एथलेटिक्समा यामसाजन र दिलमायाद्वारा राष्ट्रिय कीर्तिमान

काठमाडौं, २४ जेठ । नेपाली सेनाका यामसाजन सुनार र सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी दिलमाया कार्कीले १७ औं एसियाली खेलकुदका लागि सञ्चालित एथलेटिक्स खेलाडी छनोट प्रतियोगितामा शुक्रबार राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । यामले पुरुषको १ सय मिटर तथा दिलमायाले महिलाको ४ सय मिटर दौडमा कीर्तिमान रचेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा निर्धारित दूरी तय गर्न यामसाजनले १०.३ सेकेन्ड समय खर्चे । यसअघि प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय एथलेटिक्समा उनले १०.४ सेकेन्डको कीर्तिमान बनाएका थिए ।

दिलमायाले निर्धारित दूरी पूरा गर्न ५८.५ सेकेन्ड समय लगाइन् । गत असोजमा भएको नेसनल ओपन एथलेटिक्स मिटमा दिलमायाले ५८.८ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् । दिलमाया १ सय मिटर दौडमा पनि पहिलो भइन् । दिलमायाले १२.८ सेकेन्ड समय खर्चिन् ।

पाँच हजार मिटर दौडको पुरुषमा एपीएफका गोपीचन्द्र पार्की (१५ मिनेट ०८.८ सेकेन्ड) र महिलामा एपीएफकै कान्छीमाया कोजु (१८ मिनेट ४२.३ सेकेन्ड), १ हजार ५ सय मिटर दौडको पुरुषमा नेपाली सेनाका हरिकुमार रिमाल (३ मिनेट ५८.८ सेकेन्ड) र महिलामा विजेश्वरीकी संगीता खड्का (५ मिनेट ०७.३ सेकेन्ड) तथा ४ सय मिटर दौडको पुरुषमा प्रहरीका तिलकराम थारु (४८.८ सेकेन्ड) पहिलो भए ।

महिला लङजम्पमा प्रहरीकी केशरी चौधरी पहिलो भइन् । केशरीले ५.०८ मिटर उचाई नाघिन् । छनोट स्पर्धा शनिबार समाप्त हुनेछ ।

२४ जेष्ठ २०७१, शनिबार ०५:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिका राष्ट्रपति चुनाव : अग्रिम मतदान गर्ने संख्या बढ्दो

न्यूयोर्क । अमेरिकामा आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपतिको चुनावमा अग्रिम मतदान गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ ।..

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..