चुम्बनभन्दा सेक्स प्यारो–जिया केसी, नायिका

यतिबेला सिनेबजार नायिका जिया केसीको चर्चाले निकै तातेको छ। अहिलेसम्म जिया अभिनीत एउटा चलचित्र पनि प्रदर्शन भएको छैन तर उनको चर्चा चुलिएकै छ। यसरी चलचित्र प्रदर्शन नहुँदै उनको चर्चा हुनुकै एउटै कारण छ, यी सेक्सी ठिटीले 145एटीएम146 भन्ने चलचित्रमा निकै लामो र कामुक टङ किस दिइन। उनकै शब्दमा भन्दा 145हलको पर्दामा यो टङ किस हेर्दा दर्शकको आङ सिरिङ हुन्छ146। त्यसो त उनले दर्शकको आङ सिरिङ पार्ने गरी टङ किस मात्र होइन्, अन्य धेरै उत्तेजक दृश्यहरू पनि दिएकी छिन्। यद्यपि कतिपयले उनका यस्ता दृश्यलाई अश्लीलताको संज्ञा दिएका छन्। तर उनी यो आरोपलाई ठाडै नर्काछिन्। उनी आफ्नो कामलाई दर्शकले मन पराउनेमा ढुक्क छिन्। यिनै नायिकासँग यसपटक चुम्बन–संवाद गरिएको छ।
तपाईका लागि चुम्बन के हो?
आफूले मन पराएको मान्छेलाई प्रेम अभिव्यक्ति गर्ने सुन्दर माध्यम। जसबाट भरपुर ‘इन्जोय’ लिन सकिन्छ।
यसरी अहिलेसम्म चुम्बन गरेर कति ‘इन्जोय’ लिनुभयो त?
नाइँ, नाइँ। अहिलेसम्म त्यस्तो ‘इन्जोय’ गर्ने अवसर पाएकी छैन।
भनेपछि अहिलेसम्म कसैलाई चुम्बन गरेको छैन्?
त्यस्तो पनि अलि होइन। घरमा दादा–दिदीहरूलाई सामान्य ‘पप्पी’ गरिएको छ। तर तपाईले भन्न खोज्नुभएको जस्तो चुम्बनको अनुभव लिन नपाएको चाहिँ सत्य हो।
यस्तो शुभ काममा किन ढिलाइ नि?
(हाँस्दै) हरेक शुभ कामहरू कहाँ आफूले चाहेअनुसार छिटो हुन्छ र? समय लागिहाल्छ नि। म पनि त्यही मीठो पलको प्रतीक्षामा छु तर हतार चाहिँ छैन।
कुन अगंमा चुम्बन गरेको मन पर्छ?
टाउकोमा। तर फिल्महरू हेर्दा चाहिँ टङ किस र लिप किस गरेको औधि
मन पर्छ।
कुनै जोडी चुम्बनमा लिप्त भइरहेको देख्दा कस्तो हुन्छ?
‘डेफेनेट्ली’ बाहिर देख्यो भने त कस्तो छाडा रहेछ भन्ने लागिहाल्छ। नेपाली समाजको लागि ‘ओपन किस’ पच्दैन, त्यसैलै नगरिदिए हुन्थ्यो जस्तो लाग्छ। तर ‘सेपरेट’ गर्छन् भने त ‘ड्जन्ट म्याटर’।
उसो भए तपाईंले चलचित्र ‘एटीएम’का लागि नायक दिनेश थापासँग गरेको टङ किस चाहिं समाजलाई पच्छ त?
हो, त्यस्तै छाडा चुम्बनहरू समाजमा बढिरहेको छ भन्ने देखाउनको लागि मैले दिनेशजीसँग टङ किस गरेकी हुँ। एउटा पात्र भएर फिल्ममा समाजको ‘रिप्रिजेन्ट’ गर्नु गलत हो र?
दिनेशजीसँग चुम्बन गर्दा ‘इन्जोय’ गर्नुभयो होला नि त?
ओ हो! कहाँ त्यस्तो हुनु नि? तर ग्यारेन्टी चाहिँ के हो भने भोलिपर्सि चलचित्र हेर्दा दर्शकको आङ सिरिङ हुन्छ। कसैलाई थोरै ‘सक’ पनि लाग्ला। यसरी त्यो चुम्बन दृश्यलाई कामुक देखाउन मैले ‘इन्जोय’ गर्नभन्दा आफू कसरी राम्राे गर्न सकिन्छ भन्ने तिर ध्यान दिएँ। फेसलाई सेक्सी देखाउन केयरफुल भएँ। मज्जा लुट्नै पाइएन् नि।
दिनेशको ठाउँका अर्को कुन हिरो भएको भए चुम्बनले अझ जीवन्तता पाउने थियो?
नाइँ, नाइँ। उहाँको ठाउँमा अरु जो भए पनि कुनै फरक पर्र्दैनथ्यो। किनभने त्यहाँ कुनै व्यक्तिलाई भन्दा पात्रलाई चुम्बन गरिएको थियो।
तपाईले यसअघि पनि ‘आफ्नो मनलाई सोधी हेर’ भन्ने फिल्ममा राज तिमल्सिनासँग टङ किस गर्नुभएको थियो र अहिले दिनेशजीसँग। कोसँग बढी मज्जा भयो?
मैले भनिहालें नि, फिल्ममा कुनै व्यक्तिलाई भन्दा पात्रलाई चुम्बन गरिने भएकोले खासै अन्तर हुँदैन तर एउटा कुरा के हो भने राजसँग निर्देशक, निर्माताले प्रेसर गरेर बाध्य भएर गर्नुपरेको र त्यो मेरो पहिलो किस सिन भएकोले नर्भस भएको थिएँ तर दिनेशसँग चाहिँ
‘एग्रिमेन्ट’ अनुसार नै टङ किस गरेकोले ‘इजी फिल’ भयो। यद्यपि टेस्ट फरक भन्ने चाहिँ भएन।
तर चलचित्रमा चुम्बनको दृश्य राख्नु अश्लील भनिएको छ। यसमा तपाईंको प्रतिक्रिया?
अहिले त फिल्ममा चुम्बनको दृश्य दर्शकको डिमान्ड हो। त्यसैले मलाई उहाँहरूले ‘अड’ मान्नु हुन्नजस्तो लाग्छ। जहाँसम्म अश्लीलताको कुरा छ, त्यो चाहिँ बाहिर आदर्श र नैतिकताको ठूला–ठूला गफ दिने तर भित्र यौन भनेपछि मरिहत्ते गर्र्ने ‘हिप्पोक्र्याट’हरूले गर्ने कुरा हो।
कुनै फ्यानले एक्कासि तपाईंको किस गर्योक भने तपाईको प्रतिक्रिया कस्तो हुन्छ?
(हाँस्दै) ‘फस्ट अफ अल’ त ‘सक’ हुन्छु। सायद मेरो सासै अड्किन्छ होला।
देख्दै चुम्बन गर्न मन लाग्ने नेपाली पुरुष?
आर्यन सिग्देल, सुमन सिंह र राज घिमिरे।
सेक्स र चुम्बनमा कुन प्यारो?
सेक्स। किनभने प्रेम अभिव्यक्ति गर्ने सबैभन्दा सुन्दर र अन्तिम माध्यम नै सेक्स हो।
आफ्नो ब्याइफ्रेन्डलाई पहिलो चुम्बन कहाँ गर्नुहुन्छ?
लिपमा।
रियल लाइफमा तपाईंले चुम्बन गर्ने भाग्यमानी पुरुष कहिले आउँला?
ओ हो! त्यस्तो पुरुष आयो र मैले चुम्बन गरेँ भने फस्टमा तपाईंलाई फोन गरेर ‘मैले फलानो केटासँग यसरी किस खाएँ, यस्तो मज्जा आयो, आजको दिन मैले निकै इन्जोय गरें’ भन्छु है!
अन्तिम पटक कसलाई चुम्बन गर्नुभएको थियो?
फोटोसेसनको क्रममा नायिका सोनिया शर्मालाई।
केटी र केटासँग चुम्बन गर्दा कस्तो अन्तर महसुस गर्नुभयो?
– केटा (दिनेश)सँग गर्दा धेरै मान्छेको अगाडि गर्नुपरेको हुनाले थोरै ‘अड फिल’ भएको थियो तर सोनियासँग गर्दा निकै ‘कम्फर्ट’ महसुस गरेँ।
चुम्बनको लागि ओठ निकै सेक्सी हुनुपर्छ भनिन्छ। तपाईंलाई आफ्नो ओठ कतिको सेक्सी लाग्छ?
मलाई त मेरो ओठ सेक्सी लागिहाल्छ। सँगै मलाई चिन्ने सबैले ‘जिया तिम्राे ओठ कति सेक्सी?’ भन्छन्। अझ कतिले त ‘जियालाई चुम्बन गर्न पाए हुन्थ्यो’ भनेर मरिहत्ते गर्छन्। तर अरुलाई मन लाग्यो रे भन्दैमा किस गर्न दिने कुरा भएन। यद्यपि मलाई पनि चुम्बन असाध्यै मन पर्छ।

१ जेष्ठ २०६९, सोमबार १९:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

विदेशी पर्यटकलाई भिसा प्रावधानमा खुकुलो बनाइदै

काठमाडौ । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकका लागि भिसा सम्बन्धि प्रावधानलाई केही खुकुलो बनाउने भएको छ । विधायन..

बाइडेनद्वारा आफ्नो प्रशासनमा रहने ६ व्यक्तिको नाम सार्वजनिक

न्यूयोर्क । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले सत्ता सम्हाल्ने तयारीका निम्ति आफ्नो सरकारका..

आज राष्ट्रपतिसमक्ष दोलखा भीमसेनको महाप्रसाद आउँदै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दोलखाको प्रसिद्ध मन्दिर भीमेश्वरको महाप्रसाद आउँदै छ।..

जोखिमको अवस्था मुल्यांकन गरी सबै देशहरुमा उडान अनुमित दिने निर्णय

काठमाडौं । कोरोना संकट व्यवस्थापन केन्द्र सीसीएमसीले संक्रमणको जोखिमको अवस्था मुल्यांकन गरी सबै देशहरुमा उडान..

नेप्से नयाँ उचाइमाः दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचकले आज नयाँ उचाइ कायम गरेको छ । निर्जीवन जीवन बीमा, जीवन..