धनगढीमा एनपीएलको बिबाद चर्किदै

धनगढी १७ जेठ । धनगढीमा सम्पन्न एनपीएलको विषयलाई लिएर बिबाद चर्किदै गएको छ । एक अर्कालाई आरोप प्रत्यारोप गर्ने क्रम रोकिएको छैन ।
एनपीएलमा सहयोग गरेको भन्दै कैलाली जिल्ला क्रिकेट संघका सदस्य किसन महत तथा कैलाली जिल्लाका कप्तान ज्ञानेन्द्र क्षेत्रीलाई बिहीबार मात्रै कारवाही गरेको थियो । महतलाई ३ वर्ष र क्षेत्रीलाई ६ महिनाको प्रतिबन्ध लगाइएपछि उनीहरूले कारबाहीले कुनै फरक नपार्ने बताएका छन् ।
शुक्रबार विज्ञप्ति जारी गरेर दुबै जनाले क्रिकेट विकासका लागि आफूले गरेको सहयोग सही रहेको दाबी गरेका छन् । ‘एनपीएलमा सहभागी भएका हौं र यस बाहेक अर्को कुनै स्वार्थ छैन’, विज्ञप्तिमा भनिएको छ ।
धनगढीको फाप्ला मैदानमा सम्पन्न प्रतियोगिता नेपाल क्रिकेट संघका केही पदाधिकारीहरूले बहिष्कार गरेता पनि क्यानकै अध्यक्ष टंक आङवुहाङ प्रतियोगिताको उदघाटन समारोहमा सहभागी भई लिग क्यान अन्तर्गत नै भएको बताएकाले जिल्ला क्रिकेट संघका केही सदस्यहरूको खराब नियतका कारण गलत प्रचार प्रसार गरी बदनाम गर्न खोजिएको विज्ञप्तिमा उल्लेख छ ।
क्रिकेट विकासका लागि महिनौ दिनसम्म फाप्ला मैदानमा पसिना बगाउँदै आएकोमा एक्कासि बिरोध गर्नुपर्ने दबाब आएकामा त्यसलाई बेवास्ता गरी प्रतियोगितालाई सफलता पूर्वक सम्पन्न गरेको महत र क्षेत्रीको दाबी छ ।

१७ जेष्ठ २०७१, शनिबार ११:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै संक्रमितको संख्या बढी हो ।..

मुकेश चौरसिया हत्याको किटानी जाहेरी दर्ता

पर्सा । पर्साको बिन्दाबासिनी गाँउपालिकाका नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्याको किटानी जाहेरी आज प्रहरीले..

चन्द समूहका कम्पनी कमिसारसहित दुई जना पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द समूहका कम्पनी कमिसारसहित दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा..

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..