बालबालिकाको जन्मदिनमा पारस सहभागी

काठमाडौं, १३ असार । नेपाली राष्ट्रिय क्रिकेटका टिम कप्तान पारस खड्काले बिहीबार विशालनगरस्थित चिल्ड्रेन सेल्टरका बालबालिकासँग केही समय बिताएका छन् ।

उनले सेल्टरका बालकालिकासँग केही बेर अन्तरक्रिया पनि गरे । उनले बालबालिकाले राखेका विभिन्न जिज्ञासाको उत्तर पनि दिएका थिए । सोही अवसरमा बालबालिकाले सामूहिक जन्मदिन पनि मनाएका थिए । त्यस क्रममा उनीहरू सबैले पारससँगै मिली केक काटेर खुसियाली मनाएका थिए ।

कुराकानीको क्रममा पारसले त्यहाँका बालबालिकालाई क्रिकेट बल, ब्याट उपलब्ध गराइदिने आश्वासन दिएका थिए । पारसले आश्रय नजिकको मैदानमा बालबालिकासँग केही बेर क्रिकेट पनि खेलेका थिए ।

उक्त सेल्टरमा हाल २७ बालबालिका रहेको सेल्टरकी अध्यक्ष खुश्बु ओलीले जानकारी दिइन । विदा हुनुअघि सेल्टरका बालबालिकाले खड्कालाई उपहार पनि दिएका थिए ।

१३ असार २०७१, शुक्रबार ०६:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै संक्रमितको संख्या बढी हो ।..

मुकेश चौरसिया हत्याको किटानी जाहेरी दर्ता

पर्सा । पर्साको बिन्दाबासिनी गाँउपालिकाका नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्याको किटानी जाहेरी आज प्रहरीले..

चन्द समूहका कम्पनी कमिसारसहित दुई जना पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द समूहका कम्पनी कमिसारसहित दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा..

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..