बिच भलिबल टोली चीनतर्फ

काठमाडौं, २१ जेठ । आउँदो बिहीबारदेखि चीनको जिङजियाङमा हुने एभिसी बिच भलिबल प्रतियोगितामा सहभागी हुन नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गर्दै छ ।

उक्त प्रतियोगितामा नेपालबाट पुरुष टिममा सञ्जय अर्याल र इमबहादुर रानामगर तथा महिला टिममा कोपिला उप्रेती र कमला पुनको जोडीले सहभागिता जनाउँदै छ ।
नेपाल भलिबल संघका अनुसार गत बैशाखमा सुनसरीमा भएको राष्ट्रिय बिच भलिबलबाट उक्त टिमलाई छनोट गरिएको हो । नेपाली टोलीका सदस्यहरूलाई मंगलबारै एक समारोहबीच विदाइ गरिएको थियो ।
यसैबीच भलिबल संघले वर्ष २०७१ मा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितासहित विभिन्न १० कार्यक्रमको योजना समेत सार्वजनिक गरेको छ जसअनुसार भदौको तेस्रो साता दोस्रो एनभिए क्लब च्याम्पियनसिप, असोज अन्तिम साता भलिबल महोत्सव, मंसिरको दोस्रो साता दक्षिण एसियाली महिला भलिबल, अन्तिम साताबाट पुरुष तथा महिला राष्ट्रिय प्रतियोगिता, चैतमा लिग तथा अर्को वर्षको वैशाखमा बिच भलिबल आयोजना गर्ने जनाएको छ ।
संघका अध्यक्ष दानबहादुर तामाङले अघिल्लो वर्ष वार्षिक क्यालेन्डर अनुसार काम गर्न नसकेको स्वीकार गर्दै यस वर्ष भने क्यालेन्डर अनुसार नै काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

२१ जेष्ठ २०७१, बुधबार १२:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..