मोबाइल प्रयोग गर्नेको सङ्ख्या साढे दुई लाख

बाँके, १३ असार । बाँके जिल्लामा मोबाइल प्रयोग गर्नेको सङ्ख्या साढे दुई लाख नाघेको छ ।
नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगन्जका अनुसार बाँकेमा दुई लाख ५७ हजार १ सय ९९ जना मोबाइल ग्राहक छन् । ३५ लाख ४६ हजार ६ सय ८२ जनसङ्ख्या रहेको मध्यपश्चिम क्षेत्रमा मोबाइल बोक्ने ११ लाख १० हजार ९ सय ५ जना पुगेका छन् ।
ल्यान्डलाइन फोन प्रयोग गर्ने ३१ हजार १ सय ९१ जना रहेका छन् । टेलिकम क्षेत्रीय कार्यालयका अनुसार जिल्लामा जिएसएम पिप्रेड ग्राहक दुई लाख १३ हजार ५२, जिएसएम पोस्टपेड ग्राहक सात हजार १ सय ९८, सिडिएम स्काई प्रिपेड ग्राहक ३६ हजार ७ सय १६ र स्काई पोस्टपेड ग्राहक २ सय ३३ जना रहेका छन् ।
जिल्लामा ल्यान्डलाइन प्रयोगकर्ता ११ हजार ३ सय १८ जना रहेका छन् । ल्यान्डलाइन ग्राहक नेपालगन्जमा सात हजार ४ सय ७३, कोहलपुरमा एक हजार ८ सय ३४, राँझामा ३ सय १६ र खजुरा ३ सय ६० रहेका छन् ।
चालु आर्थिक वर्षको वैशाख महिनासम्म मध्यपश्चिममा मोबाइल प्रयोग गर्ने ११ लाख १० हजार ९ सय ५ जना र ल्यान्डलाइन प्रयोग गर्ने ३१ हजार १ सय ९१ जना पुगेका हुन् ।
मध्यपश्चिममा जिएसएम पिप्रेड ग्राहक नौ लाख सात हजार ५ सय ११, जिएसएम पोस्टपेड ग्राहक १८ हजार ७८, सिडिएम स्काई प्रिपेड ग्राहक एक लाख ७८ हजार ४५ र स्काई पोस्टपेड ग्राहक सात हजार २ सय ७१ जना रहेका छन् ।
मध्यपश्चिमका १५ जिल्लाका सबै गाविसमा टेलिफोन सेवाको पहुँच विस्तार भइसकेको छ ।

१३ असार २०७१, शुक्रबार १८:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा उल्लेख गरिएअनुकूल..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..