हिम्सलाई महिला बास्केटबल उपाधि

काठमाडौं, ३१ जेठ । हिम्स क्लबले हिम्स आमन्त्रण क्लबस्तरीय महिला बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।
जोरपाटीको नारायणटारस्थित आयोजक हिमालय इन्टरनेसनल मोडेल हायर सेकेन्डरी स्कुल (हिम्स) को कोर्टमा शुक्रबार भएको फाइनलमा हिम्सले भारतको सिक्किमस्थित एकलब्य मोडेल रेसिडेन्सियल स्कुल (इएमआरएस) लाई ५७–५४ ले पराजित ग¥यो ।
पहिलो क्वाटरमा हिम्सले २१–११ को अग्रता लिएको थियो । दोश्रोमा एकलब्यले १८–६ स्कोर गर्दै समग्रमा २ अंकको अग्रता बनायो । तेश्रोमा हिम्सले समग्रमा २ अंकको अग्रता लिने क्रममा १८–१४ को प्रदर्शन ग¥यो । चौथो तथा निर्णायक क्वाटरमा हिम्स १२–११ को झीनो अन्तरले अगाडि रहँदै उपाधि सुनिश्चित गर्न सफल भयो ।
हिम्सको जितमा ‘वोमन अफ द म्याच’ चुनिएकी समिक्षा न्यौपानेले सर्वाधिक १८ अंक योगदान गरिन् । त्यस्तै हिम्सको स्कोर बोर्डमा ज्ञानु गौचनले १३, नेहा चौधरीले ११, प्रीति तुलाचनले १० तथा माया स्याङतानले ५ अंक थपे ।
उता एकलब्यकी निमा डोमा भुटियाले १२ स्कोर गरिन् । निमा ‘मोस्ट भेलुएबल प्लेयर’ पनि घोषित भइन् । त्यसवापत निमाले १० हजार नगद पुरस्कार प्राप्त गरिन् ।
उपाधिसंगै हिम्सले १ लाख नगद पुरस्कार हात पा¥यो । पाहुना टोली एकलब्यले ५० हजार रुपैयाँमा चित्त बुझायो ।
विजेतालाई हिम्सका प्रिन्सिपल आरसी खनाललगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । दुईदिने प्रतियोगितामा हिम्स, एकलब्यसहित साइपाल एकेडेमी र रिब्स अल स्टार गरी चार टिमले प्रतिस्पर्धा गरेका थिए ।

३१ जेष्ठ २०७१, शनिबार ०५:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल कम्पाउण्ड पाइनु त्यहाँ..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..