फेसबुक प्रयोगकर्ताको गोप्य परीक्षण

लन्डन, १७ असार । शक्तिशाली सामाजिक सञ्जाल फेसबुकले आफ्ना सात लाख प्रयोगकर्तामाथि बिना जानकारी गरेको मनोवैज्ञानिक परीक्षणको व्यापक आलोचना भएको छ।

यो परीक्षणअन्तर्गत फेसबुकका ती प्रयोगकर्ताको नकारात्मक सामग्रीमा छेडखानी गरिएको थियो र प्रयोगकर्ताले यसलाई कसरी लिन्छन् भनेर हेरिएको थियो। यो शोध अमेरिकाका दुुई विश्वविद्यालयसँग मिलेर गरिएको थियो। उनीहरूको उद्देश्य थियो– एक निश्चित किसिमको भावनात्मक सन्देश देखेर बाँकी प्रयोगकर्तामा सामग्री पोस्ट गर्ने तरिका बदलिन्छ कि बदलिँदैन भन्ने हेर्नु।

फेसबुकले जुन तथ्यांक लिइएको हो, त्यो कुनै पनि एक व्यक्ति विशेषको फेसबुक एकाउन्टसँग सम्बन्धित भएको दाबी गरेको छ। यो शोधमा क्यालिफोर्निया विश्वविद्यालय र कर्नेल विश्वविद्यालय संलग्न थिए।

यो शोध गरिएको तरिकालाई लिएर फेसबुक प्रयोगकर्ताबाट चर्को आलोचना भएको छ।

यसैबीच लेबर पार्टीका सांसद जिम सेरिदनले यो घटना जाँचको माग गरेका छन्। ‘यो असाध्यै शक्तिशाली चिज हो र नागरिकलाई जोगाउन कानुन छैन भने कानुन बनाइनुपर्छ,’ बेलायती पत्रिका गार्डियनले उनको भनाई उद्धृत गर्दै लेखेको छ।

मानिसको निजी जीवनमा दखल पुुर्‍याइरहेको उल्लेख गर्दै फेसबुकको यो कार्यबाट आफू दुुःखी भएको उनले जनाएका छन्। ‘कसैको निजी जीवनमा यस्तो दखल पुुर्‍याउन ठीक होइन,’ उनले भने।

यद्यपि इलिनोएको एल्महस्ट कलेजका मनोविज्ञानका प्राध्यापक कैथरिन स्लेज मुरले यो प्रयोग त्यति खतरनाक र गम्भीर नभएको बताएका छन्। उनका अनुसार यो परीक्षणको नतिजा पनि असाध्यै अचम्मित पार्ने खालको नभएको उनको दाबी छ।

यो शोधको निष्कर्षमा भनिएको छ– जुन व्यक्तिको पोस्टमा नकारात्मक सन्देश आउँछ, उसमा नकारात्मक पोस्ट गर्ने प्रवृत्ति कम हुन्छ। 

१७ असार २०७१, मंगलवार ०७:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..