सामसुङ मोबाइल सेटमा विशेष छुट

काठमाडौं, ५ साउन । नेपाल दूरसञ्चार कम्पनी र सामसुङको नेपाल अधिकृत विक्रेता इन्टरनेसनल मार्केटिङ सर्विसेज बीचमा सामसुङ कम्पनीका छ प्रकारका मोबाइल सेटमा विशेष छुट दिने योजना सार्वजनिक गरेका छन् ।
कम्पनीका सिम कार्ड तथा सामसुङका मोबाइल सेटको खरिदमा १५ प्रतिशत छुट तथा छ महिना बराबरको डाटा उपलब्ध हुने दुवै संस्थाद्वारा संयुक्त रूपमा आज राजधानीमा आयोजित कार्यक्रममा जानकारी दिइएको हो ।
योजना खरिद गरिएका मोबाइल सेटहरू सामसुङ गुरु, सामसुङ लकोटा, सामसुङ ट्रेन्ड, सामसुङ कोर, सामसुङ ग्यालेक्सी एस थ्री र ट्याव थ्रीमा एक वर्षको वारेन्टी हुने छ । सो योजना तीन वर्षसम्मका लागि कायम रहने जानकारी दिइएको छ ।
सरकारले पिछडिएको क्षेत्रमा विद्युत् सेवा दिने
काठमाडौं, ५ साउन । सरकारले चालु आर्थिक वर्षमा दलित, जनजाति तथा पिछडिएका क्षेत्रका जनतालाई विद्युत् सेवा उपलब्ध गराउन आठ करोड विनियोजन गरेको छ ।
सरकारले पहिलोपटक यसखालको कार्यक्रम अगाडि सारेको हो । दलित, जनजाति तथा राज्यको पहुँचभन्दा बाहिर रहेका समुदायलाई राज्यबाट उपलब्ध गराउने अत्यावश्यकीय सेवाअन्तर्गतको विद्युत् सेवा उपलब्ध गराउनका लागि यसखालको कार्यक्रम अगाडि सारिएको छ ।
ऊर्जा मन्त्रालयले राष्ट्रिय कार्यक्रममा समावेश गरेको यसखालको नयाँ कार्यक्रमलाई नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठकले समेत पारित गरेको छ ।
घरेलु मिटर, प्रसारण लाइन, ट्रान्समिटर, पोललगायतका सामग्री किन्न नसकेका कारण पिछडिएका क्षेत्रका सेवाग्राहीले विद्युत् सेवा नपाएको र राज्यले समेत चासो नदिएको भन्ने गुनासो आएपछि सो कार्यक्रम अगाडि सारिएको प्राधिकरणका निमित्त महाप्रबन्धक रामचन्द्र पाण्डेले जानकारी दिए ।

५ श्रावण २०७१, सोमबार १८:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..