भीषण मुकारुङको चन्द्रमुखी

काठमाडौं, १० असार । गायक भीषण मुकारुङले आफ्नो चौथो एल्बम ‘चन्द्रमुखी’ बजारमा ल्याएका छन् । राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा यस एल्बमको संगीतज्ञ अम्बर गुरुङले विमोचन गरे ।

नौवटा गीत रहेको यस एल्बमको शीर्ष–गीतमा वसन्त थाम्सुहाङको शब्द र पारस मुकारुङको संगीत छ । वसन्तका साथै जीवन मुकारुङ, नवीन दाहाल, जाङबु शेर्पा, कुमार विवाहित, शुभ मुकारुङ, प्रभा आचार्य, कुल रुङमाङ र दिनेश बान्तवाका पनि शब्द ‘चन्द्रमुखी’मा समेटिएका छन् । यस एल्बममा पारसका साथै महेश खड्का, वसन्त सापकोटा, बलराम समाल, सुरेश अधिकारी, दिनेश बान्तवा र गायक स्वयंले पनि संगीत भरेका दिएका छन् ।

भीषणले यसअघि ‘विश्वासको बन्धन’, ‘सक्सेस’ र ‘माहोल’ नामक एल्बम बजारमा ल्याएका थिए । उनले पहिलो एल्बममा समेटेको ‘अँधेरीमा जुन फुल्दा’ बोलको गीतलाई यसपटक नयाँ भर्सनमा प्रस्तुत गरेका छन् । भीषणलाई यही गीतले दर्शक–श्रोतामाझ बढी चर्चा दिलाएको हो । ‘चन्द्रमुखी’ विमोचनमा टाइटल गीतको भिजुअल देखाइएको थियो ।

कार्यक्रमको सभापतित्व बरिस्ठ संगीतकार बुलु मुकरुंगले गर्नू भएको थियो भने चंदमुखी एल्बम माथि गीतकार दुतेन्द्र चामिलिंग , संगीतकार सुरेश अधिकारी गायिका लोचन भट्टाराई , गीतकार विश्वो बल्लवले एल्बम माथि चर्चा गर्नु भयो थियो । भिषण मुकरुंगले चन्द्रमुखी एल्बमबाट शुभ मुकरुंगको रचना र बलराम समालको संगीत रहेको गीत गाएर दर्शक सामु पस्कनु भएको थियो ।

१२ असार २०७१, बिहीबार ००:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिका राष्ट्रपति चुनाव : अग्रिम मतदान गर्ने संख्या बढ्दो

न्यूयोर्क । अमेरिकामा आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपतिको चुनावमा अग्रिम मतदान गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ ।..

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..