राष्ट्रपति ओबामाले आप्रवासीलाई अमेरीकामा बस्ने अनुमती दिने सम्भावना

विनोद रोका, न्युर्योक, एर्टनी एट ल :: अमेरीकी राष्ट्र्पती ओबामाका नजीकमा रहेका श्रोतहरुबाट बाहिर आएको सुचना अनुसार राष्ट्र्पतीेले अमेरीकामा रहेका कागजबिनाका आप्रवासीहरुलाई अस्थायी रुपबाट अमेरीकामा बसोबास गरी काम गर्न पाऊने लगायतका सुबिधा दिने गरी २०१४ सालको नोभेम्वर २१ तारेख शुक्रबारका दिन सम्ममा कार्यकारी आदेश जारी गर्न सक्ने सम्भावना रहेको अनुमान छ।

यसपाली गरिएको अनुमान भने वास्तविकतामा परिणत हुन्छ भनि विश्वास गर्ने आधार रहेका छन। किनकि अमेरीकी सिनेट र कांग्रेसमा प्रतिनिधित्व गर्ने डेमोक्रायाटीक पार्टीका सिनेटर र कांग्रेसम्यानहरुले क्रमश नोभेम्वर १७ र १३ तारेखका दिन राष्ट्र्पतीलाई पत्र लेखेका छन। पत्रमा उनीहरुले यस्तो आदेश भुतपुर्व राष्ट्र्पतीहरुले विगतमा गरेका र यस्तो आदेश जारी गर्न पाऊने अधिकार दुईबर्ष अगाडी संयुक्त राज्य अमेरीकाको सर्बोच्च अदालतले Arizona v. United States, 132 S.Ct. 2492, 2499 (2012)मुद्दामा राष्ट्र्पतीमा रहने भनि बोलीसकेको कुरा स्मरण गराउदै रिपव्लीकनहरुले अद्यागमन विललाई लामो समयसम्म कांग्रेसमा वन्दी बनाई हालसम्म मतदानका लागि पेश नगरेको अवस्थामा राष्ट्र्पतीले अविलम्व कार्यकारी आदेश जारी गरी निश्चित वर्गका कागजबिहिन रुपबाट अमेरीकामा बसोबास गरि रहेका आप्रवासीहरुलाई अस्थायी रुपबाट अमेरीकामा बस्न र काम गर्न पाऊने सुविधा दिईयोस भनि अनुरोध गरेका छन। यसरी अनुमान गरिए अनुसारको आदेश राष्ट्र्पतीले जारी गरेमा अमेरीकामा लाखौका संख्यामा रहेका श्रमजिवी कागजबिहिन आप्रवासीहरुले अस्थायी रुपबाट २ बर्षका लागि बसोबास र काम गर्ने अनुमति पाऊन सक्दछन।

यदि बहुचर्चित सुधारात्मक अद्यागमन विल २०१३ Comprehensive Immigration Reform Bill (CIR) 2013 अमेरीकी कांग्रेसको तल्लोसभामा पारित भएको भए यस्ले राष्ट्र्पतीको स्वीकृतीबाट कानुनी मान्यता प्राप्त गर्ने थियो र आप्रवासीहरुले अमेरीकाको नागरिकता समेत पाऊने गरी अस्थायी बसोबासको अनुमति पाईसक्ने थिए। र देशको अर्थतन्त्र लगायतका अन्य विविध पक्षमा उल्लेखनिय योगदान समेत पुग्ने थियो।

यो विल सिनेटमा प्रतिनिधित्व गर्ने डेमोक्रयाट र रिपव्लीकनका ४।४ जना सिनेटरहरुको समुहले तयार पारेका थिए। यस्मा दुबै पक्षका बिचमा लामो छलफलबाट सहमतिमा पुगेपछि सिनेटबाट जुन २७, २०१३ का दिन ३२ का विरुद्ध ६८ मत प्राप्त गरी पारित भयो। जस्मा १४ जना सिपव्लीकन सिनेटहरहरुको पनि मत प्राप्त भएको थियो। यो विल रिपव्लीकहरुको महुमत रहेको अमेरीकी कांग्रेसबाट पारित भएपछि मात्र कानुनी मान्यता प्राप्तीका लागि राष्ट्र्पती समक्ष पुग्नुपर्ने थियो। तर रिपव्लीकनको बाहुल्यता रहेको कांग्रेसले यो विललाई मतदानका लागि सदनमा पेशै गरेन।
यो विलले कानुनी मान्यता पाएको भए ३१ डिसेम्बर २०११ देखि अमेरीकामा बिनाकागज बसीरहेका तर अपराध गरे वापतमा सजाय नपाएका आप्रावासीहरुले ५०० अमेरीकी डलर जरिवाना र कर तीरी अमेरीकामा बस्न र कामगर्न पाऊने सुविधा अर्थात “Registered Provisional” स्टाटसमा आफुलाई समावेश गर्न सक्ने थिए। यसरी अस्थायी रुपको स्टाटस पाऊने आप्रवासीहरुले १० बर्षपछि तोकिएका कानुनी शर्तहरु पालना गरेमा अमेरीकी ग्रिनकार्डका लागि निवेदन दिन सक्ने र त्यस्को ३ बर्ष पछि अमेरीकी नागरिक हुनका लागि निवेदन दिन पाऊने हैसियत प्राप्त गर्दथे। तर ड्रिमरहरुका लागि भने ५ बर्षको अवधिमात्र राखिएको थियो।

राष्ट्र्पती ओबामाले यो बिल पारित गरीयोस भनि कांग्रेसलाई धेरै पटक अनुरोध गरे। तर ओबामाको कार्यकालभरी यो बिललाई मतदानमै नल्याई तुहाऊने मनसायले विविध कारणहरु देखाई रिपव्लीकनको बहुमत रहेको कांग्रेसले थन्क्याएर राख्यो। राष्ट्र्पतीले चाहे अनुसार अद्यागमन सुधार विल कांग्रेसबाट पारित नभएपछि ओबामा प्रशासनले २०१२ मा पनि भै रहेको कानुनले दिएको अधिकार प्रयोग गरेर अमेरीकामा आएका तर आफनो कानुनी हैसीयत नभएका विदेशीहरुका सन्तानहरु जो जुन १५, १९८१ पछाडी जन्मीएका, अमेरीकामा आऊदा १६ बर्ष ननाघेका, र अमेरीकामा जुन १५, २००७ देखि जुन १५, २०१२ का दिन सम्म लगातार रुपबाट बसोबास गरिरहेका, जुन १५, २०१२ भन्दा अगाडी बिना ईजाजत अमेरीका आएका वा त्यो भन्दा अगाडी आफनो स्टाटस बिग्रीसकेका र हाल अमेरीकामा रहेका स्कुलमा पढी रहेका, हाईस्कुल डिप्लोमा गरेका, जिईडी को प्रमाणपत्र पाएका वा अमेरीकी कोष्टगार्ड वा सैनीक सेवाबाट विनाकसुर सेवानिर्वित भएको हुनु पर्ने जस्ता व्यवस्था गरिएको थियो।
यो सुविधा पाऊने वर्गका मानीसहरु, जस्लाई ड्र्मिर पनि भनिन्छ, लाई मानवियताको आधारमा २ बर्षका लागि डिफरल एक्सनको सुविधा र कामगर्ने अनुमति पत्र दिने निती बनायो। तर यो व्यवस्थाले पनि सबै ड्र्मिरहरुलाई समावेश गर्न सकेन यस्मा भएका कतिपय अव्यवहारिक शर्तहरुले गर्दा। जस्तो कि शैक्षिक योग्यता, उमेरको हद, र नियमित रुपबाट अमेरीकामा बसोबास गरिरहेका आधिकारीक दस्ताबेजहरुको आवस्यकता।
राष्ट्र्पतीबाट यस्तो आदेश यो भन्दा अगाडी नै आऊने प्रवल सम्भावना थियो। तर नोभेम्वरमा भएको मध्यावधि चुनावमा कांग्रेस, सिनेट, र राज्यका गर्भनरपदमा उठने डेमोक्रायाटीक पार्टीका उम्मेदवारहरुले चुनाव हार्न सक्छन कि भन्ने डरले स्थगित गरिएको थियो। तर ढिलाई गरेको कारणले गर्दा डेमोक्रायाटसहरुले हार भयो र अमेरीकी सिनेट र कांग्रेस दुबैमा रिपव्लीकनहरुले बहुमत ल्याए। ओबामाले आप्रवासीहरुलाई धेरै अगाडी देखि दिन्छु भनेको सुविधा नदिएको हुदा उन्लाई जिताऊने मतदाताहरुले समेत मतदानमा सहभागीता जनाएनन। यदि अहिले पनि आप्रवासीहरुको सुविधाका लागि यस्तो आदेश नआएमा आऊदो राष्ट्र्पतीको चुनावमा पनि रिपव्लीकनको उम्मेदवारले जित्ने सम्भावना छ। तसर्थ यस्तो अवस्थामा राष्ट्र्पतीले मौजुदा कानुनले दिएको कार्यकारी अधिकार प्रयोग गरी आदेश जारी गरेमा आगामी चुनावमा आफनो पार्टीका उम्मेदवारले चुनाव जित्ने सम्भावना रहने हुन्छ। किनकि यो सुविधा रिपव्लीकन राष्ट्र्पती भएका खारिज गर्छ भन्ने भय रहन्छ। राष्ट्र्पतीले जारी गर्ने भनिएको कार्यकारी आदेशबाट निम्नानुसारका कागजबिहिन व्यक्तिहरुले अस्थायी रुपबाट २ बर्षका लागि बसोबास र काम गर्ने अनुमति पाऊन सक्ने सम्भावना रहन सक्दछ।

१. हाल डाकामा भै रहेको व्यवस्था मध्ये शैक्षिक योग्यता र ३० बर्षभन्दा कम उमेर हुनुपर्ने शर्तलाई हटाईएको अबस्थामा अरु ६ लाख ३०००० हजार भन्दा बढी अप्रवासीहरुले यो सुविधा पाऊन सक्नेछन। हाल भै रहेको व्यवस्था अनुसार यस्तो सृविधा पाऊन सक्ने आप्रवासीहरुको संख्या अंदाजी १२ लाख भएपनि ७ लाख आप्रवासीहरुले मात्र सुविधाको् लागि अद्यागमन विभाग समक्ष निवेदन दिएकामा ६ लाखले यो सुविधा पाएका छन। अरु योग्यता पुग्ने आप्रवासीहरुले अमेरीकामा प्रवेश गरेका,प्रवेश गरेपछि लगातार अमेरीकामा नै बसोबास गरिरहेको भन्ने जस्ता प्रमाणहरु जुटाऊन नसक्दा कतिको निवेदन खारिज भयो भने कतिले निवेदन दिन सकेको छैनन।

२. डाका अन्र्तगत सुविधा पाएका व्यक्तिहरुका आमाबाबुहरु।

३. अमेरीकी नागरिक र अमेरीकाको ग्रिनकार्ड भएका व्यक्तिका अमेरीकामा ५ बर्षदेखि बसवोबास गरिरहेका आमाबाबुले पनि यो सुविधा पाऊने सक्नेछन। यस्ता आप्रवासीहरुको संंख्या ३.३ मिलियन अर्थात ३३ लाखको संख्यामा रहेको अनुमान माईग्रेशन पोलिसी ईन्स्टीच्युटले गरेको छ।
http://www.migrationpolicy.org/research/executive-action-unauthorized-immigrants-estimates-populations-could-receive-relief .

४. यस्मा १० बर्ष भन्दा बढी समयदेखि निरन्तर रुपबाट अमेरीकामा बसोबास गरीरहेका आप्रवासीहरु लाई पनि समावेश गर्नसक्ने अनुमान गरिन्छ। यस्ता आप्रवासीहरुलाई पनि यो सुबिधा दिईएको खण्डमा अरु २५ लाख आप्रवासीहरुले यो सुविधा पाऊन सक्नेछन। माईग्रेशन पोलिसी ईन्स्टीच्युटका अनुसार अमेरीकामा २०१२ सम्ममा १५ वर्ष भन्दा बढी समयदेखि कागजबिना बसीरहेका आप्रवासीहरुको संख्या ३० लाख, १० बर्षदेखि बसेका ५७ लाख, ५ बर्षदेखि बसेकाको संख्या ८५ लाख रहेको अनुमान गरिन्छ। आप्रबासीहरुले भने डिसेम्बर २०११ भन्दा अगाडी देखि अमेरीकामा कागजबिना बसोबास गरी रहेको आप्रवासीहरुलाई यो सुविधा दिइनु पर्दछ भन्ने माग गरिरहेका छन।

राष्ट्र्पतीले मौजुदा कानुनले दिएको अधिकार प्रयोग गरी अमेरीकामा कागजबिना बसोबास गरीरहेको आप्रवासीहरुलार्ई यो सुविधा दिइएमा रिपव्लीकनहरुले यो बर्षको अन्त्यमा सरकार चलाऊनका लागि पेश गरिने बजेट पास नगर्ने अडान लिईरहेका छन। यसरी बजेट पारित नभएमा राष्ट्र्पतीले ल्याएको कार्यक्रम अर्थको अभावले कार्यान्वयन हुन नसक्ने अवस्था आऊन सक्दछ। त्यसै गरी अमेरीकी कांग्रेसका रिपव्लीकन सभामुख जोन बोइनरले राष्ट्र्पतीका बिरुद्धमा संघिय अदालत समक्ष रिट निवेदन दायर गर्ने चुनौती दिईरहेका छन। तर राष्ट्र्पतीलाई मौजुदा कानुनले यो अधिकार प्रदान गरेको छ भन्ने राय महान्यायाधिवक्ता, कानुनविज्ञ, र प्राध्यापकहरुको समेत रहेको अवस्थामा राष्ट्र्पती यस्तो आदेश जारी गर्दा कानुनको प्रतिकुल नहुने अडान लिएका छन। केही डेमोक्रायाटसहरुले राट्र्पतिलाई पहिला बजेट पारित गरेर मात्र यो आदेश ल्याऊन उचित हुने सुझाव पनि दिने गर्दछन भने अधिकांशले बजेट पारित हुने अवस्थामासम्म पर्खिएर विलम्व गर्नु हुदैन भन्ने गर्दछन। किनकि रिपव्लीकनहरुले यस बिषयमा कुनै पनि हालतमा सहयोग गर्दैनन र यहि ढीला गरिएको कारणले गर्दानै मद्यावधि चुनावमा डेमोक््रयाटसहरुले पराजित हुनु परेको हो भन्ने धारणा राख्ने गर्दछन ।

त्यसैले राष्ट्र्पतीले यो बर्षभित्र अर्थात २०१४ भित्रनै अमेरीकामा बसोबास गरिरहेको कागजबिहिन आप्रवासीहरुलाई डाका अन्र्तगत दिएझै अस्थायी रुपबाट अमेरीकामा काम गर्न र बसोबास गर्न पाऊने सुविधा दिने सम्भावना भने बढेको छ । यद्यपि आधिकारीक रुपबाट राष्ट्र्पतीको आदेश नआऊन्जेलसम्म कस्ता कस्ता कागजबिहिन आप्रवासीहरुले यो सुबिधा पाऊछन र यो सुविधा पाऊनका लागि के कस्ता प्रमाणहरु जुटाएर कहिलेदेखि र कसरी निवेदन दिन पाईने हो अहिले यकिन साथ भन्न सकिदैन। तर कागजबिना अमेरीकामा बसोबास गरी रहेका आप्रवासीहरुले अहिलेदेखि नै आफु अमेरीकामा आएको आधिकारीक प्रमाण, आएपछि अमेरीकामा निरन्तररुपबाट बसोबास गरिरहेको प्रमाण, अपराधिक गतिविधिमा सलग्न नहुने र भएको भए त्यस्को प्रमाण आदि जुटाऊन थाल्नु उचित हुन्छ। त्यसैगरी यस्तो योजना आऊनु भन्दा अगाबै एजेण्टहरुले पैसा लिई कागज बनाई दिन्छु भनी आप्रवासीहरुलाई ठग्न सक्ने सम्भावना रहने हुन्छ। तसर्थ आधिकारीक रुपबाट अमेरीकी अद्यागमन बिभागबाट www.uscis.gov मा सुचना निस्कीएपछि अद्यागमन कानुनको क्षेत्रमा रहि काम गरिरहका ईजाजत प्राप्त अनुभवी वकिलको सल्लाह लिएर मात्र कागजी काम अगाडी बढाऊन उचित हुन्छ।

:: बिनोद रोका, न्यूर्याेक राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोश्रो न्याय विभागमा एर्टनी एट ल को रुपमा मान्यता प्राप्त वकिल र अमेरीकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूर्योक ईमिग्रेशन बार एशोसियसनका सदस्य हुनुहुन्छ। हाम्रो कानुनी सेवा प्रति यहाको ध्यानाकर्षण रहोस भन्ने ध्येय यहा राखिएको छ। तपाइहरुलाई अगाडीको जस्तैैै सफलता दिलाऊने हाम्रो प्रयास रहनेछ यद्यपि सफलताको ग्यारेण्टी भने हाम्रो हातमा छैन। यहालाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ। तसर्थ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्म हामीमा पक्ष र वकिलको सम्वन्ध कायम रहने छैन। कानुनले दिएको सुविधा प्राप्तीका लागिे निवेदन गर्नुपर्दा ईजाजत प्राप्त सम्वन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ।

तपाईको अमेरीकी अद्यागमन र न्यूर्योक राज्यको कानुन सम्वन्धि कुनै समस्या भए टेलिफोन मार्फत निशुल्क कानुनी सल्लाहको लागि रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा info@binodlaw.com/ www.binodlaw. मा सम्पर्क राख्न सक्नुहुने छ।

४ मंसिर २०७१, बिहीबार ०८:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

तुम्बाहाम्फेले सम्हालिन कानुनमन्त्रीको कार्यभार

काठमाडौँ, ५ फाल्गुण । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले कार्यभार सम्हालेकी छिन् ।..

भ्रमण वर्ष सफल बनाउन रामेछाप महोत्सवः संयोजक रोका

रामेछाप, ५ फाल्गुण । रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा आयोजना हुने ‘दोस्रो रामेछाप महोत्सव’को तयारी करिब सकिएको..

महरा विरुद्दको मुद्दामा फैसला भएन

काठमाडौँ, ४ फाल्गुण । निवर्तमान सभामुख कृष्ण बहादुर महराविरुद्दको बलात्कार प्रयासको मुद्दामा आइतबार पनि फैसला..

व्यक्तिले हडपेको सरकारी जग्गामा मन्त्री अर्यालले गाडीन् साइन बोर्ड

काठमाडौँ, ४ फाल्गुण । व्यक्तिले हडपेको १७ रोपनी जग्गा सरकारले फीर्ता ल्याएको छ । काठमाडौं महानगरपालिका ३१ स्थित..

चीनबाट फर्काइएका नेपालीलाई खरिपाटी लगियो

काठमाडौँ, ४ फाल्गुण । कोरोना भाइरसको उद्गमथलो चीनको वुहान शहरबाट १७५ जना नेपालीको उद्वार गरिएको छ । उनीहरु..