भट्टराईको ‘साया’ र एन्फा कपको जीत :: शरदराज गौतम

सुविन भट्टराईको ‘साया’ प्रकाशन
र, झापा–११ को एन्फा कपको जीत
समकालीन समाजमा टड्कारो देखिएका छाल हुन्।
आँखा चिम्लिनेलाई यी दुबै थरीले
छालले पतिङ्गंर सोहोरे झैं सोहोर्ने छन्।
त्यो पक्का छ।
साया पुस्तक निस्किँदा एउटा ठूलो जमातमा देखिएको उत्तेजना
र, झापा– ११को एन्फा कपको जीतमा देखिएको सीप
नेपालको समकालीन कालखण्डको
पत्याउनै नसक्ने शक्ति भनेर चिन्दा हुन्छ।
दुबैले, राजनीतिक पसल थापेकाहरूलाई
दुईवटा औंलाको बीचमा चोर औंला घुसारेर देखाएका छन्।
यतिखेर संविधानसभा मात्रै होइन, त्यहीँ गर्ने भनिएको राजनैतिक सम्मेलन
कुहिएको फर्सी बेच्ने कसाईको पसल भएका छन्।
उपत्यकामा परम्परागत मासु काटेर बेच्ने समुदायका कसाईहरू
जतिखेर जनावर छिनाल्ने शक्ति गुमाउँछन्
वा तिनलाई मासु बेच्ने शक्ति हुँदैन।
त्यतिखेर ती तरकारी बेच्ने पसल खोल्छन्।
किनकि तिनका लागि बेच्ने कुरामा अरु विकल्प बाँकी रहँदैनन्।
कसाईले खोल्ने तरकारी पसलको एउटा रैथाने बानी हुन्छ।
ती मासु पसलामा मासु बेच्दाको झैं दादागिरी देखाउँछन्।
‘लिने भए ले, न लिने भए जा’।
तिनताका मासु बेच्ने थोरै मात्रै पसल हुन्थे।
बिदाको दिन मासु खानैपर्ने मध्यमवर्गीय बाध्यता
मानिसहरू मन मारेर भएपनि कसाईको घुर्की सहन्थे।
तर कसाईको तरकारी पसलमा एउटा सार्वभौम नियम बिर्सिइन्थ्यो।
तरकारी पसलका आधारभूत बजार नियम कसाई भुल्छन्।
मासु बेच्ने शैलीमा ती फर्सी बेच्न खोज्छन्।
ती नकुहुञ्जेल फर्सीको भाउ घटाउँदैनन्
बरु रक्सी बनाउने सामग्रीमा फर्सी फाल्छन्।
ताजा तरकारीको बजार नियम छ।
भोलिपल्ट त्यसको घट्दो मूल्यमा कारोबार चल्छ।
यतिखेर नेपालको राजनीति
विशेषगरी संविधानसभा र राजनैतिक सम्मेलन
कसाईले थापेको तरकारी पसल जस्तो देखिएको छ।
राजनीतिका रैथाने मासु बेच्नेहरू
संविधानसभा र राजनैतिक सम्मेलनको कुहिएको फर्सीलाई
म्ाासुको भाउमा बेच्ने ध्याउन्नमा छन्।
समकालीन समाजमा ठूलो छाल भएर आउन खेाजिरहेको जमात
न राजनैतिक सम्मेलन चिन्छ, न त संविधानसभा नै।
ती ‘साया’ को प्रकाशनलाई छिमेकको बिहे ठान्छन्।
र, रमाउँछन्।
अर्काथरि नपत्याउनेगरी
दूरदराजबाट भेला भएका ठिमहा खेलाडीहरू छन्।
ती राजधानीका रैथाने क्लवहरूलाई नाकमा मोसो लाउँछन्
र, पृथ्वीनारायण शाहको शैलीमा
उपत्यकामाथि हमला बोल्छन्।
रैथानेहरूको पाखामुनिको दशरथ रंगशालामा
झापा–११ का खेलाडीले तिनलाई सोडा पानी ख्वाउँछन्।
समकालीन समाजमा हर्ररर चलेर आएको बास्ना
श्रीखण्ड जमात हुन्।
न चिन्नेलाई खुर्पाको बिँड।

१० आश्विन २०७१, शुक्रबार ०६:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार उपत्यकाका ३ जिल्ला..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..