हामीलाई केही कब्जा गर्नु छैन :: भारतीय विदेशमन्त्री सुष्मा स्वराज

Sushma-Soraj-Indiaभारतीय विदेशमन्त्री सुष्मा स्वराज तीनदिवसीय नेपाल भ्रमण सकेर नयाँ दिल्ली फर्किसक्नुभएको छ । २३ वर्षसम्म हुन नसकेको मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन काठमाडौं आउनुभएकी विदेशमन्त्री स्वराजले राष्ट्रपति, प्रधानमन्त्रीलगायत सबै पार्टीका शीर्ष नेताहरूसंग भेटवार्ता गर्नुभयो । संयुक्त आयोगको बैठकले सन् १९५० को सन्धिलगायत सबै मुद्दामा छलफल गर्दै २६ बुंदे सहमतिमा समेत हस्ताक्षर भयो । भारतीय राजनीतिका लोकप्रिय व्यक्तित्व एवम् केन्द्रीय सरकारमा धेरैपटक मन्त्री भइसक्नुभएको र लोकसभामा भारतीय जनता पार्टीको तर्फबाट प्रतिपक्षी दलको नेतासमेत भइसक्नुभएकी सुष्मा स्वराजसंग स्रोत ऋषि धमलाको कुराकानीका सङ्क्षिप्त अंशहरू:
० तपाईंको नेपाल भ्रमण कस्तो रह्यो ?
– मेरो नेपाल भ्रमण मैले सोचेभन्दा पनि एकदम सफल, फलदायी एवम् उपलब्धिमूलक रह्यो । यो भ्रमणबाट सन्तुष्टि भएर नयाँ दिल्ली फर्किंदै छु । दुवै पक्षको बीचमा भएको उच्च राजनीतिक छलफल र संयुक्त आयोगको बैठकलाई सफलताको रूपमा लिन पनि म आग्रह गर्न चाहन्छु ।
० भ्रमणको सफलताको आधार के हो ?
– यस्तो उच्चस्तरको भ्रमण र छलफल दुई देशबीच निरन्तर भइरहनुपर्छ । २३ वर्षपछि संयुक्त आयोगको बैठक बस्यो र यसले जुन किसिमको २६ बुदामा सहमति गरेको छ यो अर्को महत्वपूर्ण काम हो । यो भ्रमणलाई म धेरै कारणले सफल र उपलब्धिमूलक ठान्छु ।
० भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी आइतबार नेपाल आउंदै हुनुहुन्छ, यो भ्रमण सफल बनाउन तपाईंको
भ्रमण कत्तिको उपयोगी भएको ठान्नुहुन्छ ?
– नरेन्द्र मोदीको नेतृत्वमा भारतमा सरकार बनिसकेपछि नेपाललाई हामीले उच्च प्राथमिकतामा राखेका छौ। भारतमा यतिबेला संसद् चलिरहेको छ, र १४ अगष्टसम्म चलिरहन्छ । तर यस्तो अवस्थामा पनि प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिवसीय भ्रमणका लागि आइतबार नेपाल आउदै हुनुहुन्छ । १७ वर्षदेखि भारतीय उच्च नेतृत्वको भ्रमण नेपालमा हुन सकिरहेको थिएन । १७ वर्षपछि हुन लागेको प्रधानमन्त्री मोदीको भ्रमणलाई सफल र उपलब्धिमूलक बनाउनु हामी सबैको दायित्व हो । भारत आफ्नो छिमेकीसंग कति निकटस्थ छ भन्ने कुरा पनि यसले प्रमाणित गर्छ । प्रधानमन्त्री मोदीको भ्रमणमा आर्थिक एजेन्डाले विशेष स्थान पाउनेछ । म आशावादी छु कि यो भ्रमणले दुई देशबीचको सम्बन्धमा नया आयाम थप्नेछ ।
० तर, मोदीको भ्रमण नेपालको जलस्रोत कब्जा गर्नेगरी हुन लागेको हो रे नि त ?
– मैले पनि यस्तो कुरा नेपाल भ्रमणमा आउनुअघि सुनेकी थिएँ, र मिडियामा पनि पढें, मलाई एकदमै दुःख लाग्यो । तर, भारतलाई महात्मा गान्धीको भूमि पर्याप्त छ । हामीलाई कुनै पनि मित्रराष्ट्रको न त भूमि न त जलस्रोत नै कब्जा गर्नुछ । हामी त खालि नेपालको विकास चाहन्छौ । नेपाली जनता खुसी भएको हेर्न चाहन्छौ । भारतलाई पशुपतिनाथको देश, जानकी जन्मेको भूमि र बुद्ध जन्मेको राष्ट्र नेपालको कुनै पनि भूभाग कब्जा गर्नु पनि छैन र त्यस्तो सोच हामीमा न आएको छ न कहिल्यै आउ“छ । हामी त नेपालको प्रगति र उन्नति चाहन्छौ। त्यसैले म सबै तह र तप्काका प्रबुद्ध व्यक्तित्वहरूलाई भन्न चाहन्छु कि नेपाललाई हेर्ने हाम्रो नकारात्मक सोच छदै छैन, खालि सकारात्मक सोचले मात्रै हेर्न चाहन्छौ । त्यसैले नेपालको कुनै पनि भूमि भारतले हडप्ने छैन । त्यो म विश्वास दिलाउन चाहन्छु । नेपालको जलस्रोतको कुरा गर्दा पनि भारत त्यसमा प्रस्ट छ नेपालमा ऊर्जाको विकास गरौ । ठूला–ठूला परियोजना सञ्चालन गरौ“ र नेपाललाई बढी भएको बिजुली मात्रै हामी खरिद गर्न चाहन्छौ । र, सबै नेपालीको घरमा बत्ती बलोस् र यहा“का जनताले उपयोग गरेर बढी भएको बिजुली मात्रै हामीलाई दिए हुन्छ । नेपालको जलस्रोतमा भारतको एकाधिकार नीति नै छैन ।
० तर, तपाईंले ऊर्जा सम्झौताका लागि पठाउनुभएको मस्यौदा त विवादमा पर्यो नि ?
– त्यस्तो विवाद गर्नुपर्ने कुरा मैले देखेको छैन, तर पनि दुवै पक्ष बसेर त्यसलाई टुग्याउने सहमति भएको छ । भारत र नेपाल सकारका ऊर्जामन्त्रीहरू बसेर यसलाई कसरी अगाडि बढाउने भन्नेबारेमा सहमति भएको छ । यद्यपि यसमा भएका विवादका केही कुरा छन् भने छलफल गरेर पुनरावलोकन वा सच्याएर पनि अगाडि बढ्न सकिन्छ । त्यसैले ऊर्जा सम्झौता कस्तो गर्ने भन्ने कुरा नेपालको सार्वभौम अधिकार हो । त्यसलाई भारत जहिले पनि सम्मान गर्छ ।
० उसो भए तपाईंहरू नेपालको ऊर्जाशक्तिलाई एकलौटी रूपमा उपयोग गर्ने पक्षमा त हुनुहुन्न ?
– भारतको त्यस्तो सोच छदै छैन । त्यस्तो भ्रममा नपर्न सबैलाई आग्रह गर्न चाहन्छु । हाम्रो प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा नेपालका प्रधानमन्त्री सुशील कोइरालाको उपस्थिति थियो, उहाँहरुको बीचमा भएको भेटवार्तामा पनि प्रधानमन्त्री मोदीले नेपालमा ठूला–ठूला हाइड्रोपावर बनून् त्यसमा भारतको सदैव सहयोग र समर्थन रहन्छ, त्यो नेपालको विकासका लागि एउटा महत्वपूर्ण काम हुनेछ भनेर भन्नुभएको थियो । नेपालको भारतसंग धेरै व्यापारघाटा रहेको छ । त्यो व्यापारघाटा कम गर्न नेपालमा ऊर्जा विकास हुनुपर्छ भन्नेमा भारत छ । नेपालको व्यापारघाटा कम गर्न नेपालमा जलविद्युत् उत्पादन गर्ने र बढी भएको विद्युत् भारतमा बिक्री गरेर व्यापारघाटा कम गर्न सकिन्छ भन्ने पनि हाम्रो सोचाइ हो । नेपालसंग बढी भएको विद्युत् मात्रै किन्ने पक्षमा हामी छौ । तर, यहा चलेको हल्लाझैं भारत नेपालको जलविद्युत् कब्जा गर्ने पक्षमा छदै छैन । हामी त नेपालस“ग विकासका लागि साझेदारी गर्न चाहन्छौ । र, ऊर्जा विकास सम्झौता पनि दुई देशबीचकै सहमतिमै हुने हो । त्यसैले पहिला त नेपालको हित भारतले चाहेको छ ।
० दुई देशबीचको सीमासम्बन्धी विवाद पनि वर्षौंदेखि चल्दै आएको छ, यसलाई कसरी हेर्नुभएको छ ?
– दुई देशबीचमा रहेको सीमासम्बन्धी विवादलाई पनि दीर्घकालीन समाधानका लागि हामीले छलफल सुरु गरेका छौ । संयुक्त आयोगको बैठकमा यसबारेमा कुरा भइसकेको छ । त्यसका लागि प्राविधिक समिति गठन हुने भएको छ । हामीबीच सीमा निर्धारण र नामाकरणको ९८ प्रतिशत काम पूरा भइसकेको छ । बाँकी तपार्इंले सोध्न चाहेको कालापानी र सुस्ताको सीमाबारेमा पनि राजनीतिक तहको परामर्श रहनेछ । यो मुद्दा सुल्झाउन हामीले पराष्ट्रसचिवस्तरको संयन्त्रलाई पनि हामी आग्रह गर्नेछौ र भारत–नेपाल सम्बन्धमा देखिएका सबै समस्याका मुद्दाहरूलाई समाधान गरेर जान हामी तयार छौ।

१४ श्रावण २०७१, बुधबार ०८:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..