बोष्टनमा असार पन्ध्रको अवशरमा दहि चिउरा खाँदै सिर्जना उत्सव सम्पन्न

बोष्टन । सिर्जना उत्सव बोष्टनले आइतवार सिर्जना वाचनका साथमा १५ असार मनाएको छ । हरेक अंग्रेजी महिनाको अन्तिम आइतवार बोष्टनमा आयोजना गरिने सिर्जना उत्सवमा यसपटक बोष्टन र न्युयोर्कका साहित्यकार र साहित्य प्रेमीहरूको सहभागिता रहेको थियो ।

क्याम्ब्रिजको फिलोपिलो पार्कमा बार्बिक्यु र नेपाली परिकारका साथमा असार १५ को सम्झना स्वरूप दही चिउरा खाएर सिर्जना वाचन गरिएको हो । कार्यक्रममा ग्रेटर बोष्टन नेपाली समाजका अध्यक्ष मीलन गुरुङको कविता वाचनदेखि भीमदत्त चलचित्रका निर्देशक हिमग्याप लामा ९टाशी० को मन्तव्यसम्म व्यक्त गरियो ।

अनु शाहको संयोजनमा भएको कार्यक्रममा पशुपतिनाथ बुद्ध फाउन्डेसनका अध्यक्ष विष्णुमणि आचार्य, मधुकर अधिकारी, मकेन्द्र सिंह, प्रकाश राणा , ज्ञानप्रकाश शर्मा, भैरवी थापा, आँशुलक्ष्मी राजभण्डारी मधुसुधन पौडेल, चिरन थापा लगायतले कार्यक्रमलाई सहयोग र मन्तव्य व्यक्त गरे ।

हरि थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा दिनेश राजभण्डारी, राकेश काफ्ले, गोवर्धन पूजा, दीपा राई पुन, सन लिम्बु, धन लेप्चा, ममता कर्माचार्य, नवराज राई, अनु शाह, हरि थापालगायतले गीत, गज़ल र कविता सुनाए ।

१६ असार २०७१, सोमबार १२:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

मुकेश चौरसिया हत्याको किटानी जाहेरी दर्ता

पर्सा । पर्साको बिन्दाबासिनी गाँउपालिकाका नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्याको किटानी जाहेरी आज प्रहरीले दर्ता गरेको छ ।..

चन्द समूहका कम्पनी कमिसारसहित दुई जना पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द समूहका कम्पनी कमिसारसहित दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा..

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..

नेपालमा कोरोना संक्रमण जाडोमा थप जटिल बन्ने

काठमाडौं । नेपाल कोरोना भाइरसका कारण खराब अवस्थामा रहेका मुलुकको ३४ औं मुलुक भएको छ । वल्डोमिटरका अनुसार..