चपली हाईट्की बिनिता र उनको ग्लामर

राजन घिमिरे, काठमाडौ, बैशाख २७ । अब नेपाली सिनेमाका कलाकारहरू पनि ग्ल्यामर्स र यौन क्रियाकलापका दृश्य दिने मामिलामा खुला रूपले अगाडि आउन थालेका छन्। यो कुरामा युवापुस्तामा नवप्रवेशी युवतीको बोलवाला भने बढी चल्न थालेको छ। नायक–नायिका अङ्गालो मारेको र माया दर्शाउन चुम्बन खाएको दृश्य हेर्न लजाउने दर्शकहरू पनि यस्ता दृश्यहरू समावेश भएका चलचित्रहरू हेर्न निर्धक्क जान थालेका छन्।
सिनेमाका पर्दामा त यस्ता दृश्यहरू आए, यता मिडियाहरूमा पनि यस्ता दृश्यहरू प्रस्तुत गर्ने कलाकारहरू बिनासङ्कोच र धक यौन र सेक्सका बारेमा कुरा गर्न थालेका छन् खुलेर। प्रश्न सोध्नेलाई गाह्रो होला तर जवाफ दिने कलाकारहरूमा भने रत्तिभर पनि अप्ठेरो महसुस भएको देखिँदैन। कुरा चलचित्र ‘चपली हाइट’ की विनिता बरालको हो। केवल एउटै सिनेमाबाट उनले नायिकाको पगरी पाइन्। वर्षौंदेखि लागिपरेका थुपै्र नवप्रवेशी नायिकालाई पछाडि पार्दै विनिताले आफूलाई अगाडि उभ्याइन्। यो सफलताले गर्दा पनि उनलाई बढी नै आत्मविश्वास पलायोजस्तो छ। त्यसकारण पनि आफूले जे बोले तापनि चर्चा हुने कारणले यो हप्ता उनले मिडियासमक्ष बोलेको एउटा कुराले रामै्र चर्चा पायो बजारमा। विनिताले भनेकी छिन्, ‘म सेक्स पार्टनर खोज्ने अधिकार सबैलाई दिनुपर्छ भन्छु।’ विनिताको यो कुराले साँच्चै यतिबेला नेपाली सिनेमाको बजारमा तरङ्ग पैदा गरिदिएको छ। उनी भन्छिन्, ‘अहिले समाज परिवर्तित भइरहेको छ भने घरमा श्रीमती भए तापनि बाहिर यौनसाथी राख्नेहरूको जमात ठूलो छ। जसले जति ठूलो कुरा गरे तापनि वास्तविकता यही हो,’ विनिताले निर्धक्क भनेकी छिन्।
चलचित्र चपली हाइटमा आफूले दिएको यौन दृश्यबारे मुलुकमा टीकाटिप्पणी भए तापनि मुलुक बाहिरबाट प्रशंसाका बधाईहरू आएकोमा विनिता दङ्ग पनि छिन्। ‘तिमीले आँट गरेकोमा बधाई छ भन्नुभएको छ। यस्ता सिनेमा हेर्न खोज्ने तर मनभित्रै इच्छाहरू दबाएर राख्नेहरूका लागि ढोका खोलिदिएकोमा प्रशंसा पाएकी छु,’ विनिता भन्छिन्।
बाहिर राखेको सेक्स पार्टनरका बारेमा भने विनिता यसले विकृति ल्याउन हुन्न भन्छिन्। ‘परिवार र समाज बिगारेर पार्टनरको नाममा गलत सन्देश भने प्रवाह गर्नुहुँदैन। हरेक कुराको दायारा भने हुनुपर्छ,’ उनले थपिन्।

२७ बैशाख २०६९, बुधबार १९:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा ‘सार्वजनिक स्वास्थ्य तथा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालिएको..

विदेशी पर्यटकलाई भिसा प्रावधानमा खुकुलो बनाइदै

काठमाडौ । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकका लागि भिसा सम्बन्धि प्रावधानलाई केही खुकुलो बनाउने..