लसएञ्जलसमा भानु जयन्ती मनाइयो

लस एन्जेलस । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज लसएञ्जलस क्यालिफोर्निया च्याप्टरले २०१ औं भानु जयन्ती कार्यक्रम मनाएको छ । स्थानिय डन बहादुर कार्कीको निवासमा १९ जुलाई शनिबार साँझ सम्पन्न उक्त कार्यक्रमको सभापतित्व च्याप्टर अध्यक्ष शान्तिराम ढकालले गर्नु भएको थियो । कार्यक्रममा बाणिज्यदुत ॠषि ढकाल ,एनआरएन आइसिसिका केन्द्रिय सदस्य राजेन्द्र सिवाकोटी , अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको उपाध्यक्ष तृष्णा कुवंर,नेपाल अमेरिका एकता समाजको अध्यक्ष शारदा श्रेष्ठ ,एनआरएन अमेरिकाको सह-सचिव एब सदस्य दिल बहादुर श्रेष्ठ र बलराम थापा समेतको उपस्थिती रहेको थियो ।

सो कार्यक्रममा भानुभक्त आचार्यले नेपाली भाषामा पुर्याएको योगदानको बारेमा अतिथिहरुबाट आफ्नो बिचार र धारणा राखिएको थियो भने स्थानिय साहित्यिक स्रष्टाहरु शान्तिराम ढकाल,डन बहादुर कार्की ,बिष्णु प्रसाद पौडेल,ललित श्रेष्ठ,राम लामा ,प्रेम गुरागाईं ,प्रकाशचन्द्र घिमिरे ,सोभित भेटवाल ,तिलक कार्की,तुलसा कार्की ,राकेश कुमार कार्की ,कविता कार्की,शारदा श्रेष्ठ,मिलन लम्साल,राजेन्द्र सिवाकोटी ,सुशिला पाण्डे र संगीता सिवाकोटीबाट श्लोक ,कविता,मुक्तक एब गजलहरु वाचन गरिएको थियो ।

आदिकवि भानुभक्तको तस्विरमा माल्यार्पण साथै रामायण पाठ गरि शुरु गरिएको उक्त कार्यक्रमको संचालन सस्थाको सदस्य प्रकाश चन्द्र घिमिरेले गर्नु भएको थियो ।

७ श्रावण २०७१, बुधबार ००:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार उपत्यकाका ३ जिल्ला..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..