन छान्ने उपभोक्तालाई गाह्रो परिरहेको हुन्छ ।

टेकराडार वेवसाइटले दस स्मार्टफोनका मोडललाई अहिलेको उत्कृष्ट दस स्मार्टफोन भनी वर्गीकरण गरेको छ । दसौं स्थानमा सामसङ ग्यालेक्सी एस फोर, नवौं स्थानमा मोटोरोलाको मोटो जी, आठौं स्थानमा एचटिसी वन, सातौ स्थानमा आइफोन फाइभ एस र छैठौं स्थानमा सोनीको एक्सपेरिया जेड वन कम्प्याक्ट छ। शीर्ष पाँच स्थानमा रहेका स्मार्टफोनहरु भने क्रमश गुगल नेक्सस फाइभ, एलजी जिटु , सासमङ ग्यालेक्सी एस फाइभ, सोनो एक्सपेरिया जेड टु छ भने पहिलो स्थानमा एचटिसी वान एमएट रहेको छ ।
गुगल र एलजी कम्पनीले संयुक्त रुपमा विकास गरेको गुगल नेक्सस फाइभ पाँच इन्चको स्त्रि्कन भएको फोन हो। एन्ड्रोइड ४.४ किटक्याट अपरेटिङ सिस्टम रहेको यो स्मार्टफोन गुगल नेक्सस फोर पछि आएको हो। नेक्सस फाइभ कालो र सेतो रंगमा उपलब्ध छ। १६ र ३२ जिबीमा उपलब्ध यो फोन गुगलप्ले मार्फत छानिएका देशमा किन्न सकिन्छ।
एलजी जिटु एलजी इलेक्ट्रोनिक्सले एलजीको अप्टिमस जी स्मार्टफोन र अप्टिमस जिप्रो फ्याब्लेटपछि ल्याएको अत्याधुनिक स्मार्टफोन हो। यो फोनमा एन्ड्रोइडको ४.२.२ जेली बिन अपरेटिङ सिस्टम राखिएको छ। ५.२ इन्चको स्त्रि्कन राखिएको यसमा १३ मेगापिक्सेलको क्यामेरा राखिएको छ।
इन्टरनेसनल मार्केटिङ सर्भिसेज प्रालिले सामसङ ग्यालेक्सी एस फाइभ गत महिना मात्रै नेपालमा सार्वजनिक गरेको हो। यसमा एन्ड्रोइड अपरेटिङ सिस्टम छ। गत वर्ष विश्वबजारमा आएको ग्यालेक्सी एस फोरको नयाँ रुपमा एस फाइभ अप्रिल २०१४ मा संसारका १ सय ५० देशमा सार्वजनिक गरिएको थियो। एस फोरको तुलनामा एस फाइभमा सुधारिएको मोबाइलको बडी, पानी र धुलो निरोधक क्षमता, औंठा छाप प्राइभेट मोड, मुटुको धड्कन नाप्ने मनिटर र अद्यावधिक गरिएको क्यामेरा राखिएको छ। ५.१ इन्चको स्त्रि्कन रहेको ग्यालेक्सी एस फाइभमा १६ मेगा पिक्सेलको क्यामेरा छ।
सोनी एक्सपेरिया जेड टु एन्ड्रोइड स्मार्ट फोन हो। ‘सिरिउस’ भनी कोड नाम दिइएको एक्सेरिया जेड टु सोनीले एक्सपेरिया जेड वनको परिमार्जित संस्करणको रुपमा बजारमा ल्याएको छ। पानी र धुलोले विगार्न नसक्ने यो स्मार्टफोनले फोर के आकार र गुणस्तरमा भिडियो खिच्न सक्छ। यो एचडी भन्दा राम्रो भिडियो प्रविधि हो। यो महिना मात्र धेरै बजारमा भित्रिएको यो फोनको स्त्रि्कन आकार ५.२ इन्चको छ भने यसमा २०.७ मेगा पिक्सेलको क्यामेरा छ।
दोस्रो पुस्ताको एचटिसी वन वा अल न्यु एचटिसी वनको रुपमा समेत लिइएको एचटिसी वन एमएट एचटिसी कम्पनीले निर्माण गरी बजारमा ल्याएको एन्ड्रोइड स्मार्टफोन हो। गत मार्च महिनामा बजारमा ल्याइएको यो मोबाइल एचटिसी वनको पहिलो पुस्ताकै डिजाइनमा आएको भए पनि यसमा ५ इन्चको १०८० पीको डिस्प्ले छ भने क्वाडकोर क्वालकम स्न्यापड्रागन ८०१ प्रोसेसर छ। यसको क्यामेरामा भएको डेप्थअफ फिल्ड सेन्सरले खिचिएको फोटो अन्य स्मार्टफोन बाट खिचिएको फोटोको तुलनामा गुणस्तरीय हुने गरेको कम्पनीको दाबी छ । यसको अन्तर्राष्ट्रिय बजार मूल्य ६९९ अमेरिकी डलर रहेको छ।
टेलिटक प्रालिले एचटिसीवान नेपाली बजारमा ल्याउने गरेको छ भने सामसङका मोडलहरु इन्टरनेसनल मार्केटिङ सर्भिसेज प्रालिले भित्र्याउँछ। सोनी ब्रान्डका स्मार्टफोनहरु नेपा हिमा ट्रेड लिंकले ल्याउने गरेको छ। गुगल नेक्सस फाइभलाई मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नेपाली बजारमा ल्याउने भएको छ। एलजीले उत्पादन गरेको गुगल नेक्सस फाइभ अहिले विश्व बजारमा धेरै रुचाइएको मोबाइल सेट हो।

८ मंसिर २०७१, सोमबार २३:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना सामान्य रोग होइन : क्याप्टेन विजय लामा

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह सबैलाई गरेका छन् । कोरोना..

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..

हिमचितुवा शेर्पाको निधन

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ ।..

२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको समापन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन..