लिम्बुवान ——–हाङयुग अज्ञात

तमोर खोलाको तिरैतिर
उहिले-उहिले च्या-ब्रुंग बजाउँदै
जब हिंड्थे किराँतेश्वर उभों-उभों
तब पनि थियो लिम्बुवान,
समयको आयु सकेर
आकाश-गङ्गाबाट एक-एक तारा
जब खस्नेछ शून्य ब्ल्याक होलमा
तब पनि रहिरहनेछ लिम्बुवान !

लिम्बुवान यौटा ‘स्वत्व’ हो जीवनको
अमर अजर अनन्त अविनाशी
यो जगमा केही नहोस्
प्राणी बस्तु तत्व
तर पनि हुन्छ लिम्बुवान
किनभने लिम्बुवान ‘स्वत्व’ हो जीवनको !

हरेक दिन जन्मिरहेका नानीहरू
हरेक दिन उम्रिरहेका बिरुवाहरू
यो माटो, यो पानी, यो हावा, यो आगो
र दिनदिनै हुर्किरहेका जुलुसहरू
यी सबै-सबैमा छन् लिम्बुवान
यी सबै नहुन्
तर पनि हुन्छ लिम्बुवान
किनभने लिम्बुवान ‘स्वत्व’ हो जीवनको !

जीवन यौटा अस्तित्व
यौटा ‘हुनु’को भाव
यौटा आत्मा
यौटा विचार,
अथवा कालो अन्धकारमा पनि
उपस्थितिको अनुभव हो जीवन
र यही जीवनको ‘स्वत्व’ हो लिम्बुवान !

मुटुमा धड्कीरहेको छ लिम्बुवान
नसामा बगिरहेको छ लिम्बुवान
सोध फक्तांगलुङ वरिपरि बस्ने देवताहरूलाई
कि कहाँ छ लिम्बुवानलाई मेट्न सक्ने मसी ?
सिंगो प्रिथिवी प्रलय होस्
पिण्ड, ग्रह-नक्षत्रहरू मेटिओस्
ब्रम्हाण्डहरू शून्यमा शून्यसरि बिलाओस्
तर लिम्बुवान यस्तो
अथाह अकल्पनीय अपार
शून्यतामा पनि रहिरहन्छ,
किनभने लिम्बुवान ‘स्वत्व’ हो जीवनको !

तमोर खोलाको तिरैतिर
उहिले-उहिले च्या-ब्रुंग बजाउँदै
जब हिंड्थे किराँतेश्वर उभों-उभों
तब पनि थियो लिम्बुवान,
समयको आयु सकेर
आकाश-गङ्गाबाट एक-एक तारा
जब खस्नेछ शून्य ब्ल्याक होलमा
तब पनि रहिरहनेछ लिम्बुवान !

६ असार २०७१, शुक्रबार २२:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिका राष्ट्रपति चुनाव : अग्रिम मतदान गर्ने संख्या बढ्दो

न्यूयोर्क । अमेरिकामा आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपतिको चुनावमा अग्रिम मतदान गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ ।..

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..