भगवतीमा वाइफाई इन्टरनेट सुविधा

म्याग्दी । म्याग्दी जिल्लाको भगवतीमा वाइफाई सुविधा पुगेपछि इन्टरनेट प्रयोगकर्ताहरु लाभान्वित भएका छन् ।
भगवती–७ घट्टका युवा मोहन कार्की (लक्ष्मण) ले भगवती गाविसको मैदानमा सञ्चालनमा ल्याएको कनेक्सन कम्प्युटर इन्टिच्युटमार्फत वाइफाई इन्टरनेट सेवा उपलब्ध गराइएपछि स्थानीयवासीले सो सुविधा लिन पाएका हुन् ।
मुक्तिधाम उच्च माविमा कम्प्युटर शिक्षक र लेखापाल पदमा समेत कार्यरत कार्कीले गाउँमा आधुनिक सूचना प्रविधि पु¥याउने उद्देश्यले वाइम्याक्स तथा सुबिसु इन्टर प्रविधिबाट सोे कम्प्युटर सेन्टरमार्फत वाइफाई इन्टरनेट विस्तार गरेको बताए ।
हालै विस्तार गरिएको वाइफाई सुविधामा भगवतीको मैदानदेखि एक किलोमिटर वरिपरिका सर्वसाधारणको पहुँचमा पुगेको र यसलाई थप अन्य क्षेत्रमा विस्तार गर्दै जाने योजना रहेको उनले बताए ।
गाउँमा सहज रुपमा इन्टरनेट सुविधा पुगेपछि युवापुस्तालाई इन्टरनेटमार्फत सूचना आदानप्रदानमा सहजता भएको छ भने वैदेशिक रोजगारीमा रहेका आफन्तसँग घरपरिवारले ट्विटर, स्काइप, भाइवर, फेसबुकलगायतका सामाजिक सञ्जालमार्फत कुराकानी गर्न सुविधा भएको छ ।

२६ असार २०७१, बिहीबार १७:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा उल्लेख गरिएअनुकूल..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..