कांग्रेसको मेचीकाली जागरण अभियानले रक्तसञ्चार

पोखरा, २७ वैशाख । सत्तामा पुगेपछि सरकार र जनताबीचको सम्बन्धलाई टाढा हुन नदिन, स्थानीय निकायको निर्वाचनमा पार्टीलाई तम्तयार गराउन र पार्टी सङ्गठनलाई सुदृढ गराउन नेपाली कांग्रेसले मेची महाकाली जागरण अभियानलाई जारी राखेको छ ।
कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले महाकाली अञ्चलको कञ्चनपुरबाट चैतको दोस्रो साता सुरु गरेको मेची महाकाली जागरण अभियानको पछिल्लो प्रशिक्षक प्रशिक्षण कार्यक्रम यही २३ देखि २५ गतेसम्म कास्कीको पर्यटकीय स्थल लुम्लेमा सकिएको छ । प्रशिक्षणमा धौलागिरि र गण्डकी अञ्चलका १२० नेता कार्यकर्ता सहभागी थिए ।
प्रशिक्षणका कतिपय कार्यक्रममा पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, नेता शेरबहादुर देउवाले सहभागिता जनाए । प्रतिष्ठानको प्रमुखसमेत रहेका उपसभापति रामचन्द्र पौडेल सबै कार्यक्रममा सहभागी भएर जनताका सुख दुःखमात्र हैन आफ्ना कार्यकर्ताले सङ्गठनमा लाग्दा वर्तमानमा भोगेका समस्या र सुझावसमेत सुन्ने गरेका छन् ।
पार्टी सत्तारुढ रहेको वर्तमान राजनीतिक सङ्क्रमणकालीन अवस्थामा मुलुकलाई संविधान दिएर दिगो शान्ति स्थापना गर्ने तथा सरकारबाट आम जनता, स्थानीयस्तरमा कार्यरत कार्यकर्ताले गरेको अपेक्षामात्र नभएर पार्टीलाई अझ बलियो, सशक्त एवम् पार्टीको नीति, सिद्धान्त र कार्यक्रम जनतामाझ लैजान ती प्रशिक्षणका दौरान कार्यकर्ताले नेताहरुसमक्ष आफ्नो भावना राख्ने गरेका छन् ।
सरकारले गरेका काम, पार्टीभित्र रहेको समस्या र प्रतिस्पर्धी पार्टीहरुसँगको सम्बन्धका बारेमा पनि ती कार्यक्रममा टीकाटिप्पणी हुने गरेको पाइएको छ ।
अञ्चलस्तरीय कार्यक्रममा प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा एक महिलासहित तीनजना सकेसम्म स्नातक गरेका, जिल्ला प्रशिक्षण विभागका प्रमुख एक र राष्ट्रिय प्रशिक्षक प्रशिक्षणमा सहभागी दुईजना सहभागी भएका छन् । चैत १६ गते महाकालीबाट सुरु भएको प्रशिक्षण सेती, कर्णाली, भेरी, राप्ती, लुम्बिनी, मेची, कोसी, सगरमाथा, जनकपुर, गण्डकी र धौलागिरिमा सकिएको छ । आगामी जेठ ७ देखि ९ गते नारायणी र जेठ १७ देखि १९ गते वाग्मती अञ्चलमा प्रशिक्षण हुँदैछ ।

२७ बैशाख २०७१, शनिबार १७:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ । प्रदर्शनको क्रममा..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालिएको..

विदेशी पर्यटकलाई भिसा प्रावधानमा खुकुलो बनाइदै

काठमाडौ । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकका लागि भिसा सम्बन्धि प्रावधानलाई केही खुकुलो बनाउने..

बाइडेनद्वारा आफ्नो प्रशासनमा रहने ६ व्यक्तिको नाम सार्वजनिक

न्यूयोर्क । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले सत्ता सम्हाल्ने तयारीका निम्ति आफ्नो सरकारका..