विश्वकप फुटबल भव्य समारोहबीच उद्घाटन

– सिन्ह्वा
ब्रासिलिया, ३० जेठ । ब्राजिलको साओ पाओलो स्टेडियममा भब्य समारोहकाबीच विश्वकप फुटबल खेलको सुरुवात भएको छ ।
स्थानीय समयअनुसार बिहीबार अपरान्ह विश्वका खेलप्रेमीहरुको सबैभन्दा चर्चित प्रतिश्पर्धाका रुपमा रहेको फुटबलको उद्घाटन गरिएको हो ।
विश्वकप फुटबलको २० औँ संस्करणको सुरुवात विश्वकप धेरै पटक जितेको राष्ट्र ब्राजिलमा नै भएको छ । यस पटक पनि उसको विजय सम्भावित नै देखिन्छ ।
करिब १६ अर्ब अमेरिकी डलर खर्च भएको भनिएको विश्वकै लगभग सबैभन्दा महँगो र चर्चित यस फुटबल प्रतिश्पर्धा करिब महिनादिनसम्म सञ्चालन हुँदैछ ।
प्रतिश्पर्धामा विश्वका ३२ देशका खेलाडीले भाग लिएका छन् । निकै आकर्षक रुपमा सजाइएको एक भब्य समारोहकाबीच विश्व चर्चित गायकहरुले गीत गाएर त्यसको उद्घाटन गरिएको थियो ।
तर सो समारोहमा औपचारिक भाषणको कार्यक्रम भने राखिएको थिएन । उक्त रङ्गशालामा करिब ६५ हजार दर्शकको क्षमता रहेको भए पनि हिजो भने आधाभन्दा पनि कमैमात्र पाहुना त्यहाँ पुगेका थिए ।

३० जेष्ठ २०७१, शुक्रबार १५:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै संक्रमितको संख्या बढी हो ।..

मुकेश चौरसिया हत्याको किटानी जाहेरी दर्ता

पर्सा । पर्साको बिन्दाबासिनी गाँउपालिकाका नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्याको किटानी जाहेरी आज प्रहरीले..

चन्द समूहका कम्पनी कमिसारसहित दुई जना पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द समूहका कम्पनी कमिसारसहित दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा..

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..