अमेरिकी सरकारविरुद्ध ट्विटरको मुद्दा

एजेन्सी । ट्विटरले अमेरिकी सरकारविरुद्ध निगरानी कानुनलाई लिएर मुद्दा दर्ता गरेको छ । ट्विटरले मंगलबार क्यालिफोर्नियाको एक अदालतमा अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेसन (एफबिआई) र न्याय विभागविरुद्ध मुद्दा दर्ता गरेको हो ।

अमेरिकी सरकारले सरकारी निगरानीसँग सम्बन्धित प्रतिवेदन ट्विटर प्रयोगकर्तामा अनलाइन साझा गर्न नदिएपछि मुद्दा दर्ता गरेको बुझिएको छ । अहिलेको विद्यमान कानुनअनुसार सरकारी राष्ट्रिय सुरक्षासम्बन्धी निश्चित जानकारी प्रयोगकर्ताले मागे ट्विटरले दिन सक्दैन । अमेरिकी संविधानको पहिलो संशोधनअनुसार वाकस्वतन्त्रताको अधिकार उल्लंघन भएको दाबी ट्विटरको छ ।

अमेरिकी न्याय विभागले उजुरीको समीक्षा भइरहेको जनाएको छ । ट्विटरले पेस गरेको १९ पेजको उजुरीपत्रमा अमेरिकी सरकारले ट्विटर खातामा निगरानी सीमित गर्न सक्ने गरेर तथ्यांकहरु प्रस्तुत गर्न खोजेको उल्लेख गरेको छ । ट्विटरले एक पारदर्शिता प्रतिवेदन तयार गरेर गत अप्रिलमा एफबिआईलाई बुझाएको थियो । तर, अमेरिकी अधिकारीहरुले पूर्ण प्रतिवेदन सावर्जनिक गर्न अस्वीकार गरेको बिबिसीले जनाएको छ ।

२७ आश्विन २०७१, सोमबार ०३:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..