चिनी कारखानाका सञ्चालकलाई नपक्रन प्रहरीमा दबाब

कावासोती, २७ वैशाख । उखुको तौलमा ठगी गरेको अभियोग लागेका लुम्बिनी चिनी कारखानाका सञ्चालक मनीष अग्रवाललाई नपक्रन प्रहरीमा दबाब परेको खुलासा भएको छ ।
उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष प्रदीपजंग पाण्डेको दबाबमा अग्रवाललाई प्रहरीले पक्राउ गर्न नसकेको बताइएको छ । अग्रवाल उद्योग वाणिज्य सङ्घको केन्द्रीय सदस्यसमेत रहेकाले महासङ्घले उनलाई नपक्रन प्रहरीलाई दबाब दिएको हो ।
जिल्ला प्रहरी कार्यालयका उपरीक्षक विष्णुहरि गौतमले भने अग्रवाल फरार रहेकाले पक्राउ गर्न नसकिएको बताए ।
काठमाडौंमा रहेका सञ्चालक अग्रवाललाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय काठमाडौंमा पत्राचार गरिएको छ । ठगी अभियोगमा मुद्दा चलाइएपछि महाप्रबन्धक बाबुलाल अग्रवाललाई मङ्गलबार प्रहरीले पक्राउ गरी हिरासतमा राखेर सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।
किसानले ल्याएको उखुको कम तौल देखाएर ठगी गरेको भन्ने उपभोक्ता हित संरक्षण मञ्चको उजुरी परेपछि दुई महिनाअघि उद्योग मन्त्रालयले छानबिन टोली पठाएको थियो । नेपाल गुणस्तर तथा नापतौल विभागका वरिष्ठ निरीक्षकको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएर अनुसन्धान सुरु गरिएको थियो ।
अनुसन्धानमा उद्योगले ३१ लाख ९४ हजार ८०० किसानको उखु तौलमा ठगी गरेको प्रतिवेदन तयार गरी नेपाल सरकारलाई बुझाएपछि उनीहरुविरुद्ध ठगीमा मुद्दा चलाइएको हो । बाबुलाल भने परासीबाट पक्राउ परेका थिए । रासस

२७ बैशाख २०७१, शनिबार १२:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका कोरोना मुक्त

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना सङ्क्रमणमुक्त बनेको छ । आइतबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४४..

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन सरकारद्वारा अस्वीकार

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको छ । यो..

चिनियाँ रक्षामन्त्री आज नेपाल आउँदै

काठमाडौं । चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङ औपचारिक भ्रमणमा आज काठमाडौं आउँदै..

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ..

प्रधानमन्त्री ओलीको लिखित जवाफमा के छ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठकका लागि..