बेल्जियममा किरातहरुको उभौली चाड संगै नया कार्यसमिति चयन

मुना राई, बेल्जिय । बेल्जियममा किराँतहरुको उभौली चार्ड भव्य रुपमा सम्पन्न हुनु सँगै नयाँ कार्यसमिति गठन भएको छ । ८ मे २०१२ का दिन बेल्जियमको पर्यटकिय सहर ब्रुजको DE KORF सभागृहमा किरातहरुको तेस्रो अधिबेसन साथै किरात चाड उभौली भव्यरुपमा सम्पन्न भएको हो ।  कार्यक्रममा बेल्जियम भरिका किरातहरु राई, लिम्बु, याक्खा, सुनुवार साथै अन्य सामाजिक संघसंस्थाहरुका प्रतितिनिधिहरु र अन्य गैरकिरातहरु समेतको सहभागिता रहेको थियो ! हलमा उपस्थित सबै महानुभाबहरुलाई केन्द्रियसदस्य श्री माकुना किरातले सेवारो, सेमुना, नमस्कार गर्दै स्वागत गरि शुरु भएको कार्यक्रममा संस्थाकै अध्यक्ष श्री डिल्ली सुब्बाको अध्यक्षतामा संस्थाका महासचिब श्रीमति मुना राईले नियमित कार्यक्रम संचालन गर्नु भएको थियो ।

मुना राई, बेल्जिय । बेल्जियममा किराँतहरुको उभौली चार्ड भव्य रुपमा सम्पन्न हुनु सँगै नयाँ कार्यसमिति गठन भएको छ । बन्दसत्रमा महासचिब श्रीमति मुना राईबाट पेश बार्षिक प्रगति प्रतिबेदन र कोषाध्यक्ष श्री बिमल सुब्बाबाट पेश गरिएको आर्थिक प्रगति प्रतिबेदनहरुमा बृहत छलफल गरि अनुमोदन गरिएको थियोभने कार्यसमितिको दुईबर्षे कार्यकाल समाप्त भै नया कार्यसमिति चयनको लागि कार्यसमिति छनौटका श्री मणि कु . राई , श्री शेर ब . राई र श्री बदन योंगहांग किरातले छनौट गरि पेश गरेका २१ सदस्यिय नया कार्यसमिति पदाधिकारीहरुलाई सर्बसम्मतिबाट अधिबेशनले अनुमोदन गरेको थियो ! जसअनुसार नया कार्यसमितिमा पुन : अध्यक्षमा श्री डिल्ली सुब्बा , उपाध्यक्ष द्ययमा श्री पूर्ण कांगबांग लिम्बु र श्रीमति मालती राई , महासचिबमा श्रीमति मुना राई , सचिबमा श्रीमति कमल कुमारी लिम्बु (शोभा लिम्बु ) ,कोषाध्यक्षमा श्री बिमल सुब्बा , सहकोषाध्यक्षमा श्रीमति कविता साउदेन , सदस्यहरुमा श्री शाही बान्तवा , श्रीमति जुना राई निरौला , श्री कर्ण सुब्बा , श्री केजिन राई , श्री डम्बर सुब्बा , श्री कविन्द्र सुब्बा , श्रीमति रेनुका राई , श्री दुर्गा प्रसाद राई , श्री ज्ञानेन्द्र कान्ग्बांग लिम्बु , श्री देव किरात , श्री सुरेश सुनुवार किरात , श्री डम्बर सुब्बा इधिन्गो , श्री रोशन देवान राई , श्री रोबर्ट सम्बाहाम्फे साथै अनुभबि सल्लाहाकारहरुमा श्री हैकम सिंग राई , श्री जय सुब्बा , श्री शेर ब . राई , श्री बेद ब . देवान किरात श्री नगेन्द्र खजुम , श्री पुपुषा किरात , श्री बदन योंगहांग, श्री देवमान सुब्बा र श्री निरज राईहरुलाई चयन गरिएको छ ।
बन्दसत्र पछि खुला सत्रमा संस्थाका ज्येष्ट व्यक्तित्व श्री हैकम सिंग राईद्वारा किरात दिप प्रज्वलन गरि च्याब्रुंग , साकेला नृत्यद्वारा अतिथिहरुलाई स्वागत गर्दै सस्थाका पुर्ब सल्लाहाकार श्री मणि कु . राईले उभौली चाड र संस्थाको परिचय दिने क्रममा , जस्तोसुकै कठिन अवस्थामा पनि जोशजागरकासाथ हासिखुसी भएर काम गरियोभने सफलता हात पार्न सकिन्छभन्ने मान्यता हामि किरातहरुको पनि रहेकोले , बर्षा यामको कठिन दुखकष्टदायी श्रम गर्नुपर्ने व्यस्त समयमा पनि बालीनाली राम्रो होस् , दुखबिमार नहोस सबैमा भनि पुजापाठ गर्दै हासिखुसी जोशजागरकासाथ् नाचगान गरेर उभौली चाड मनाउने किरातहरुको गौरबसालि परम्परा छ भन्नुभयो ! यसरीनै मन्तब्यदिनेक्रममा तामांग समाज बेल्जियमका अध्यक्ष श्री भरत तामांग , एभरेष्ट समाज ब्रुजका अध्यक्ष श्री कमल पन्थी , प्रगतिशील मंचका क्षेत्रिय अध्यक्ष श्री दुर्गा सुबेदी , पाशापुचका श्रीमति सुर्यदेबी श्रेष्ठ , तमुसमाजका श्रीमति मिना गुरुङ , शेर्पा समाजका श्री जिन्ग्मे शेर्पा , एभरेष्ट समाज ब्रुजका महासचिब श्री कुल बहादुर केसी लगाएत बेल्जियम FMDO कि IVY GOLDSMITH हरुले उभौली चाडको शुभकामना र नया कार्यसमितिका पदाधिकारीहरुलाई पूर्ण सफलताको कामना सहित बधाई ज्ञापन गर्नु भएको थियो !
कार्यक्रमकै सिलसिलामा संस्थालाई आर्थिक , साँस्कृतिक सबै किसिमका अतुलनिय सहयोग गरेर बिशेष योगदान पुर्याउने व्यक्तित्वहरुलाई कदरपत्र र सम्मानपत्र प्रदान गरिएको थियो ! कार्यक्रमको बिचबिचमा किरात साँस्कृतिक टोलीबाट मनमोहक सुन्दर नृत्यहरु च्याब्रुंग , साकेलाबाट मनोरंजन गराउदै मिष्ठान्न भोजनहरुको राम्रो प्रबन्ध गरिएको थियो ! अन्तमा अधिबेशनका अध्यक्ष तथा कार्यसमितिका अध्यक्ष श्री डिल्ली सुब्बाले उपस्थित सम्पूर्ण महानुभाबहरुमा धन्यवाद ज्ञापन गर्दै संस्थाले सधै किरातहरुलाई एकताबद्द गरि सबै सामाजिक संघसंस्थाहरुसंग मैत्रिभाब , सदभाबका साथ हातेमालो गर्दै सक्दो मानबहितमा काम गर्ने प्रतिबद्दता पुन : दोहोर्याउदै कार्यक्रम बिसर्जन गर्नु भएको थियो !

२९ बैशाख २०६९, शुक्रबार २०:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..