विश्वकप २०१४; जित्यो जर्मनीले

रियो दि जेनेरियो, एजेन्सी, ३० असार । थपिएको अतिरिक्त समयमा गरेको गोलले जर्मनीले आइतबार चोथोपल्ट विश्वकप फुटबलको उपाधि चुमेको छ । मारियो गोत्जेले अतिरिक्त समयमा गोल गरेपछि जर्मनीले १-० ले अर्जेन्टिनालाई फाइनलमा हराएर आइतबार चोथोपल्ट विश्वकप फुटबलको उपाधि चुमेको हो । एक सय १३ औं मिनेटमा मारियो गोत्जेले गरेको गोलले जर्मनीलाई २४ बर्षपछि विश्वकप जितायो । निर्धारित ९० मिनेट रोमाञ्चक रहे पनि दुवै टिमले गोल गर्न सकेनन । दुवै टिमले आक्रमक खेले पनि निर्धारित ९० मिनेटमा गोल भने गर्न असफल रहे । अधिकांश समय जर्मनीले बल नियन्त्रणमा राख्न सफल रहे पनि गोलका राम्रा अवसर भने अर्जेन्टिनाले सिर्जना गरेको थियो । जर्मनी पहिलोपल्ट १९५४ मा विश्वकप च्याम्पियन भएको थियो । जर्मनी यसपटक १९७४ र १९९० मा बनाएको जितको इतिहाँस दोहोर्याउदै चौथोपल्ट च्याम्पियन बन्न सफल भयो । जर्मनी दक्षिण अमेरिकी भूमिमा विश्वकप जित्ने पहिलो युरोपेली टिमको इतिहाँस बनाउन समेत सफल रह्यो  ।

उत्कृष्ट खेलाडी पुरस्कार:
गोल्डेन बल

लियोनल मेसी, अर्जेन्टिना

गोल्डेन बुट

जेम्स रोडि्रग्वेज, कोलम्बिया

उत्कृष्ट गोलकिपर

म्यानुएल नोय, जर्मनी

उत्कृष्ट युवा खेलाडी

पउल पोग्बा, फ्रान्स

३० असार २०७१, सोमबार ०५:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिका राष्ट्रपति चुनाव : अग्रिम मतदान गर्ने संख्या बढ्दो

न्यूयोर्क । अमेरिकामा आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपतिको चुनावमा अग्रिम मतदान गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ ।..

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..