‘कन्भर्सेसन्स’मा यसरी खुले हरि र मोमिला

momilaबीपी कोइराला भारत–नेपाल प्रतिष्ठान तथा भारतीय राजदूतावासको आयोजनामा गत बिहीबार नेपाल–भारत पुस्तकालय भवनमा ‘कन्भर्सेसन्स’को १९औ“ कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका मुख्य आकर्षण थिए सशक्त लेखक, कवि तथा समीक्षक हरि अधिकारी र वर्तमान पुस्ताकी होनहार कवयित्री मोमिला जोशी । कार्यक्रममा उपस्थित साहित्यप्रेमी स्रोताबीच लेखक अधिकारीले आफ्नो साहित्यिक यात्राको नालिबेली लगाए भने मोमिलाले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै लेखक–सर्जक अधिकारीबारे थप प्रकाश पारिन् ।
हरि अधिकारी नेपालका सीमित कविमध्येका एक भन्दै मोमिलाले तीन दशकभन्दा ज्यादा अवधि लेखक अधिकारीले कविता लेखन तथा नेपाली साहित्य साधनामा व्यतीत गरिसकेका जानकारी दिइन् । सर्जक हरिले काव्य सिर्जना यात्राको तीन दशकपछि मात्र ‘संसद्मा एक दिन’ नामक कविताको पहिलो पुस्तक प्रकाशनमा ल्याएको खुलासा गर्दै मोमिलाले अगाडि भनिन्, ‘कविताको आधारभूत ज्ञानबिना नै कवितासङ्ग्रह प्रकाशनको मुसेदौडमा लाग्नेहरूभन्दा कवि हरि पृथक व्यक्तित्व हुनुहुन्छ ।’ अधिकारी बहुआयामिक लेखक भएको उल्लेख गर्दै मोमिलाले उनको चिनारी एक सशक्त कवि, प्रशंसनीय कथाका लेखक, दार्शनिक एवम् तिख्खर समीक्षकका रूपमा समेत स्थापित भएको बताइन् । ‘उहा“को लेखनी समकालिक विश्लेषणयुक्त, उद्देश्यमूलक र आफ्नै विशेष शैलीयुक्त हुन्छन्,’ मोमिलाले साहित्यकर्मी अधिकारीको प्रशंसा गर्दै भनिन् ।
कवि अधिकारीले त्रिचन्द्र कलेजमा पढ्दा तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित कविता प्रतियोगितामा ‘पहिला आफूलाई चिन’ शीर्षकको कविता लेखेर आफूले प्रथम पुरस्कार हात पारेको बताउ“दै अठार वर्षको उमेरमा राष्ट्रव्यापी कविता प्रतियोगितामा पहिलो बनेपछि आफू साहित्यलेखनप्रति गम्भीर बनेको अभिव्यक्ति दिए । ‘कन्भर्सेसन्स’ कार्यक्रमको विशेषताअनुरूप अधिकारी र जोशी वार्तालापमा खुल्दै गए । सो क्रममा अधिकारीको पृथक लेखनशैली, उनका रचनामा महिलाका मनोविज्ञानको प्रयोग, यौनिक मिथकहरू एवम् आध्यात्मिक सम्बन्धबारे पनि उनीहरूले चर्चा गरे । अधिकारी चुनिएका केही रचनामाथि मोमिलाले समीक्षात्मक विश्लेषण गरेकी थिइन् ।

१४ श्रावण २०७१, बुधबार ०९:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..

बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गरे : ट्रम्प

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनले विज्ञान र विज्ञको कुरा..