यौन ओइलाएर झर्ने एक अत्यन्त सुन्दर फूल हो – रमेश बुढाथोकी

राजन घिमिरे, काठमाडौ । लामो समयदेखि कलाकारिता क्षेत्रमा सक्रिय रहँदै आउनुभएको कुशल कलाकर्मी हुनुहुन्छ रमेश बुढाथोकी। उहाँले रंगमञ्चबाट कलायात्रा सुरु गर्नुभएको हो भने टेलिफिल्म हुँदै ठूलो पर्दाको चलचित्रहरूमा पनि उहाँले आफ्नो कौशलता प्रस्तुत गरिसक्नुभएको छ। विशेष गरेर अभिनय क्षेत्रमार्फत दर्शकहरूमाझ परिचित बुढाथोकीले निर्देशन गर्नुभएका टेलिचलचित्रहरूले दर्शकमाझ राम्रो छाप छोड्न सफल भएका छन्। उहाँले करिब एक दर्जन ठूलो पर्दाको चलचित्रहरूको पनि निर्देशन गरिसक्नुभएको छ। हाल नेपाली कलाकारहरूको छाता सङ्गठन नेपाल कलाकार सङ्घको अध्यक्ष रहनुभएका बुढाथोकीको भोगाइमा जीवन र जगत् के हो त ? रमेश बुढाथोकीसँग गरेको कुराकानी।

० जीवन के हो?
– फूल र काँढा भरिएको मार्ग, अनवरत यात्रा
० प्रेम के हो?
– सुखद अनुभूति
० सुन्दरता के हो?
– आकर्षण
० मन के हो?
– कहिले स्पातझैं बलियो त कहिले फूलझैं कोमल
० भावना के हो?
– मन पग्लनु
० विवाह के हो?
– मनले मनलाई बाँध्ने एक पवित्र बन्धन
० बन्धन के हो?
– स्वतन्त्रता नियन्त्रणमा पर्नु
० अपमान के हो?
– लघुताभासको आभास दिलाउने तत्त्व
० इज्जत के हो?
– कमाउन मुस्किल, जोगाउन झनै मुस्किल
० बेइज्जती के हो?
– अरूसँग आँखा जुधाउन नसक्ने अवस्था
० मिलन के हो?
– आनन्द
० विछोड के हो?
– पीडा
० जवानी के हो?
– बिन्दास
० बालापन के हो?
– निश्छलता
० तृष्णा के हो?
– आफ्नो होइन तर प्राप्तिको चाहना
० रिस के हो?
– आफूले पालेको खराब कुकुर जसले आफैंलाई टोक्छ
० जोस के हो?
– शक्ति
० नसा के हो?
– रमाउने एक उपाय
० यौन के हो?
– ओइलाएर झर्ने एक अत्यन्त सुन्दर फूल
० सन्तुष्टि के हो?
– चैनको निद्रा
० कर्तव्य के हो?
– गर्नैपर्ने कर्म
० विश्वास के हो?
– जसमा संसार अडेको छ
० असल के हो?
– आफूभित्र राख्न मन लाग्ने वस्तु
० खराब के हो?
– प्रगतिको बाधक
० सबैभन्दा ठूलो धोका के हो?
– विश्वासघात
० दुःख के हो?
– देखेको सपना पूरा नहुनु
० सुख के हो?
– मीठो मुस्कान
० खुसी के हो?
– कहिलेकाहीँ आउने पाहुना
० आनन्द केमा छ?
– आफ्नो जे छ त्यसैमा रमाउन सक्नुमा
० मित्र को हो?
– महत्त्वपूर्ण घडीमा जसले दिन्छ साथ
० शत्रु को हो?
– स्वार्थी
० सङ्घर्ष के हो?
– सुन्दर गन्तव्यका लागि गरिने
कठोर यात्रा
० प्राप्ति के हो?
– सक्रियता
० आस्था के हो?
– जसमा आँखा चिम्लेर विश्वास
गर्न सकिन्छ
० धर्म के हो?
– आत्मसन्तुष्टि
० नैतिकता के हो?
– उच्च मनोबल प्राप्तिको मुहान
० चरित्र के हो?
– सामाजिक पहिचान
० ज्ञान के हो?
– प्रकाश छर्दै, अँध्यारोलाई चिर्दै, अघि बढ्न सिकाउने मन्त्र
० बुद्धि के हो?
– शक्तिशाली हतियार
० सम्झौता के हो?
– झिनो विश्वास
० सृष्टि के हो?
– आमा, जसले हामीलाई यो धर्तीमा
जन्म दिइन्
० गुरु को हो?
– पथ प्रदर्शक
० राजनीति के हो?
– असल नेता भए विकास, होइन
भने विनास
० देश के हो?
– गर्व
० समाज के हो?
– संयुक्त परिवार
० पद के हो?
– अनेक चाहनामध्येको एक विशेष चाहना
० विकास के हो?
– परिवर्तन
० व्यापार के हो?
– नाफा–नोक्सानको हिसाबमा
अल्झेको जीवन
० अनुशासन के हो?
– जीवन सरल बनाउने कला

१० जेष्ठ २०६९, बुधबार १९:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

विदेशी पर्यटकलाई भिसा प्रावधानमा खुकुलो बनाइदै

काठमाडौ । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकका लागि भिसा सम्बन्धि प्रावधानलाई केही खुकुलो बनाउने भएको छ । विधायन..

बाइडेनद्वारा आफ्नो प्रशासनमा रहने ६ व्यक्तिको नाम सार्वजनिक

न्यूयोर्क । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले सत्ता सम्हाल्ने तयारीका निम्ति आफ्नो सरकारका..

आज राष्ट्रपतिसमक्ष दोलखा भीमसेनको महाप्रसाद आउँदै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दोलखाको प्रसिद्ध मन्दिर भीमेश्वरको महाप्रसाद आउँदै छ।..

जोखिमको अवस्था मुल्यांकन गरी सबै देशहरुमा उडान अनुमित दिने निर्णय

काठमाडौं । कोरोना संकट व्यवस्थापन केन्द्र सीसीएमसीले संक्रमणको जोखिमको अवस्था मुल्यांकन गरी सबै देशहरुमा उडान..

नेप्से नयाँ उचाइमाः दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचकले आज नयाँ उचाइ कायम गरेको छ । निर्जीवन जीवन बीमा, जीवन..