मलेसियन एथलेटिक्समा ८ पदक जितेर टोली फर्कियो

काठमाडौं, १६ असार । मलेसियाको कङगार पर्लिसमा भएको ९१ औं मलेसियन एथलेटिक्स च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै समग्रमा तेस्रो स्थान हासिल गरेको नेपाली टोली स्वदेश फर्किएको छ । उक्त च्याम्पियनसिपमा नेपाल ३ स्वर्ण, ३ रजत र २ कांस्यसहित तेस्रो भएको थियो ।
जुन २५ देखि २७ तारिखसम्म सञ्चालन भएको प्रतियोगितामा नेपालबाट समान ३–३ पुरुष र महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
हरिकुमार रिमालले दोहोरो स्वर्ण जितेका थिए । उनले पुरुषको ५ हजार र १० हजार मिटरमा नेपाललाई स्वर्ण दिलाए । अर्को स्वर्ण विजेतामा कान्छीमाया कोजु रहिन् । कान्छीमायाले महिलाको १० हजार मिटर दौडमा पहिलो स्थान हात पारिन् । कान्छीमायाको नाममा थप एक रजत पनि रह्यो । कान्छीमाया ५ हजार मिटर दौडमा दोस्रो भइन् ।
त्यस्तै गोपीचन्द्र कार्कीले पुरुषको ५ हजार र १ हजार ५ सय मिटर दौडमा दोस्रो स्थान हात पारे । पुरुषको ८ सय मिटर दौडमा मुक्ति खड्काले कांस्य प्राप्त गरे । महिलाको ट्रिपलजम्पमा केशरी चौधरीले कांस्य पदक हासिल गरिन् । लङजम्पमा भने केशरी पाँचौं भएकी थिइन् ।
सहभागी ६ मध्ये दिलमाया कार्की भने पदकविहीन बनिन् । महिलाको ४ सय मिटर दौडमा प्रतिस्पर्धा गरेकी दिलमाया फाइनल चरणमा पुगेकी थिइन् । स्वास्थ्यका कारण दिलमायाले फाइनल नखेलेको एथलेटिक्स मुख्य प्रशिक्षक एवं टिम प्रशिक्षक सुशीलनरसिंह राणाले जनाएका छन् ।
आइतबार स्वदेश फर्किएको टोलीलाई नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह, महासचिव सुनील राजवंशी, सचिव आरके विष्टलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

१६ असार २०७१, सोमबार ०९:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक..