ब्राजिल मेक्सिकोसँग रोकियो

रियो दि जेनेरियो, ४ असार : विश्‍वकप फुटबलमा उपाधी दाबेदार ब्राजिल मंगलबार राती मेक्सिकोसँग गोलरहित बराबरीमा रोकिएको छ।

समुह ‘ए’ अन्तर्गत आफ्नो दोस्रो खेलमा घरेलु टोली ब्राजिल, मेक्सिकोका गोलरक्षक गुलेर्मो ओचोआको उत्कृष्ट प्रदर्शनपछि अंक बाढ्न बाध्य भयो। दुई खेलबाट चार अंक भएको ब्राजिल समुहको शिर्षस्थानमा छ। मेक्सिकोको चार अंक भएपनि गोल अन्तरमा ब्राजिलभन्दा पछाडी रहँदै दोस्रो स्थानमा छ।

ब्राजिलको १० खेलको जित यात्रा टुंगिएको छ।गत अगस्टमा स्विजरल्यान्डसँग १-० गोलले पराजित भएयता खेलेका सबै खेलमा ब्राजिल विजयी भएको थियो।

ब्राजिललाई अंक बाढ्न बाध्य बनाउन मेक्सिकोका गोलरक्षक गुलेर्मो ओचोआले शानदार प्रदर्शन गरे। उनले श्रृखंलाबद्वरुपमा विपक्षी आक्रामण रोकेर टोलीको संकट टारेका थिए।

समुहको अन्तिम खेलमा मेक्सिकोले क्रोएसिया र ब्राजिलले क्यामरुनको सामना गर्ने छ। -एजेन्‍सी

४ असार २०७१, बुधबार ०७:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक..