बीपी विचार यात्रा कि व्यापार यात्रा :: विन्दुकान्त घिमिरे

Binduवरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलको अगुवाइमा भदौ १ गते विराटनगरबाट शुभारम्भ भएको नेपाली कांग्रेसको बीपी विचार यात्रा यही २४ गते सुन्दरीजल संग्रहालयमा पुगेर नेताहरूले सुन्दर शब्दमा समापन गर्नेछन्। शुभारम्भका लागि विराटनगर पुग्न नसके पनि समापनका लागि सुन्दरीजल पुग्न भने प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्यले साथ दिने सम्भावना छ। त्यसपछि केही दिन सञ्चारमाध्यमलाई कोइराला सार्वजनिक कार्यक्रममा उपस्थितिलाई उपलब्धिका रूपमा समाचार आउनेछ। खराब स्वास्थ्यका बाबजुद पनि प्रधानमन्त्री कोइराला आफैं उपस्थिति भएर बीपी विचार यात्राको समापन गरिदिएको भन्दै कांग्रेसका एकथरी कार्यकर्ताहरू अखबारमा लेख लेख्न प्रतिस्पर्धामा लाग्ने छन्।
प्रधानमन्त्री कोइरालाले के बोले, मुलुकको हितका लागि के के कामहरू गर्दैछन्, बीपीको विचारलाई कसरी आत्मसात गरेका छन् भन्ने भन्दा पनि प्रधानमन्त्री कोइराला खाटबाट आफैं उठेर हिँडेरै शौचालय गएको, सहयोगीविना नै खाना खाएको, क्याबिनेटको बैठकमा आफैं पाँच मिनेटभन्दा बढी सहभागी भइदिएको, केन्द्रीय सदस्यहरूसँग भेटघाट गरेको विषयलाई ठूलै उपलब्धिका रूपमा प्रस्तुत गर्नुपर्ने अवस्थामा कांग्रेसका कार्यकताहरू त छँदैछन्, मुलुकका कतिपय सञ्चारमाध्यमहरूसमेत यस्तै अवस्थाबाट गुजि्ररहेका छन्। सत्ता प्रमुखले के के निर्णय गर्योर, उसका कार्ययोजना के छन्, कस्ता कस्ता मान्छेसँग भेटघाट गर्छ भन्ने कुरा लोकतन्त्र भएको मुलुकमा समाचारका रूपमा बाहिर आउँछन्। तर तानाशाही शासन व्यवस्था भएको मुलुकमा सत्ता प्रमुखले कस्तो खाना खान्छ, कस्तो लगाउँछ, कतिबेला उठ्छ, तातोपानीले नुहाउँछ कि चिसै पानीले नुहाउँछ जस्ता विषय प्रायोजित समाचार बनेर बाहिर आउँछन्। अहिले हाम्रा प्रधानमन्त्री तानाशाह होइनन्। लोकतन्त्रप्रति बेइमानी पनि छैनन्।
पार्टीभित्रको आन्तरिक मामिलालाई अपवाद मान्ने हो भने प्रधानमन्त्री कोइरालाको चरित्र लोकतन्त्रवादी नै हो। तर सत्ता सम्हालेको पौने एक वर्ष बित्न लाग्दासमेत मुलुकका सञ्चारमाध्यमहरूले प्रधानमन्त्री कोइरालाले मुलुकको हितका लागि यति यति काम गरे भनेर सम्पे्रषण गर्ने सामग्री पाएका छैनन्। जसका कारण प्रधानमन्त्रीको शरीर र स्वास्थ्य तथा कहिलेकाहिँ पीएहरूको झगडाबाहेक बालुवाटारबाट अरु समाचार आउने अवस्था छैन। नेपाली सञ्चारमाध्यमका लागि राजनीतिक समाचारको मूल स्रोत भनेको सिंहदरबार र बालुवाटार तथा प्रमुख पार्टीका केन्द्रीय कार्यालय र शीर्ष नेताका निवास हुन्। तर सिंहदरबारको नेतृत्व गर्दै बालुवाटारमा आसीन विरामी व्यक्तिका शरीरका विभिन्न अंगहरूको कन्डिसन के छ भन्ने कुराबाहेक अन्य समाचार आउने गतिविधि केही पनि हुनसकेको छैन। सभापति र प्रधानमन्त्री एउटै भएका कारण नेपाली कांग्रेसका अन्य शीर्ष नेताहरूका निवास पनि यतिबेला समाचार स्रोत बन्ने अवस्था छैन। नेपाली कांग्रेसका सभापति आफ्नो पार्टीको केन्द्रीय कार्यालय नगएको नौ महिना बितिसकेको छ। विगत नौ महिनादेखि उनले केन्द्रीय समितिको बैठकसमेत बोलाएका छैनन्।
विधानतः जिल्ला कार्यसमितिको कार्यकाल सकिएको एक महिना बितिसकेको छ। केन्द्रीय समितिको म्याद पनि अब दुई साता मात्रै बाँकी छ। पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री कोइरालाले जिल्ला कार्यसमिति तथा केन्द्रीय समितिको म्याद एक वर्ष थप्न निकट भविष्यमै केन्द्रीय समितिको बैठक बोलाउन लागेको समाचार अमेरिका छँदैदेखि आउन लागेको हो। ‘छिट्टै केन्द्रीय समितिको बैठक बस्ने’ भन्नेबाहेक नेपाली कांग्रेसको विषयमा अन्य समाचार नै नभएको अवस्थामा वरिष्ठ नेता देउवा र उपसभापति पौडेलको अगुवाइमा आरम्भ भएको बीपी विचार यात्राले मरुभूमिमा कुवाको काम गर्ने अपेक्षा गरिएको थियो। तर एक दिन सहभागी भएर नेताहरू फर्केपछि बीपी विचार यात्राको अहिले अत्तोपत्तो छैन।
२४ दिन लामो पदयात्राका लागि मौसम अनुकूल छ कि छैनसमेत विचार नगरिएकाले उल्लेख्य जनसहभागिता हुन सकेन। कुन मौसममा पदयात्रा सुरु गर्दा प्रभावकारी हुन्छ भन्ने हेक्का नै नराख्नेहरूले बीपीको विचारलाई कसरी व्याख्या गरेका होलान् तथा कसरी बीपी विचारलाई कार्यान्वयन गर्लान् भन्ने प्रश्न उठेको छ। बीपीको विचारलाई नयाँ पुस्तासम्म पुर्यापउने सोच सराहनीय हो, तर व्यक्तिको जीवनसँग उनको विचार जोडिनुपर्छ। यतिबेला बाढी, पहिरो र दुःखसँग विचार यात्रा जोडिएको भए यसले अर्कै उचाइ पाउँथ्यो।
२०४७ सालयता छिटफुट समयबाहेक नेपाली कांग्रेस सत्तामै छ। राज्य सञ्चालन गर्ने अवसर पाइरहेको पार्टीका लागि बीपी विचारको प्रवाह गराउने मुख्य माध्यम भनेको सत्ता हो। आफैंले कानुन बनाएर आफैंले कार्यान्वयन गर्नसक्ने हैसियत जनताले नेपाली कांग्रेसलाई दिएकै हुन्। २०४८ सालयता राजा ज्ञानेन्द्रको दुई वर्षे अवधिबाहेक बीपीको विचार कार्यान्वयन गर्न नेपाली कांग्रेसलाई कहीँकतैबाट छेकथुन छैन। नेपाली कांग्रेसका नेताहरूले भन्ने गरेको बीपी विचार भनेको उत्पादन वृद्धि र सामाजिक न्याय हो। सक्नेलाई उत्पादनका लागि प्रोत्साहन गर्ने र उनीहरूबाट संकलित स्रोतले नसक्नेका लागि राज्यद्वारा संरक्षण गर्नु नै बीपी विचार हो।
यसका लागि लोकतान्त्रिक पद्धतिबाहेक अरु पद्धतिको प्रयोग नहोस् भन्ने नै बीपी विचार हो। पछिल्ला दिनमा मुलुकका सबैजसो कम्युनिस्ट पार्टीसमेत यो विचारको नजिक आएका छन् र एमालेले भन्ने गरेको जनताको बहुदलीय जनवाद र एमाओवादीले भन्ने गरेको लोकतान्त्रिक गणतन्त्र बीपीको विचारको अवरोधक छैन। राजनीतिक शासन पद्धतिको रूपमा बीपीका विचारलाई अन्य पार्टीहरूले पनि अंगालिसकेका छन्, तर आर्थिक रूपमा भने नेपाली कांग्रेसभन्दा अन्य पार्टी पो बीपी विचारका नजिक हुन् कि भन्ने देखिएको छ। मुलुकमा नौ महिना अल्पमतको सरकार चलाएको एमालेले अहिलेसम्म त्यसको ब्याज खाइरहेको छ। तर नेपाली कांग्रेसलाई भने हामी बीपीवादी हौं भनेर चिनाउन पदयात्राको आवश्यकता देखिएको छ। कस्तुरीले आफ्नो नाभीमा भएको बास्ना खोज्दै अन्यत्र दौडन्छ भने जस्तै गरी नेपाली कांग्रेस विचलित भएको हो कि जस्तो देखिएको छ।
सामाजिक न्यायको क्षेत्रमा केही अन्योल देखिए पनि मुलुकको विकास तथा आर्थिक समृद्धिका क्षेत्रमा भने नेपाली कांग्रेस खासै चुकेको देखिन्न। केही उद्योगधन्दाहरूको निजीकरणलाई अपवाद मान्ने हो भने नेपाली कांग्रेसले प्रतिकूल परिस्थितिका बाबजुद मुलकको विकासका लागि धेरै दूरदर्शी दृष्टिकोण राखेको अरु दलहरूले समेत महसुस गरेका छन्। नेकपा एमाले मात्रै होइन, एमाओवादीले समेत खुला उदार अर्थनीतिको मार्ग अवलम्बन गर्नु नेपाली कांग्रेसकै सफलता हो। २०४६ अघि ४० प्रतिशत जनताको पहुँचसम्म मात्रै पुगेको सडक सुविधा अहिले ९० प्रतिशत जनताको पहुँचसम्म पुगेको छ। २०४६ सालसम्म विद्युतको सुविधा १५ प्रतिशत जनतासम्म पुगेकोमा अहिले ७० प्रतिशत नाघेको छ। यसैगरी, स्वास्थ्य र शिक्षको क्षेत्रमा नेपालले गरेको विकासलाई अन्तर्राष्ट्रिय जगतले समेत नमुना मानेका छन्। २०४६ सालअघि मुलुकका ४६ प्रतिशत जनता गरिबीको रेखामुन िरहेकोमा अहिले त्यो प्रतिशत २३ मा झरेको छ। वरिष्ठ पत्रकार कृष्णमुरारी भण्डारीले प्रस्तुत गरेको एउटा प्रसंग यहाँनिर सान्दर्भिक हुन्छ। यसै आर्थिक वर्षको बजेटारे छलफल हुँदै गर्दा संसद्मा अर्थमन्त्री डा.रामशरण महतलाई आफ्नै पार्टीका एकजना सांसदले सोधेछन्– ‘अर्थमन्त्रीज्यू, गाउँकी एउटी महिलाले तपाईको ०७१/७२ को बजेटबाट मैले के पाएँ भनेर सोधिन्ा् भने के जवाफ दिऊँ? महतले जवाफ दिए, ‘अब गाउँका महिलाले ढुंग्रीले आगो फुफु गरेर फुक्नु पर्दैन, धूवाँमा बस्नुपर्दैन। एक डेढ घन्टा लगाएर पानी लिन जानु पनि पर्दैन। घरनजिकै धारामा पानी आउने व्यवस्था बजेटमा गरेको छु। घरनजिकै मोटरबाटो आइपुग्दैछ अब गाडी चढेर सर्रर बजार जान सकिनेछ। आफ्नो खेतबारीमा फलेको तरकारी, फलफूल बिक्री गर्न पनि सकिनेछ। यही सन्देश सुनाइदिनुस्।

१९ भाद्र २०७१, बिहीबार २१:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

गंगा चौधरीलाई सरिता गिरीको प्रश्न, ‘चीनको इशारामा ममाथि आरोप लगाइएको त होइन ?’

काठमाडौँ, २३ जेठ । सामाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेकपाका सांसदले आफ्नो विषयमा संसदमा आपत्तिजनक अभिव्यक्ति दिएको..

विदेशबाट आउने नेपाली राख्न होटल क्वारेन्टाइन तयार, दिनकै ८ हजारसम्म तिर्नुपर्ने

निरोज थापा, काठमाडौँ, २३ जेठ । विदेशमा रोकिएका नेपालीलाई उद्दार गरि ल्याईएका नेपाली राख्न होटल क्वारेन्टाइन..

विदेशबाट नेपालीको उद्दार गर्न सुरु, २६ जना काठमाडौँ आइपुगे

काठमाडौँ, २३ जेठ । विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार सुरु भएको छ । सरकारले पहिलो चरणमा म्यानमारबाट २६..

थप ३३४ जनामा कोरोना प्ष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो

काठमाडौँ, २२ जेठ । नेपालमा आज एकैदिन ३३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या..

लकडाउन कडाइका साथ लागू गराउने उपत्यकाका सिडिओको निश्कर्ष

काठमाडौँ, २२ जेठ । काठमाडौँ उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कडाइका साथ लकडाउन पालना गराउने..