चिली र क्रोएसिया विजयी, क्यामरुनको अर्को हार

काठमाडौं, ५ असार । ब्राजिलमा जारी २०औं फिफा विश्वकपको सातौं दिन बुधबार पनि तीन म्याच भए जसमा सनसनीखेज तरिकाले गत २०१० को विश्वकप विजेता बनेर डिफेन्डिङ च्याम्पियनका रूपमा ब्राजिल पुगेको स्पेन चिलीविरुद्ध २–० ले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ ।
पहिलो म्याचमा गत विश्वकपको लुजिङ फाइनलिस्ट नेदरल्यान्ड्सविरुद्ध ५–१ को विशाल अन्तरले हारेको स्पेनको यो लगातार दोस्रो पराजय थियो । अब स्पेनका लागि नकआउट चरणमा पुग्ने ढोका ड्याम्मै बन्द भइसकेको छ ।
यसअघि सन् १९९८ को विश्कप विजेता फ्रान्स पनि अर्को संस्करण २००२ मा एउटै गोल गर्न नसकी समूह चरणबाटै बाहिरिएको थियो । तर, स्पेन त्यस्तो पहिलो डिफेन्डिङ च्याम्पियन हो जो समूह चरणमै पनि एक खेल बाँकी छँदै विश्वकपबाट बाहिरिन पुगेको छ ।
बुधबार राति भएको पहिलो म्याचमा नेदरल्यान्ड्सले आफ्नो सानदार लय फेरि एकपटक प्रदर्शन गर्दै सकरुज टोली अस्टे«लियालाई रोमाञ्चक म्याचपछि ३–२ ले पराजित गर्यो । यसैगरी नेपाली समयअनुसार बिहीबार बिहान भएको समूह एको म्याचमा क्रोएसियाले १० जनामा सीमित क्यामरुनलाई ४–० ले सहजै पराजित ग¥यो ।

पोर्तो एलेग्रे रंगशालामा बुधबार अस्टे«लियालाई एक रोमाञ्चक खेलमा ३–२ ले पराजित गर्दै नेदरल्यान्ड्स नकआउट चरणमा प्रवेश गरिसकेको छ । दुवै टोलीले लगभग खेलको अन्त्यसम्मै एकअर्कालाई अग्रता लिन नदिएरै खेलेका थिए तर अन्त्यमा बाजी डच टोलीका हातमा पर्यो ।
आर्यन रोब्बेनले नेदरल्यान्ड्सलाई पहिलो अग्रता दिलाएका थिए तर त्यसको एक मिनेट नबित्दै टिम काहिलले ‘गोल अफ दि टोर्नामेन्ट’ को उम्मेदवार बन्न सक्ने सुन्दर इक्वलाइजर गोल गरे ।
दोस्रो हाफ सुरु भएको केही बेरमै पेनाल्टी प्रहारमा माइल जेडिनाकले अस्टे«लियालाई २–१ को सनसनीखेज अग्रता दिलाए । तर यो अग्रता पनि धेरै बेर कायम रहेन । रबिन भान पर्सीले खेललाई २–२ को स्थितिमा पुर्याए भने खेलको अन्त्यतिर सब्स्टिच्युट खेलाडी मेम्फिस डिपेयेले निर्णायक गोल गर्दै डच टोलीको विजयश्री यात्रालाई निरन्तरता दिए ।
विश्वकप २०१४ गम्भीरतापूर्वक हेरिरहेका फुटबलप्रेमीहरूको विचारमा, अस्टे«लिया–नेदरल्यान्ड्स म्याच हालसम्म चालु विश्वकपको सबैभन्दा रोमाञ्चक खेल हो ।
यो पराजयपछि अस्टे«लिया प्रतियोगिताबाट बाहिरिइसकेको छ । अब घर फर्किनुअघि उसले सोमबार स्पेनविरुद्ध आफ्नो अन्तिम समूह चरण म्याच खेल्ने छ ।

बुधबार राति (नेपाली समयअनुसार बिहीबार बिहान १२ः४५ बजे) चिलीका लागि केही खास कुराको सुरुआत भएको हो कि जस्तो रह्यो भने स्पेनका लागि ६ वर्ष लामो सुनौलो यात्राको दुःखद अन्त्य भएजस्तो धेरै महसुस गरे ।
रियो डी जेनेरियोस्थित माराकाना रंगशालामा भएको म्याचमा एडुवार्डो भार्गास र चाल्र्स आराङग्वेजले पहिलो हाफमा गरेका एक–एक गोलले गर्दा चिलीले डिफेन्डिङ च्याम्पियन स्पेनलाई २–० ले पराजित गर्दै विश्वकप २०१४ बाट समूह चरणमै बाहिरिने टोलीमा बदली दियो ।
जितसँगै चिली अब समूह बीमा शीर्षमा रहेको नेदरल्यान्ड्ससित समान ६ अंकसाथ छ । दुवै टोली नकआउट चरणमा पुगिसकेका छन् । अब समूह विजेताको छनोट यी दुई टोलीबीच साओ पाउलोमा सोमबार हुने म्याचले टुंगो गर्ने छ ।
चिलीको सबैभन्दा राम्रो विश्वकप यात्रा १९६२ को विश्वकप थियो । चिलीमै आयोजित त्यो विश्वकपमा चिलीले तेस्रो स्थान हासिल गरेको थियो ।

घाइते स्टार स्ट्राइकर स्यामुएल इतो बेगर नै मैदानमा उत्रिएको क्यामरुनविरुद्धको म्याचमा निलम्बनपछि पुनः खेलमा फर्किएका मारियो मान्डुकिचले दोस्रो हाफमा (६१औं र ७३औं मिनेटमा) एक्लैले दुई गोल गरे भने मानाउसस्थित एरेना अमेजोनिया रंगशालामा भएको यो म्याचपछि तीन अंकका साथ क्रोएसियाले नकआउट चरणमा पुग्ने सम्भावना जीवितै राखेको छ । मान्डुकिच विश्वकप क्वालिफाइङ राउन्डको प्लेअफ म्याचमा सस्पेन्सनमा परेका थिए ।
समूह विजेता ब्राजिल र दोस्रो स्थानमा रहेको मेक्सिको समान चार अंकमा छन् भने क्रोएसियाको तीन अंक भएको छ । अब यदि क्रोएसियाले सोमबार मेक्सिकोविरुद्धको खेलमा जित हासिल गर्न सक्यो भने नकआउट चरणमा प्रवेश पाउने छ ।
एभिका ओलिकले ११औं मिनेटमै क्रोएसियालाई अग्रता दिलाएका थिए । अफ्रिकी टोली ४०औं मिनेटमा १० जनामा सीमित हुन पुग्यो जतिखेर एलेक्स सोङले क्रोएट प्लेमेकर मान्डुकिचलाई पछाडिबाट कुहिनाले हिर्काउँदै फाउल गरेपछि रातो कार्ड पाएर बाहिरिएका थिए । ४८औं मिनेटमा पेरिजिकले अग्रता २–० पु-याए ।
विश्वकपमा क्यामरुनको यो लगातार छैटौं पराजय र पाँचौं समूह चरणबाटै बहिर्गमन हो । यसअघि १९९० मा रोजर मिल्लाको रोमाञ्चक टोली हुँदा क्यामरुन क्वार्टरफाइनलसम्म पुगेको थियो । प्रतियोगिताबाट बाहिरिइसकेको क्यामरुनले अब सोमबार ब्रासिलियामा आयोजक ब्राजिलविरुद्ध खेल्ने छ ।

५ असार २०७१, बिहीबार १७:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..