एसियन माट्सोगी च्याम्पियनसिपमा राजकुमार र कनवरपाललाई स्वर्ण

काठमाडौं, ३ असार । नेपालका राजकुमार राई र भारतका कनवरपाल सिंहले प्रथम एसियन माट्सोगी डो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । पुरुष १४ वर्षमुनिको २६ केजी तौलसमूहको फाइनलमा नेपालका राजकुमारले नेपालकै मनोज राईलाई हराएका थिए ।

सेमिफाइनलमा राजकुमारले सुजित गुरुङलाई र मनोजले दिनेश पराजुलीलाई हराउँदै फाइनलमा पुगेका थिए । पुरुष १४ वर्षमुनिको २४ केजी तौलसमूहको फाइनलमा भारतका सिंहले नेपालका प्रकाश बराललाई हराउँदै स्वर्ण जितेका थिए । सिंहले नेपालका सक्षम नेपालीलाई तथा प्रकाशले नेपालका विप्लव पराजुलीलाई सेमिफाइनलमा हराएका थिए ।
सेमिफाईनलमा पराजित दुवै समूहका खेलाडी तेस्रो भए । यसअघि सोमबार नै प्रतियोगिताको उद्घाटन संविधान सभाका सभासद नवीन्द्रराज जोशीले गरेका थिए ।
प्रतियोगितामा नेपाल लगायत भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र भुटानको सहभागिता रहेको प्रतियोगिता संयोजक पुरुषोत्तम बुढाथोकीले जनाएका छन् ।
दुई दिने प्रतियोगितामा २ सय ५० खेलाडीले ५० स्वर्णका लागि प्रतिस्पर्धा गर्ने छन् । उद्घाटनका अवसरमा माट्सोगी डो का भारतका ग्रान्डमास्टर गुरुदीप सिंह, संयोजक बुढाथोकीलगायतको उपस्थिति थियो । एसियली प्रतियोगिता भनिए पनि साउथ एसियन राष्ट्रको मात्र उपस्थिति रहेको छ ।

३ असार २०७१, मंगलवार ११:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक..