नयाँ सोसियल साइटको विकास

काठमाडौं । अमेरिकामा रहेका नेपालीले स्थापना गरेको कम्पनी सगुन इंकले फेसबुक, ट्वीटर, ह्वाट्स एप, स्न्याप च्याट, इन्स्टाग्राम सहितका इन्स्यान्ट मेसेजिङसाइटको विशेषता भएको सोसियल कम्युनिकेसन साइट सगुन डटकम लन्च गरेका छन्।

द एसोसिएसन अफ नेप्लिज इन अमेरिका (एएनए) को ३२औं डिसी सम्मेलनका अवसरमा बलिउड नायिका मनिषा कोइरालाले आफ्नो सन्देश पोस्ट गरेर साइटको लन्च गर्नुभएको थियो। नेपाली इन्जिनियरहरूको नेतृत्व गर्दै अमेरिकामा बसेर एप्लिकेसन निर्माणमा जुटेका गोविन्द गिरीको नेतृत्वको समूहले सगुन डटकम डेभलप गरेको हो।

यस एप्लिकेसनलाई सूचनाको गोपनियतामा महत्त्वपूर्ण फड्को मानिएको छ। सगुनबाट पठाइने फोटो, सूचना शेयर गर्नासाथ डिलिट हुने बताइएको छ।यसमा आफ्नो गोप्य कुरा, फोटो परिवारका सदस्य, साथी र आफ्नो समुदायका व्यक्तिलाई पोस्ट गर्न सकिन्छ।

यसैगरी आफ्नो समूह व्यवस्थित गरेर टेक्स्ट, फोटो र स्टिकर आदान प्रदान गर्न सकिने विशेषता यसमा छ। आफ्नो दैनिकीलाई सेड्युलमा राखेर पार्टनर लगायतलाई शेयर गर्न सकिने सगुन इन्कका संस्थापक गिरीले पत्रकारहरूलाई फोनमा जानकारी गराउनुभएको थियो।

सगुनको सोसिएल एप्प टुडेज सेक्रेट युजरलाई उनीहरूका कथा परिवारका सदस्य र साथीलाई शेयर गर्न मिल्ने गरी डेभपप गरिएको छ। यसैगरी स्मार्ट क्यालेन्डर, अल इन वन पेजले युजरलाई सबै कुरा एकै ठाउँमा पाएको अनुभूति गराउँछ। कम्पनीले युजरलाई आफ्नो अनुभव शेयर गर्न र गतिविधिलाई व्यवस्थित गर्न एउटै प्लेटफर्म उपलब्ध गराउने जनाएको छ।

२५ असार २०७१, बुधबार ०७:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..