कतारमा नेपाली मुस्लिम समुदायको अधिकार र राज्यको दाहित्व’ विषयक अन्तरकृया सम्पन्न

करीम बख्स मियाँ, दोहा, कतार,३० बैशाख । ‘नेपाली मुस्लिम समुदायको अधिकारको लागी आन्दोलन र राज्यको दाहित्व’ विषयक विषेश अन्तरकृया कार्यक्रम शुक्रवार साझ दोहाको टपफर्म रेष्टुरेन्टको सभाहलमा राष्ट्रिय मुस्लिम सर्घष गठबन्धन अन्तराष्ट्रिय शाखा दोहा कतारका अध्यक्ष साकिर अलीको सभापतित्वमा सम्पन भएको छ ।

उक्त कार्यक्रममा दोहामा रहेका विभिन्न संघ सस्थाहरुका प्रतिनीधीहरु एनआरएन आइसिसि सचिव टिवी कार्की, एनआरएनए एनसिसि अध्यक्ष अमृत गुरुङ , आदिवासि जनाजाति महासंघ कतारका अध्यक्ष मानबहादुर सावा, , नेपाली जनसम्पर्क समिती दोहा कतारका सभापति विमल सुवेदी, नेपाली जनप्रगतीशिल मन्चका उपध्याक्ष तिल विक्रम थेवे , रेगीस्थानी कवि तिर्थ संगम राई, राजधानी अन्तरष्ट्रिया कतारका प्रतिनिधी, कान्तिपुर प्रवास साप्ताहिक कतारका प्रतिनिधी,प्रवासि मुस्लीम समाजका अध्यक्ष याकुव राईन, नेपाली समुदायका अगुवा सागर नेपाल , नेपाली मुस्लीम सेवा समाजका अध्यक्ष मक्सुद आलम, मौलानाहरु, संस्थाका सल्लाहकार करिव बक्स मिया“ लगायतको बाक्लो उपस्थित रहेको थियो ।

 

कार्यक्रम संस्थाका सचिव अजीज अलिले करिव ७ बजे साझ बाट सुरु गरेका थिए भने बेलुकी ८ बजे को समयमा समापन भएको थियो ।

मुस्लिम समुदायले देशमा जारी आन्दोलनलाई राज्यले दमन गरेको र मुस्लीम समुदायका दर्जनौं कार्यकर्ताहरु घाईते भएको भन्दै भर्त्सना गर्नुका साथै आफुहरुले राखेका १० वुंदे माग राखेको भएपनि मागहरुको कुनै सुनाई नभएको तर्क राख्दै राज्यबाट यस विषयमा कुनै पनि प्रतिकृया नआएकोमा दुःख ब्यक्त गरिएको थियो । यदि सबै जाति र समुदायले छुट्टै राज्य पाउँछन् भने हामीले पनि पाउनु पर्छ भन्दै मुस्लीम समुदायले उपस्थित अतिथीहरुसँग १० बुदे मागहरुको विषयमा आफुलाई लागेको धारणा प्रस्ततु गर्न ३ मिनेको समय सिमा निधारण गरिएको थियो ।

यसै क्रममा एनआरएन आईसिसी का सचिव टिवी कार्कीबाट भने मुस्लीम समुदायको गरेको उक्त कार्यक्रममा आफुलाई क्षेत्री समाजको अध्यक्ष भनि बोलाएको(एनआरएन सचिव पदमा निर्वाचित भए पछि उनले कार्यवाहक दिएका छन) र उहालाई अपमान गरेको भन्दै कार्यक्रम संचालकले दिएको समय भित्र आफ्नो धारणा राख्नु पर्नेमा सो समय सिमा भन्दा धेरै समय बोले पछि कार्यक्रम संचालकले समय सकिएको जानकारी गराउँदा उनले सभाहलामा अपशब्द(साले)हरु प्रयोग गर्दै रोष्टममा माईक नै थेर्चार्दै संचालक प्रति दुरब्वहार गर्न पुगेका थिए ।मदीरा सेवन गरी सभाहल प्रवेश गरेका टिवी कार्कीले गरेको व्यबहारप्रति संस्थाका सल्लाहाकार करिम बक्स मियाँले “आइसीसी सचिवले उछ्रिन्गलव्यबहार गरी मुस्लिम समुदायको खिल्ली उडाएकोमा घोरभत्सना गरे । उनले कार्यक्रममा वक्तालाई दिईएको समयभित्र बोलेर आफ्नो धारणा राख्नु पर्नेमा माइक नै थेचारेर अपशब्दले हामीलाई सम्वोधन गरेकोप्रति सम्पूर्ण प्रबासी नेपाली मुस्लिमहरुको गम्भीर ध्यानाकर्ण्ँ भएको भनाई राख्दै हामी यसको छिनो फानो गर्ने छौ टिवी कार्कीले गरेको अभाद्रताले गैर आवासीय नेपाली संघको समेत खिल्ली उड्ने काम भएको हामीले महसुस गरेका छौं । यसलाई अब कसरी हेरिन्छ र यसको कस्तो निष्कर्ष निक्लन्छ त्यो हेर्न बाँकी छ । आशा गरौ“ हामीले हाम्रो प्रश्नको उत्तर पाउने छौं भन्दै उहाँलाई उक्त कार्यक्रम बाट बहिस्कार समेत गरेका थिए ।

 

यसै क्रममा एनआरएन एनसिसिका अध्यक्ष अमृत गुरुङले भने ३ मिनेटको समयमा आफ्नो धारणा पूर्ण पुरा नहुने बताउँदै उनले अहिले राज्यलाई विभिन्न जात जाति धर्मावलम्बीहरुको राज्यमा प्रस्ट पहिचान निस्चित गर्न आग्रह गर्दै अरुलाई असर नपर्ने गरि आन्दोलन हुन्छ भने हामी सहयोग गर्न तयार छौं’ उनले सल्लाह दिए । मुस्लीम समुदायको हक अधिकारलाई राज्य सुनिश्चित गर्नु पर्ने र यो आन्दोलनलाई निरन्तरता दिन आग्रह गरे ।

धारणा कै क्रममा आदिवासि जनाजाति महासंघ कतारका अध्यक्ष मानबहादुर सावाद्धारा भने हाल बन्दै गरेको हाम्रो देशको संविधानलाई मुस्लीम समुदायले गरेको आन्दोलन ढिलो भएको बताउँदै कतै संविधान बन्नलाई अप्ठेरो पर्ने स्थीति सृजना गर्न खोजेको हो कि भन्ने आफुलाई लागेको बताए । ‘तपाईहरु साँची नै आफ्नो पहिचान सुनिस्चितताको लागि आन्दोलन गर्नु भएको हो भने शुभकामना छ र आफ्नो सस्किृतीको पहिचानको लागि निरन्तर लाग्नु होस्’ उनले तर्क राखे ।

धारणा कै क्रममा नेपाली समुदायका अगुवा सागर नेपालले भने ‘मुस्लिमहरुको सवैधानीक परिचय हुनु पर्ने भन्दै यसमा हामी गैर मुस्लीमहरुबाट अझै आवाज उठ्नु पर्छ र नेपाललाई अखण्ड बनाएर अघी बढ्न हामी सबैले आफ्नो दायित्व निर्वाह गर्नु पर्छ’ उनले भने ‘ईस्लाम आफैमा एउटा समुदाय हो कसैले कसैलाई सानो नसम्झीहोस बाजे बजैले गरेको गल्ती हामीलाई नदिनुस् भन्दै कार्यक्रम सफलताको कामना गरेका थिए ।

नेपाली जनसम्पर्क समिति कतारका सभापतिले भने ‘हामी मुस्लिम समुदायसँगै छौं,यहाँहरुको माग हामी सबैको माग हो यसमा हाम्रो आवाज रहने छ” त्यसै गरी नेपाली जनप्रगतीशिल मन्चका उपाध्यक्ष तिल विक्रम थेवेले जाति जाति हरुको लडाई नहोस भन्ने तर्क राख्दै मुस्लिमहरुको हक अधिकार सुनिश्चित हुनु पर्नेमा जोड दिए ।

यसै क्रममा सभाहलमा भएको एनआरएन आइसीसीका सचिव कार्कीले यसरी मुस्लीम समुदायप्रति गरेको अपशब्दले सभाहलमा भएका सम्पुर्ण मुस्लीमहरुले आक्रोस पोखेका थिए । आक्रोशित भिडहरुलाई देखेपछि कार्कीले आयोजक कमिटिसंग माग्नको लागि स्टेज मागेका थिए, तर अयोजकले बहिस्कार गरिसकेको ब्यक्तिलाई स्टेज दिन नमिल्ने बताउदै सार्वजनिक रुपमा लिखित कागज सहित माफि माग्नु पर्ने बताउदै उनलाई स्टेज दिइएको थिएन । कार्कीले आफुले मुस्लिम समुदायलाई त्यस्तो भनेको हैन भन्दै पन्छीन खोजे पछि निकै आक्रोस भएका मुस्लिम समुदायको भिडलाई तह लगाउन आयोजक कमिटिलाई हम्मे हम्मे भएको थियो । उनीहरुले जान आग्रह गर्दा पनि आफु केही बोल्न चाहेको भन्दै कार्की कार्यक्रमबाट ननिस्कए पछि आयोजकले जबर्जस्ती उनलाई सभाहलबाट बाहिर निकालेको थियो । उक्त कार्यक्रम संचालक अजिज अलिले गरेका थिए ।

कार्कीले गरेको मुस्लिम समुदायलाई अपमान गरेको भन्दै राष्ट्रिय अन्तराष्ट्रि मुस्लिम सुमुदायहरुले फेसबुक सन्जालबाट घोर भत्सना समेत गरिएको छ ।

३० बैशाख २०६९, शनिबार २०:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका कोरोना मुक्त

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना सङ्क्रमणमुक्त बनेको छ । आइतबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४४..

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन सरकारद्वारा अस्वीकार

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको छ । यो..

चिनियाँ रक्षामन्त्री आज नेपाल आउँदै

काठमाडौं । चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङ औपचारिक भ्रमणमा आज काठमाडौं आउँदै..

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ..

प्रधानमन्त्री ओलीको लिखित जवाफमा के छ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठकका लागि..