फुटबलका सौखिन अर्बपति

काठमाडौ, १४ असार । अर्बपति भए पनि उनलाई खेलले जति बेलै तानिरहेको हुन्थ्यो । सोचिरहन्थे, ‘कमाइको केही हिस्सा खेलमा लगानी गर्न पाए ।’ सायद यही फिव ले हुनुपर्छ उनले यो विश्वकपलाई खेर जान दिएनन् । ब्राजिलमा विश्वकप सुरु हुनै ताका चीनमा सनसनी मच्चियो, ‘अर्बपति ज्याक मालेले फुटबलमा हात हाले ।’

चीन फुटबलमा त्यति सबल छैन । त्यसैले उनको उद्देश्य नाफाका लागि भन्दा पनि चिनियाँ फुटबललाई विश्वसामु पुर्‍याउने धोको छ । अलिबाबा ग्रुप होल्डिङका संस्थापक ज्याकले ‘ग्वाङजाउ इभरग्रान्डी सकर टिम’ मा लगानी गरेका हुन् । उनी ई-कमर्सबाट धनी भएका हुन् । उनको सम्पत्ति ९ अर्ब ५० करोड अमेरिकी डलर रहेको फोब्र्सले जनाएको छ ।

फुटबलले उनलाई नाफा नदिए पनि त्यसमार्फत ब्यवसायको मार्केटिङ टुल हुने विश्वासले पनि लगानी गरेका हुन् । चीनका टेलिभिजनबाट प्रसारण हुने सबै खेलमध्ये ५० प्रतिशत फुटबल प्रसारण हुन्छ । त्यसपछि ५० प्रतिशतमा अरू खेल देखाइन्छ ।

ज्याक जस्तो उद्देश्यले फुटबलमा लगानी गर्ने उनी मात्र हैन । धेरै अर्बपतिहरू छन् । कोही खेलका पारखी भए पनि खेल्न नपाएकाले अरूमाथि लगानी गरेर चित्त बुझाइरहेका छन् । कोही यसबाट पाइने विश्वव्यापी चर्चाका कारण पनि लोभिइरहेका हुन्छन् । यहाँ फुटबल रुचाउने अर्बपतिबारे चर्चा गरिँदै छ । जो खेलेर होइन, त्यसमा लगानी गरेर चर्चामा आएका हुन् ।

सिंगापुरका अर्बपति पिटर लिम पनि हालसालै युरोपियन फुटबल क्लब भ्यालेन्सियाको स्पेनिस टिमका नयाँ मालिक बनेका छन् । अन्य एसियाली लगानीकर्ताभन्दा राम्रो अवसर पाउन उनले फुटबल क्लब किनेका हुन् । यो उनको पुरानो सपना थियो । तेल व्यापारबाट सम्पत्ति कमाएका उनी म्यानचेस्टर युनाइटेडका फ्यान हुन् । तर सन् २०१० मा लिभरपुलसँग जोडिएको खबर बाहिर आएको थियो ।

उनले टिमको ७० दशमलव ४ प्रतिशत हिस्सा किनेका हुन् । दुई पटक च्याम्पियन लिगको अन्तिम चरणमा पुगेको टिम ऋणले थिचिएकाले लिमको लगानीलाई भ्यालेन्सिया फाउन्डेसनले अनुमोदन गरेको हो ।

बरजया ग्रुपका अध्यक्ष एवं मलेसियाली टाइकुन विन्सेन्ट टान वेल्स क्लब कार्डिफ सिटी फुटबल क्लबका मालिक हुन् । सन् २०१० मा उनले फुटबल क्लबको ३० प्रतिशत सेयर किनेका थिए । सन् २०१४ को अप्रिलसम्म आइपुग्दा उनले आफ्नो सेयर बढाएर ९० प्रतिशत पुर्‍याएको क्लबको पछिल्लो वित्तीय विवरणले देखाएको विकिपेडियामा छ । उनले चार वर्षको अवधिमा क्लबको ऋण, मर्मत, खेलाडीको तलब र हस्तान्तरण शुल्क गरी झन्डै २४ करोड डलर खर्च गरेका छन् ।

सन् २००३ मा चेल्सीमा लगानी गरेका रुसी अर्बपति रोमन अब्रमोभिचलाई फाइदा पुगेको छ । चेल्सी अहिले युरोपको टप क्लबमा पुगेको छ । जो मेनचेस्टर सिटीसँगै विश्वमै सबैभन्दा बढी कमाउने स्पोर्टस टिममा पर्छ । चेल्सीका पूर्वमालिक केन बेट्स थिए ।

उनी फुटबललाई माया गर्ने भएकाले चेल्सीमा लगानी गरेका थिए । यसको सबै खेलमा उनको इमोसन लाई टेलिभिजनमा प्रत्यक्ष देख्न सकिन्छ । सन् २०१३ को जुलाई १ मा चेल्सीले अब्रमोभिचको १० वर्षे वनरसिप मनाएको थियो । तेल, स्टिललगायत अन्य व्यवसायमा संलग्न अब्रमोभिचको कुल सम्पत्ति १३ अर्ब ४० करोड डलर रहेको फोब्र्सले जनाएको छ । कान्तिपुर दैनिकबाट

१४ असार २०७१, शनिबार ०५:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक..