इन्टरनेट डोमेन नाम र नम्बरको व्यवस्थापन अब आइक्यानले गर्ने


काठमाडौं, १२ असार । हाल प्रयोग भइरहेको इन्टरनेटको डोमेन (डट जिओभी, डट ओआरजी आदि नाम) नाम र नम्बरको दर्ता व्यवस्थापन अब आइक्यान (इन्टरनेट कर्पाेरेसन फर असाइन्ड नेम्स एन्ड नम्बर्स) संस्थाले गर्ने भएको छ ।
सञ्चार र इन्टरनेटसम्बन्धी आइक्यानको संयुक्त अधिराज्यमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिई आज स्वदेश फर्कनुभएका सूचना तथा सञ्चार मन्त्री मीनेन्द्र रिजालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सो जानकारी दिए ।
हालसम्म इन्टरनेटको डोमेन नाम र नम्बर दर्ताको व्यवस्थापन संयुक्त राज्य अमेरिकाको सरकारले गर्दै आएको थियो ।
आइक्यानले इन्टरनेटको डोमेन व्यवस्थापनको सम्पूर्ण कार्य गरिनसकेको सङ्क्रमणकालीन अवस्थामा कसरी व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा सम्मेलन आयोजना गरिएको नेपालको प्रतिनिधिका रुपमा भाग लिनुभएका मन्त्री डा. रिजालले बताए ।
सम्मेलनका क्रममा संयुक्त अधिराज्यमा रहँदा मन्त्री डा. रिजालले सन् २०१६ मा नेपाल–बेलायतको दौत्य सम्बन्ध स्थापना भएको दुई सय वर्ष पुग्ने अवसरमा त्यहाँका प्रतिनिधिहरुसँग कुराकानी भएको जानकारी गराए ।

१२ असार २०७१, बिहीबार १३:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..