पृथु बास्कोटाको सहयोगमा मैत्रिपूर्ण क्रिकेट

हेमन्त काफ्ले, सिड्नी । नेपाली राष्ट्रिेय टोलीका सदस्य तथा युथ १९ टोलीका कप्तान पृथु बास्कोटाको सम्मान तथा सहयोगमा सिडनीमा मैत्रिपूर्ण क्रिकेट प्रतियोगिताको आयोजना गरियो । घुँडाको शल्यक्रियापछि फीजियोथेरापीको क्रममा रहेका पृथुको उपचारमा थप सहयोग पुरयाउने उद्धेश्यका साथ यहाको नेपाली क्रिकेट संघ अस्ट्रेलिया(एनसीएए)ले सो मैत्रिपूर्ण क्रिकेटको आयोजना गरेको थियो ।
पृथुको उपचारमा कुल १७ हजार डलर खर्च हुने र हालसम्म करिब १३ हजार डलर संकलन भैसकेको अवस्थामा यहाको नेप्लीज क्रिकेट संघ अस्ट्रेलियाले सहयोगका लागि मैत्रिर्पूर्ण क्रिकेट कार्यक्रमको आयोजना गरेको हो ।
सो कार्यक्रम मार्फत पृथुको थप उपचारको लागि करिब ३ हजार डलर संकलन गरिएको एनसीसीएले जनाएको छ । पृथुको उपचारमा सहयोगी भुमिका निर्वाह गर्ने बिपीन कार्की र मनिष सुबेदीले पृथु उपचारको .क्रममा थप एक महिना यहा रहनुपर्ने भएकोले केही रकम अपुग भएका् बताए ।

बिपीनले पृथुजस्ता मुलुकको नाम उचो पार्ने खेलाडीको सहयोगमा सबै नेपाली एकजुट भएकोले यसमा राजनितीक रंग नदिन सबैलाई आग्रह गरेका छन । कार्की र सुबेदीले नै पृथुको उपचारको पारम्भीक अभियान थालनी गर्दै अहिलेसम्म कार्य गर्दै आएका छन । हामीलाई अस्ट्रेलियाका सबै नेपाली दाजुभाइ तथा संघसंस्थाले सहयोग गरेका छन यसका लागि उहाँंहरु धन्यबादका पात्र हुनुहुन्छ,विपीनले भने ।

हामीले यहा उठेको खर्चमा पृथुको उपचार र बढि भएमा नेपाली क्रिकेट खेलाडीको उपचारका लागि अक्षयकोषमा पठाउने सोच बनाएका छौ । उनको सम्मान तथा सहयोगमा ब्रिसबेनमा समेत यस्तै मैत्रिपूर्ण खेल आयोजना गरिने बिपीनले बताए । पृथुले प्रवासमा खेलाडीको सम्मान र सहयोग देख्दा आफुलाई खेलाडी भएकोमा गर्व लागेको बताए । मुलुकमा खेलेर्रै बाच्न सक्ने बाताबरण बन्न नसकेको अवस्थामा पनि प्रवासमा भने मुलुकका लागि खेल्ने खेलाडीको गर्विलो सम्मानले खेल्न लाई थप उत्साह मिलेको पृथुले बताए ।

९ असार २०७१, सोमबार ०६:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिका राष्ट्रपति चुनाव : अग्रिम मतदान गर्ने संख्या बढ्दो

न्यूयोर्क । अमेरिकामा आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपतिको चुनावमा अग्रिम मतदान गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ ।..

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..