धर्मश्री शारीरिक सुगठन भोलिदेखि

काठमाडौं, १९ असार । नेपाल व्यायाम मन्दिरको आयोजनामा तेह्रौं धर्मश्री राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ । ५५, ६०, ६५, ७०, ७५ र ७५ केजी भन्दामाथिमा १ सय पुरुष खेलाडीको सहभागिता रहने आयोजकका अध्यक्ष नारायण प्रधानले जनाएका छन् ।

नेपाल प्रहरी प्रतिष्ठान तालिम केन्द्र, महाराजगन्जमा पहिलो दिन प्रि–जजिङ राउन्ड हुनेछ । प्रि–जजिङबाट प्रत्येक तौलसमूहमा पहिलो हुने खेलाडी पुनः धर्मश्री उपाधिका लागि फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल शनिबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।

फाइनलमा पहिलो हुनेले २ लाख, दोश्रोले १ लाख, तेश्रोले ७५ हजार, चौथोले ६० हजार, पाँचौंले ५० हजार र छैटौंले ४० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै प्रि–जजिङ राउन्डको प्रत्येक तौलसमूहमा दोश्रो हुनेले २५ हजार र तेश्रोले १५ हजारका दरले नगद पुरस्कार हात पार्नेछन् ।

प्रतियोगितालाई हिरो मोटरबाइकको नेपालका लागि आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङ कम्पनी प्रा.लि. ले मुख्य प्रायोजन गर्ने भएको छ ।

लोकेन्द्र परियार साविक विजेता हुन् । १२ संस्करणको समाप्तिसम्म नरेश महर्जन र सानु गुरुङले सर्वाधिक दुई–दुई पल्ट उपाधि जितेका छन् ।

१९ असार २०७१, बिहीबार १६:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिका राष्ट्रपति चुनाव : अग्रिम मतदान गर्ने संख्या बढ्दो

न्यूयोर्क । अमेरिकामा आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपतिको चुनावमा अग्रिम मतदान गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ ।..

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..