बलिहाड्० तड्०नाम र मानस्पटलको अतित -मनु कन्दंगवा

त्यो रात!
निश्पट कालो रात!!
आकाश रोए जस्तो
कता कता ब्रह्मान्ड नै
सिकिस्त देखिन्थ्यो ।
घाँईघुँई के के सुनेथेँ मैले
अघि बाट नै
तर पनि म चुपचाप थिएँ।
चुप लाग्नु केवल
बाध्यता थियो।
मनमा
आँधि चलिरहेथ्यो
मनको पहिरो लाई
रुख रोप्न सकिरहेको थिईन।
एक्कासी !
सुस्त चाल अनि
साउति बोलि बोल्दै दुई मान्छे
भित्रिए ,
सरासर दाजुको कोठामा।
पिठ्यूँमा
लामो बन्दुक पुरै कालो ड्रेस !
एउटा ले भन्यो
कमरेड!
लागौँ अब, हामीले पुग्नुछ, धेरै टाढा
चेलि हामी लाग्छौँ
हामी
हामी र हाम्रो
मुक्तिको खातिर!
देश र जनताको लागि लडेर जीत्नेछौँ।
देश र जनताको निम्ति
अब रक्त क्रान्तिको
ज्वाला दन्काउन पछि पर्ने छैनौँ।
दाजुले भन्यो
बैनि म जान्छु
तँ राम्रो सँग भाई बैनि समाल है !
बाबा आमा नआईन्जेल
तेरो कलेज पनि ध्यान दे !
अन्याय अत्यचार
सामन्त दलाल र पुँजीवादको
अन्त्य गरी
बिजय हातमा लिएर
म एक दिन फर्कनेछु ।
भन्दै अन्तिम हातहरु मिलाउँदै
बाहिरिए।
म भने ,
आतिएँ!
चारै तिर विल्कुल अन्धमुष्टी थियो।
कुकुरहरु भुकेको आवाज
मात्र सुनिन्थ्यो ।
डर ,पिडा जीम्मेवारी
यि सबै चिजहरुले
एका एक
मेरो दुई हिम नदिहरु
पग्लेर झर्न थाले
मनको पहिरो रोकिएन ।
मैले पनि बि केयर फुल दाजु
भन्दै मध्ये रातमा नुनिलो घुट्कि पिउँदै
बिदाईको हात हल्लाएँ!
तर,तर
कहिल्यै फर्किएन
खोई कहाँ छ ? उस्को बिजय!
खोई कहाँ ?
खबर आयो
दुश्मनको गोलि लाग्यो रे !
शहिद हुनु भो रे !
खै के को शहिद ?
कहाँ छ शहिद ?
कहाँ छ ईतिहाँस ?
जे होस
म खोज्दिन
अहिले यी सबै सबै कुरा !
तर कुनै दिन खोज्ने छु ईतिहाँस!
पल्टाउनेछु पन्नाहरु !!
एक एक गरी !
आज चौधौं बर्ष पछिको तिहार
हरेक बर्षको खल्लो तिहार
बिगत
हामी सँगै गाएर नाँचेको तिहार
कहाँ छन् ति तिहार हरु
कहाँ गए लारिंगे नाम्लिंगे ?
कहाँ गए ति सबै सबै पलहरु ?
हरेक बर्ष
खोज्छन मेरा यि आँखाहरुले
अतितको हाम्रो तिहार
रातै भरि देउसि गीत गाएको तिहार
रातै भरि नाँचेको तिहार!
हो दाजु,
मेरो अजिर मन
मान्दैन तिमी यस संसारमा छैनौ भनेर !
किन कि मैले देखिन
तिम्रा मृत शरिर!
मलाई
विस्वासले जितेको छैन।
तर
डेड दशक भई सक्यो
तिमीले
बलिहाड्० तड्०नामको
गीत नगाएको
च्याब्रुड्० ननाँचेको
मादल नबजाएको
बाँसुरीको धुन नबजाएको
गितार नबजाएको
हार्मोनियम नबजाएको
तिम्रा सबै सबै चिजहरु धुलिया लागी सकेछ।
हो साच्चिकै रहेनछौ यस संसारमा
मैले पनि नाँचेको छुईन आजकल
तिहारमा
गाउँदिन पनि म,
आजकल तिहारमा
यहाँ
सुन्य छन््
सुमधुर दिपावलिका साँझहरु!
सुन्यछन्
संगीतमय औँसिका रातहरु!!
कता कता त्येसै विरानो लाग्छ
यि बलिहाड्० तड्०नाम
लारिंगे नामलिंगे सबै सबै !!
आज पनि
सबै तिर देउसि भैलोको
हुलका हुल छन्
यिनै हुलहरुले निम्त्याएको
मेरो एउटा अतित !
——————————-
समर्पण स्व. दाजु महेन्द्र कन्दड०वा प्रति !

८ कार्तिक २०७१, शनिबार १२:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..