अब फाइनलमा जर्मनीविरुद्ध अर्जेन्टिना

काठमाडौं, २६ असार । नेदरल्यान्ड्सविरुद्ध भएको सेमिफाइनल पेनाल्टी सुटआउटमा निर्णय हुने अवस्थामा रहेको बेला गोलकिपर सर्जियो रोमेरोले दुई सानदार बचाउ गरेसँगै अर्जेन्टिना फिफा विश्वककप २०१४ को फाइनलमा पुगेको छ । यसअघि पहिलो सेमिफाइनलमा आयोजक ब्राजिललाई ७–१ को ऐतिहासिक पराजयको स्वाद चखाउँदै जर्मनी फाइनलमा पुगिसकेको छ । फाइनल विश्वप्रसिद्ध माराकाना स्टेडियममा नेपाली समयअनुसार सोमबार (३० असार) बिहान १२:४५ मा सुरु हुनेछ ।

अर्जेन्टिना २४ वर्षपछि मात्र यसरी फेरि फाइनलमा पुगेको हो । यसअघि सन् १९८६ मा जर्मनीलाई हराएर दोस्रोपटक विश्वकप जितेको अर्जेन्टिना अर्कोपटक पनि डिएगो म्याराडोनाको चमत्कारिक प्रदर्शकसँगै सन् १९९० मा फाइनलमा जर्मनीबाटै पराजित भएको थियो । त्यसपछि अर्जेन्टिना कहिल्यै सेमिफाइनलसम्म पनि पुग्न सकेको थिएन ।
यसको अर्थ, सन् १९८६ र सन् १९९० मा जस्तै फेरि एकपटक अर्जेन्टिना र जर्मनी विश्वकप फाइनलमा भिड्ने भएका छन् ।
ब्राजिलमा जारी २०औं विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत साओ पाउलोमा बुधबार बिहान भएको दोस्रो सेमिफाइनल निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको समयसम्म पनि गोलरहित बराबरीमा समाप्त भएपछि पेनाल्टी सुटआउटबाट निर्णय हुनुपर्ने स्थितिमा पुगेको थियो जसमा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई ४–२ ले पराजित गर्यो ।
बडवाइजर म्यान अफ दि म्याच २७ वर्षीय रोमेरोले पहिले डच स्ट्राइकर रोन भिलारको प्रहारलाई असफल तुल्याए भने नेदरल्यान्ड्सका प्रमुख स्ट्राइकर वेज्ली स्नाइडरको प्रहार रोकेर सनसनी मच्चाइदिएका थिए ।
अर्जेन्टिनाका लागि मेसी, एजिक्वेल गाराय, सर्जियो अगुइरो र म्याक्सी रोड्रिगेजले गोल गरे । रोड्रिगेजको प्रहार डच गोलकिपर चिलेसनको हातमा लागेर पनि पोस्टतिर हुत्तिएको थियो ।
दुवै टिम उन्नीस–बीसको अवस्थामा रहेको देखिएको थियो । बल पोजेसनको हिसाबमा पनि डच टोली ५१ प्रतिशत र ‘ला अल्बीसेलेस्टी’ ४९ प्रतिशत थियो । गोल अवसरहरू अत्यन्तै न्यून मात्र निर्माण भएका थिए तर ती पनि जाली छुने प्रहारमा परिणत हुन सकेनन् ।
एक दिनअघि भएको पहिलो सेमिफाइनलमा जस्तो गोलको बाढीको एक छेउ पनि यो दोस्रो सेमिफाइनलमा देखिएन ।
पहिलो हाफमा अर्जेन्टिनाका लागि एउटा राम्रो अवसर डी बक्सको छेउबाटै फ्री किक प्रहारको अवसर थियो जसमा लियोनेल मेसीले हाने प्रहार सीधै डच गोलकिपर ज्यास्पर चिलेसनको हातमा पुगेको थियो ।
हाफटाइम अघि आर्यन रोब्बेनले एउटा मौका पाएका थिए तर त्यसलाई रोमेरोले पञ्च गर्दै मध्यमैदानतिर फर्काइदिएका थिए ।
म्याचको ७५औं मिनेटमा मेसीको पासलाई एन्जो पेरेजले गोन्जालो हिग्वेइनतर्फ बढाएका थिए तर त्यो प्रहारले डच गोलपोस्टको बाहिरी छेउबाट मात्र जाली छुन सक्यो । यस्तै एक अर्को अवसरमा गोल हुन सक्ने अवसर देखिएकोमा हिग्वेइन अफसाइड घोषित भए ।
दोस्रो हाफ पनि सकिन केही मिनेटअघि डच टोलीलाई गोलको सुन्दर अवसर मिलेको थियो । स्नाइडरको सटिक पास पाएर ३० वर्षीय रोब्बेन अर्जेन्टिनी गोलपोस्टतिर दौडिएका थिए । स्थिति झन्डै वान भर्सेज वानको हुन लागेको देखिएको बेला जाभियर मासारानोले दर्शनीय स्लाइडिङ गर्दै रोब्बेनलाई बल पोस्टतिर प्रहार गर्ने मौकै दिएनन् ।
अर्जेन्टिनाले म्याचको सर्वोत्तम अवसर ११५औं मिनेटमा पाएको थिया जतिबेला स्थानापन्न खेलाडी रोड्रिगो पालासियोले डच गोलकिपर चिलेसनलाई अप्ठ्यारो पर्नेगरी सशक्त हेड गर्न सकेका थिएनन् ।
दुवै टोलीका गोलकिपरले निर्धारित र थप अतिरिक्त समयमा विशेष मिहिनेत गर्नु परेन तर पेनाल्टी सुटआउटमा रोमेरोले साओ पाउलोको एरेना कोरिनथियन्स रंगशालामा उपस्थित हजारौं अर्जेन्टिनी समर्थकलाई उत्सवको माहोलमा पुर्याउन निर्णायक भूमिका निर्वाह गरे ।
नेदरल्यान्ड्सले अब तेस्रो स्थानका लागि ब्राजिलविरुद्ध आइतबार बिहान १:४५ बजे खेल्ने छ । – एजेन्सीको सहयोगमा

२६ असार २०७१, बिहीबार ०६:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक..