अनुकरण गर्ने कि अनुशरण?- धु्रवहरि अधिकारी

लोकतन्त्रको अभ्यास:  संवैधानिक कानुनका ज्ञाता एवं अध्येताहरू बेला–बखत अलिखित संविधानको उल्लेख गर्ने गर्दछन् र त्यसको जल्दोबल्दो उदाहरणको रूपमा बेलायतलाई देखाउछन्। मूल कानून मानिने संविधान नै अलिखित रह्यो भने बेथिति जन्मिन्छ भन्नेहरूलाई बेलायतको अनुशासन, संयम र अभ्यासले चित्तबुझ्दो खण्डन प्रस्तुत गर्दछ। भन्नु पर्दैन, उपनिवेश रहेका प्रदेश घटेपछि सानो आकारमा परिणत भए तापनि बेलायत आज पनि सभ्य, समृद्ध र प्रभावशाली देशको रूपमा चिनिन्छ। र, त्यहाा राजतन्त्र रहेर पनि लोकतन्त्र क्रियाशील छ। जापान, थाइल्याण्ड, स्पेन, डेनमार्कजस्ता मुलुकको परिपाटीलाई यसै परिप्रेक्ष्यमा हेर्न सकिन्छ।
विश्वको अर्को सुपरिचित लोकतन्त्र हो संयुक्त राज्य अमेरिका। त्यहााको संविधान लिखित तर संक्षिप्त छ। र, सन् १७८७ मा जारी भएको संविधानले नै आजसम्म अमेरिकी शासन–व्यवस्थालाई दिशा–निर्देश गरिरहेको छ। हो, यस अवधिमा आवश्यकताअनुसार संशोधनहरू भए। जस्तो स्न १९२० मा भएको संशोधनपछि महिलाहरूले मत दिने अधिकार पाएका हुन्। पहिलो संशोधनले वाक् तथा प्रकाशन स्वतन्त्रताको प्रत्याभूति गरेको हुनाले अमेरिकी प्रेसजगत्ले त्यसको चर्चा बरोबर गरिरहन्छ। जे होस्, शुरुको संविधानका सातैवटा धारा आज पनि ज्यौंका त्यौं छन्।
छिमेकको भारतलाई संसारको सबैभन्दा ठूलो (जनसंख्याको आधारमा) लोकतन्त्र भन्ने गरिन्छ। सन् १९४७ मा बेलायतको उपनिवेश हुने बाध्यताबाट मुक्ति पाएपछि बनाइएको संविधानले सन् १९५० को जनवरीमा भारतलाई गणतन्त्र घोषित गरेको हो। त्यहा पनि सन् ५० यताको ६० वर्ष जतिको कालखण्डमा संशोधनबाट परिवर्तनहरू भएका छन्। तर मूल संविधानलाई सम्मानित स्थानमा राखिएको छ। असल कुरा जहााबाट पनि सिक्न सकिन्छ।
नेपाल भने अन्यत्रका अनुभवबाट पाठ सिक्ने कुरामा सदैव पछिपरेको छ। नस्यन्ते बहुनायका भन्ने आहान चरितार्थ गर्दै यहाका शासक, प्रशासकले नेपाललाई आजको दुर्गतिमा पुर्यानएका छन्। र, नेपाल संविधानका नया–नया संस्मरणअन्तर्गत प्रयोगमा परेको प्रयोशाला हुन पुगेको छ। २००५ सालदेखि २०६५ सालसम्म आइपुग्दा छ वटा संविधान जारी गरिए। २०६३ साल माघमा जारी भएको अन्तरिम संविधान यस क्रमको नवीनतम् कडी हो। ‘अन्तरिम’ को ठाउमा नया संविधान ल्याएर अर्को प्रयोग गर्न खोज्दाको रडाको जगजाहेर छ।
प्रयोगशाला बनाउन खोज्नेहरूले कुन उद्देश्यका साथ त्यसो गराएका हुन् त्यो ठम्याउन नसक्ने हुतिहाराहरूको जमातले मुलुकलाई अस्थिर राजनीतिक धरातलमा उभ्याइदिएका छन्। र, त्यसै क्रममा सिङ्गो देशलाई दर्जनको संख्यामा ‘मिनी नेपाल’ मा परिणत गर्ने होडबाजी चलेको छ। जातीय आधारमा स–साना राज्य खडा गराइदिने वचन पूरा गर्ने क्रममा यसको अगुवाइ माओवादी पार्टीले गर्योब। अनि व्यक्तिगत महत्वाकांक्षाले त्यस पार्टीका शीर्षस्थ नेतालाई मुलुककै अस्तित्व संकटमा परे पनि मतलब भएन। काचो खरमा आगो लगाउन सजिलो भयो, तर ज्वाला दन्किादा निभाउने साधन र उपाय कतै देखिदैन। परिणाम त्यस्तो हुनु अपरिहार्य छ, जुन हामीले देख्दैछौं। घर सल्काएपछि खरानीको के दुःख भनेझैं भैरहेको छ।

१६ जेष्ठ २०६९, मंगलवार १८:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक..