उपत्यकाव्यापी अन्तरविद्यालय जुनियर छात्र बास्केटबल

काठमाडौं, १७ जेठ । आयोजक लालीगुराँस नेसनल एकेडेमी र माउन्ट गौरीशंकर प्रथम लालीगुराँस १२ टिम सहभागी रहेको उपत्यकाव्यापी अन्तरविद्यालय जुनियर छात्र बास्केटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । लालीगुराँस समूह ‘बी’ को विजेता र माउन्ट गौरीशंकर सोही समूहको उपविजेताका रूपमा क्वार्टरफाइनलमा पुगेका हुन् ।
मनमैजुस्थित घरेलु कोर्टमा शनिबार लालीगुराँसले नेपाल मोडेललाई १७–८ र माउन्ट गौरीशंकरलाई ११–८ ले पराजित ग¥यो । विजयी टिमका लागि नेपाल मोडेल विरुद्ध रुपेश प्रजाले ६ तथा माउन्ट गौरीशंकर विरुद्ध देव तामाङले ७ अंक योगदान गरे । माउन्ट गौरीशंकरले नेपाल मोडेललाई ११–८ ले हरायो ।
समूह ‘सी’ बाट बसुन्धारा नेसनल (बीएन) एकेडेमी विजेता र दीपज्योति उपविजेताहुँदै क्वाटरफाइनलमा पुगे । बीएन एकेडेमीले दीपज्योतिलाई १६–८ र ब्राइटल्यान्ड ‘बी’ लाई १२–७ ले पाखा लगायो । दीपज्योतिले ब्राइटल्यान्ड ‘बी’ लाई १०–७ ले पन्छायो ।
समूह ‘ए’ बाट बाग्मती विजेता तथा ब्लुमिङ स्कोलर्स उपविजेताका हैसियतले क्वाटरफाइनलमा स्थान बनाउन सफल रहे । बाग्मतीले साइपाल एकेडेमीलाई ८–६ तथा ब्लुमिङ स्कोलर्सलाई १६–८ ले निराश पा¥यो । ब्लुमिङ स्कोलर्सले साइपालमाथि ७–६ को कठिन जित निकाल्यो ।
त्यस्तै समूह ‘डी’ बाट एन्जल्स हार्ट विजेता र ब्राइटल्यान्ड ‘ए’ उपविजेता बन्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । एन्जल्स हार्टले ब्राइटल्यान्ड ‘ए’ लाई २०–१८ तथा थर्ड आईलाई १७–१६ ले पाखा लगायो । थर्ड आई विरुद्धको खेलमा ब्राइटल्यान्ड ‘ए’ ११–१० को साँघुरो अन्तरले विजयी भयो ।
क्वार्टरफाइनल बीएन एकेडेमी र ब्लुमिङ स्कोलर्स, माउन्ट गौरीशंकर र एन्जल्स हार्ट, बाग्मती र दीपज्योति तथा लालीगुराँस र ब्राइटल्यान्ड ‘ए’ बीच हुनेछ । सोमबारसम्म चल्ने प्रतियोगिताको लालीगुराँसका अध्यक्ष एलबी पुनले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।

१८ जेष्ठ २०७१, आईतवार १०:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै संक्रमितको संख्या बढी हो ।..

मुकेश चौरसिया हत्याको किटानी जाहेरी दर्ता

पर्सा । पर्साको बिन्दाबासिनी गाँउपालिकाका नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्याको किटानी जाहेरी आज प्रहरीले..

चन्द समूहका कम्पनी कमिसारसहित दुई जना पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द समूहका कम्पनी कमिसारसहित दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा..

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..