विद्या डेटिङमा

मुम्बई : बलिउड अभिनेत्री विद्या बालनले आफू सिद्धार्थ राय कपुरसँग प्रेममा रहेको स्विकारेकी छन् । यसअघि टिभी मोसन पिक्चर्सका प्रमुख सिद्धार्थसँग प्रेमको हल्ला चले पनि उनले अस्वीकार गर्दै आएकी थिइन् । अहिले डेटिङमा व्यस्त रहेको यो जोडी तत्काल विवाह गर्ने योजनामा भने नरहेको उनले एजेन्सीलाई बताएकी छन् ।
३४ वर्षीया बालन हालै विक्टोरियाका लागि बलिउड एम्बेसडरसमेत नियुक्त भएकी छन् । उनले ११ जुनमा हुने भारतीय फिल्म महोत्सवको प्रचार गर्नेछिन् । द डर्टी पिक्चरको अभिनयपछि चर्चाको शिखरमा पुगेकी बालनले आफूले अहिलेसम्म इन्गेजमेन्टको औँठीसमेत लाउन नपाएको गुनासो गरिन् । डर्टी पिक्चर्सको बंगाली संस्करणमा भने राखी सावन्तले अभिनय गर्ने भएकी छन् । राखीलाई मौलिकता समाएर अभिनय गर्न सल्लाह दिँदै उनले त्यसो भएमा चलचित्र सानदार हुने दाबी पनि गरिन् ।

१ जेष्ठ २०६९, सोमबार १७:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

विदेशी पर्यटकलाई भिसा प्रावधानमा खुकुलो बनाइदै

काठमाडौ । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकका लागि भिसा सम्बन्धि प्रावधानलाई केही खुकुलो बनाउने भएको छ । विधायन..

बाइडेनद्वारा आफ्नो प्रशासनमा रहने ६ व्यक्तिको नाम सार्वजनिक

न्यूयोर्क । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले सत्ता सम्हाल्ने तयारीका निम्ति आफ्नो सरकारका..

आज राष्ट्रपतिसमक्ष दोलखा भीमसेनको महाप्रसाद आउँदै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दोलखाको प्रसिद्ध मन्दिर भीमेश्वरको महाप्रसाद आउँदै छ।..

जोखिमको अवस्था मुल्यांकन गरी सबै देशहरुमा उडान अनुमित दिने निर्णय

काठमाडौं । कोरोना संकट व्यवस्थापन केन्द्र सीसीएमसीले संक्रमणको जोखिमको अवस्था मुल्यांकन गरी सबै देशहरुमा उडान..

नेप्से नयाँ उचाइमाः दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचकले आज नयाँ उचाइ कायम गरेको छ । निर्जीवन जीवन बीमा, जीवन..