तेस्रो स्थानका लागि ब्राजिल र नेदरल्यान्ड्स भिड्ने

काठमाडौं, २८ असार । विश्वकप फुटबल प्रतियोगिता सन् २०१४ को तेस्रो स्थानका लागि भोलि (आइतबार) बिहान ब्राजिल र नेदरल्यान्ड्स आमनेसामने हुने भएका छन् ।

ब्राजिलको ब्रासलियामा हुने सोे प्रतियोगिताको खेल बिहान १ बजेर ४५ मिनटमा सुरु हुनेछ ।

सेमिफाइनलमा ब्राजिल जर्मनीसँग १–७ को फराकिलो गोलअन्तरले पराजित भएपछि तेस्रो स्थानको लागि भिड्न लागेको हो ।

हारसँगै ब्राजिल विश्वकप फुटबल प्रतियोगिताको इतिहासमा नै यति फराकिलो गोलअन्तरले पराजित हुने पहिलो टिमसमेत बन्यो । पाँच पटकको विश्वकप विजेता ब्राजिल यसअघि सन् १९९८ मा भएको विश्वकपमा फ्रान्ससँग ०–३ गोलअन्तरले हार बेहोरेको थियो ।

त्यस्तै गत संस्करणको विश्वकपमा उपविजेता बनेको नेदरल्यान्ड्सको उपाधि जित्ने सपना यसपटक पनि चक्नाचुर हुन पुग्यो । सेमिफाइनल खेलमा नेदरल्यान्ड्स अर्जेन्टिनासँग ट्राइब्रेकरमा २–४ गोलले पराजित भएको थियो ।

२८ असार २०७१, शनिबार ०८:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिका राष्ट्रपति चुनाव : अग्रिम मतदान गर्ने संख्या बढ्दो

न्यूयोर्क । अमेरिकामा आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपतिको चुनावमा अग्रिम मतदान गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ ।..

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..