राष्ट्रव्यापी नोभिस बक्सिङ स्पर्धा

काठमाडौं, २२ जेठ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सञ्चालन भइरहेको दोस्रो राष्ट्रव्यापी नोभिस बक्सिङ प्रतियोगिताको १५ देखि २५ वर्ष उमेरसमूहको महिला ४६ केजीमा दाङकी रमा भण्डारी र सल्यानकी लीलाकुमारी खड्का सेमिफाइनलमा प्रवेश गरेका छन् ।
रमाले दमककी दीपरानी राई तथा लीलाले नवलपरासीकी अनिता पण्डितलाई पराजित गरे ।
महिलाको ४८ केजीमा नक्सालकी लक्ष्मी मोक्तान र कुसुम लामा तथा दाङका भूमि डिसी र सपना थापा बुधबारै सेमिफाइनलमा पुगे ।
पुरुषको ४९ केजीमा नक्सालका मदनकृष्ण डंगोल, ५२ केजीमा काठमाडौंका सन्जिव डंगोल, ५६ केजीमा भक्तपुरका राम लोला, सल्यानका कृष्णप्रसाद भट्ट मगर र नक्सालका विनोद ओली तथा ६० केजीमा सुर्खेतका अशोककम्पा बुद्ध र बानुज क्लबका पासाङ पेम्बा शेर्पा क्वाटरफाइनलमा स्थान बनाउन सफल रहे ।

२२ जेष्ठ २०७१, बिहीबार १०:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिका राष्ट्रपति चुनाव : अग्रिम मतदान गर्ने संख्या बढ्दो

न्यूयोर्क । अमेरिकामा आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपतिको चुनावमा अग्रिम मतदान गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ ।..

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..